
सिजादर्पण काठमाण्डौ ४ बैशाख ।भारतको चर्चितफिल्म ‘बाहुबली’ फ्रेम्ण्ड निर्देशक एसएस राजमौली नयाँ चलचित्र ‘आरआरआर’ लिएर दर्शकमाझ आउँदैछन् । यस चलचित्रलाई दर्शकले प्रतिक्षित चलचित्रको रुपमा हेरेका छन् ।चलचित्रमा दक्षिण भारतीय चलचित्रमा आफ्नो गतिलो स्थान बनाएका दुई नायक जुनियर आरटीआर र रामचरण मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । चलचित्रमा बलिउड नायिका आलिया भट्टले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन् ।
राजमौलीले आलिया जुनियर आएरटीआर र रामचरण दुबैको जोडीका रूपमा प्रस्तुत हुन लागेको बताए । उनले थपे, ‘आलियालाई दुबैको अपोजिटमा प्रस्तुत गरिएको छ । तर, त्रिकोणात्मक प्रेमकथा भने होइन ।’ चलचित्रमा बलिउड अभिनेता अजय देवगणको पनि मुख्य भूमिका रहेको छ ।
अहिले चलचित्रको पूर्ण छायांकन सकिएको छैन । कोरोनाको त्रासका कारण चलचित्रको छायांकन रोकिएको छ । कोरोनाको त्रास साम्य भएपछि चलचित्रको छायांकन पुन: सुरु हुनेछ ।
