नेपालगंज । कोरोनाभाइरको नमूना संकलन लिन आएको विमान दुर्घटना भएको छ । काठमाडौंबाट आएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा सामान्य दुर्घटना भएको हो ।कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । ठूलो दुर्घटनाबाट विमान जोगिएको विमानस्थलका एक अधिकारीले बताए ।
विमान ल्याण्ड गर्नेबेला धावनमार्गबाट अगाडि गएको थियो तर रोकिएकोले ठूलो दुर्घटना भएन । दुर्घटनाबाट कुनै मानविय क्षति नभएपनि विमानमा भने सामान्य क्षति भएको छ ।नेपालगंजमा जम्मा भएको नमूना संकलन लिन फेरि अर्को विमान पठाउने तयारी भइरहेको छ ।
