काठमाडौँ । सिजादपर्ण सम्वाददाता चैत्र २०
विश्व चर्चित वैज्ञानिक गीता रमाजीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । दक्षिण अफ्रिकाकी वैज्ञानिक रमाजीले महत्वपूर्ण खोज तथा अनुसन्धान गरिरहेकी थिइन् । उनको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनी भारती मुलकी हुन् ।
साउथ अफ्रीकन मेडिकल रिसर्च काउंसिल अध्यक्ष सेमत रहेकी गीता केही दिन पहिले लण्डनबाट दक्षिण अफ्रिका फर्केकी थिइन् । उनको अन्तिम रिपोर्ट आएको छैन तर उनलाई कोरोना संक्रमणको आशंका अस्पताल भर्ना गरिएको थियो ।
साउथ अफ्रीकन मेडिकल रिसर्च काउन्सिलको एआईभी निरोधक युनिटकी डाइरेक्टर समेत थिइन् । ६४ बर्षीय रमाजीलाई सन् २०१८ मा मा यूरोपीयन डेभलपमेन्ट क्लीनिकल ट्रायल्स पार्टनरशिपले महिला वैज्ञानिकको अवार्ड समेत दिएको थियो ।
दक्षिण अफ्रिकामा २१ दिने लकडाउन भएकोले रमाजीको अन्त्येष्टी कहिले हुने भन्नेमा टुंगो नलागेको भारतीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

