Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ओलीको बचाउमा बादलको छुट्टै प्रतिवेदन


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ २५, २०८३

ओलीको बचाउमा बादलको छुट्टै प्रतिवेदन

सिँजादर्पण  २५ भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन सुझाव संकलन कार्यदलमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको अलग–अलग प्रतिवेदन पेश हुने भएको छ ।

देशभरका नेता–कार्यकर्ताहरुको सुझाव समेटेर महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष थापाले ३८ पृष्ठ लामो छुट्टै प्रतिवेदन लेखेका छन् । उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीको पक्षमा थापाले छुट्टै प्रतिवेदन तयार पारेका हुन् ।

सात प्रदेश र अरु गैरभौगोलिक कमिटीहरू सहित १२ स्थानमा संकलित सुझावलाई आधार मानेर महासचिवले प्रतिवेदन तयार पार्नुभएको छ । त्यही प्रतिवेदनको एउटा च्याप्टरलाई टेकेर उपाध्यक्षले छुट्टै दस्तावेज पेश गर्ने तयारी रहेको बुझिन्छ,’ स्रोत भन्छ ।

एमाले संकटमा पर्नुको नैतिक जिम्मेवारी लिएर नेतृत्वबाट ओली हट्नुपर्ने निष्कर्ष निकालिएको महासचिव पोखरेलको प्रतिवेदन यसअघि अनलाइनखबरले प्रकाशित गरिसकेको छ । उनको प्रतिवेदनलाई काउण्टर दिनेगरी थापाले लेखेको प्रतिवेदन पनि अनलाइनखबरले प्राप्त गरेको छ ।

कार्यदलका संयोजक समेत रहेका थापाले तयार पारेको प्रतिवेदनको निष्कर्ष छ– ओलीले अध्यक्ष छाड्न मिल्दैन ।

थापाले महासचिव पोखरेलको प्रतिवेदनलाई नेकपाकालीन अन्तरसंघर्षसँग तुलना गरेका छन् । ‘।।२०७७ सालमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरूले लगाएको १९ पृष्ठ लामो आरोपपत्रकै झल्को दिनेगरी पुनर्गठनका लागि भनेर आज पार्टी अध्यक्षलाई अपदस्त गर्न प्रस्तुत गरिएका यी कुतर्क र गलत विश्लेषणहरूका आधारमा सार्वजनिक बहस सिर्जना गर्न खोज्नु गलत हो,’ थापाले लेखेका छन् ।

२५ बुँदामा तयार प्रतिवेदनलाई थापाले पुरक प्रस्तावको शैलीमा लेखेका छन् । महासचिव पोखरेलकै प्रस्तावहरूको खण्डनमा लेखिएको प्रतिवेदनमा थापाले पार्टी काम र जनसंगठनहरूबारे गरिएको विश्लेषण तथा योजना स्वीकारेर जाने उल्लेख गरेका छन् ।

‘पार्टी र जनसंगठनको काम सञ्चालन, सुधार र परिचालनका सम्बन्धमा मस्यौदा प्रतिवेदनमा प्रस्तुत सुझावहरू महत्वपूर्ण छन्,’ थापाले लेखेका छन् ।

ओलीको तुलना पुष्पलालसँग

एमाले पुनर्गठन कार्यदल गठन गर्नु नै गलत निर्णय भएको निष्कर्ष निकाल्दै थापाले सकेसम्म ओलीलाई जोगाउने तर्कहरू प्रतिवेदनमा समावेश गरेका छन् । त्यस क्रममा अरु नेताहरूमाथि केही गम्भीर आरोप समेत लगाइएका छन् ।

‘पार्टी महासचिव तथा कार्यदलका सदस्य सचिव शंकर पोखरेलले गर्नुभएको मस्यौदा प्रतिवेदन प्राप्त भयो । त्यसको अध्ययन र विश्लेषण गर्दा निर्वाचनको समीक्षा भन्दा बढी अध्यक्षलाई हटाउनेगरी पुनर्गठनको आधार बनाउने कोशिस भएको छ,’ कार्यदल उद्देश्यबाट भड्किएको थापाले लेखेका छन् ।

ओलीले एमाले अध्यक्ष छोड्न नहुने निष्कर्ष पुष्टि गर्न थापाले थुप्रैखाले उदाहरण र तर्कहरु राखेका छन् । जसका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अभ्यास, वर्तमान परिस्थिति र एमालेको निकट विगत सम्झाइएको छ ।

एउटा चुनाव हार्दैमा राजीनामा दिन आवश्यक नरहेको तर्क गर्ने क्रममा २०१५ सालमा पुष्पलाल नै पराजित भएको तर्क गरिएको छ । ०६४ सालमा माधवकुमार नेपालले नैतिकताको आधारमा नभएर राष्ट्रपति बन्ने योजनामा राजीनामा दिएको तर्क प्रतिवेदनमा गरिएको छ ।

गत २१ फागुनको निर्वाचन एउटा षडयन्त्र भएकाले यसैको नतिजाका आधारमा ओलीले नेतृत्व छोड्न आवश्यक नरहेको तर्क गरिएको छ । विगतका चुनावहरुमा भएको उतारचढाबबारे लामै व्याख्या गरेर ओलीको औचित्य अझै बाँकी रहेको निष्कर्ष निकालिएको छ ।

तर पुष्पलाललाई जसरी नै बहुमतका नाममा ओलीलाई हटाउने खेल भइरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘२००९ सालमा महोत्तरीको बट्टेश्वरमा कमरेड पुष्पलाललाई पोलिटब्युरोको बहुमतबाट हटाएर नयाँ महासचिव छान्ने निर्णयको मूल्य सिंगो कम्युनिष्ट आन्दोलनले लामो समयसम्म व्यहोर्नु परेको इतिहास साक्षी छ,’ थापाले सम्झाएका छन् ।

ओलीको तुलना पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीसँग गरिएको छ । पुष्पलालले माक्र्सवादी दर्शन, साहित्य र संगठनको अगुवाइ गरेको, मदन भण्डारीले सिर्जनशील ढंगले कार्यक्रम र सिद्धान्त प्रतिवादन गरेको र मनमोहन अधिकारीले राजकीय नेतृत्व, अनुभव र जनसेवाको नयाँ दृष्टान्त प्रस्तुत गरेको प्रतिवेदनमा लेखिएको छ ।

‘पछिल्लो समयमा आइपुग्दा कमरेड केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलन एकता, सहकार्य र अग्रगतिको उच्चतम विन्दूबाट अघि बढ्न सक्यो,’ प्रतिवेदनमा भनिएको छ । तर प्रचण्ड र माधव नेपालहरुले ०७७ सालमा गर्न नसकेको काम अहिले पार्टी पुनर्गठनको नाममा भइरहेको तर्क थापाले गरेका छन् ।

‘नेतृत्वको मूल्याङ्नको परिपे्रक्ष हेर्दा संस्थापक नेता पुष्पलाललाई बाँचुञ्जेल सबैले गद्दार घोषणा गर्न प्रतिस्पर्धा गरेको र मृत्युपश्चात सबैले महान नेताको रुपमा सम्मान गरेको दृष्टान्त पाइन्छ,’ थापाले ओलीको रक्षामा लेखेका छन्, ‘व्यक्तिको उपस्थितिमा तेजोबोध र अपमान गर्ने, तर अनुपस्थिति वा भौतिक रुपमा शेषपछि पछुताउने हाम्रो प्रवृत्ती नै रहेको छ ।’

पराजयमा समान सजाय

जेनजी आन्दोलन र २१ फागुनको निर्वाचनलाई अलग राखेर विश्लेषण गर्न नमिल्ने तर्क गरेका थापाले नैतिकताको विषय समान रुपमा लागू हुने उल्लेख गरेका छन् ।

‘भदौ २३ र २४ को घटनाको सह–उत्पादनका रुपमा फागुन २१ को निर्वाचन आयोजना गरिएको तथ्यलाई हेक्का राख्नुपर्दछ,’ प्रतिवेदनमा लेखिएको छ, ‘तर प्रस्तुत मस्यौदामा फागुन २१ को निर्वाचनलाई एउटा छुट्टै र स्वतन्त्र घटनाका रुपमा विश्लेषण गरी ‘ असान्दर्भिक ढंगले व्यक्तिगत रुपमा पार्टी अध्यक्षलाई मात्र गराउने अभिप्राय पाइन्छ ।’

विशेषगरी एघारौं महाधिवेशनमा ओलीकै प्यानलबाट पदाधिकारी र केन्द्रीय कार्य समितिमा बसेकाहरूलाई नैतिकताको कुरा गर्न छुट नभएको तर्क थापाले गरेका छन् ।

‘पार्टीको मुख्य नेताको पदाधिकारी बन्ने गरी प्यानलमा रहेर निर्वाचित पदाधिकारीहरूले नै दोष जति मुख्य नेतृत्वलाई लगाएर आफु पुनर्गठनको ‘च्याम्पियन’ बन्न खोज्नु त झन् मिल्दै मिल्दैन । अध्यक्ष जति नै पदाधिकारीको हिस्सा विजयरपराजय वा आरोहरअवरोहका लागि जिम्मेवार बन्ने नैतिकता र साहस हरेकले प्रदर्शन गर्न सक्नुपर्दछ,’ प्रतिवेदनमा लेखिएको छ ।

एघारौं महाधिवेशन सम्पन्न भएको ६ महिना नपुग्दै नेतृत्व फेर्ने कुरा सान्दर्भिक नरहेको पनि थापाको तर्क छ । र, यसरी कुनै निर्वाचनको नतिजालाई लिएर महाधिवेशनको निर्णय बदलिन नसक्ने पनि प्रतिवेदनमा लेखिएको छ ।

‘महाधिवेशनको म्याण्डेडलाई एउटा निर्वाचन विशेषको परिणामले किमार्थ पनि खण्डित गर्न सक्दैन,’ थापाले लेखेका छन्, ‘पार्टी अध्यक्षलाई अकारण हटाउनु पर्छ भन्ने कोशिस सिंगो आन्दोलन र पार्टी हितविरोधी कार्य हो ।’ महाधिवेशनमा ७५ प्रतिशत मत ल्याएर जितेको अध्यक्षलाई हटाउने कार्य व्यर्थ हुने चेतावनी समेत प्रतिवेदनमा दिइएको छ ।

विशेष महाधिवेशन अस्वीकार

महासचिव शंकर पोखरेलले असोजभित्र महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने प्रस्ताव गरेका छन् । पार्टी विधान संशोधन गर्नेगरी बोलाइने भनिएको उक्त भेला एकप्रकारले विशेष महाधिवेशन नै हुन्थ्यो ।

तर उपाध्यक्ष थापाले यो प्रस्ताव अस्वीकार गरेका छन् । यो भेलाले पार्टीको विवाद बढाउने तर्क उनले गरेका छन् । ‘२०८३ असोजभित्रै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने र पुनर्गठनको बारेमा निर्णय लिने भनिएको जस्ता विषय पार्टीलाई विवादको दुष्चक्रमा धकेल्ने व्यर्थको कोशिस मात्र हो,’ थापाले लेखेका छन्, ‘यसले आम पार्टीपंक्तिको मनोदशा र भावनाको प्रतिनिधित्व गर्दैन ।’

ओलीको सहमति र विश्वासमा थापाले लेखेको अलग प्रतिवेदनमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णयको बचाऊ गरिएको छ । ‘सत्तरी वर्ष उमेरहद र दुई कार्यकालको निर्णयले सर्वनाशै भयो भन्ने खालको विश्लेषण गरिनु अत्यन्त सतही, पूर्वाग्रही र सुनियोजित छ,’ प्रतिवेदनमा लेखिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी र साइप्रसको उदारणबाट उमेर हद र कार्यकालको व्यवस्था हटाउने निर्णय गरिएको थापाले लेखेका छन् । ‘हाल चिनियाँ कम्युनिष्ट पार्टी र साइप्रसले समेत आफ्नो देशको आवश्यकतालाई मध्यनजर गरी त्यसलाई परिवर्तन गरिसकेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘दुनियाँका कुनै पनि राजनीतिक पार्टीमा यस्तो अनावश्यक प्रावधान र प्रबन्ध छैन ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn