Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सत्तामा रहिरहन खोज्ने चारित्र नै हो संसदीय पुँजीवादीको


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, बैशाख ११, २०७७

सत्तामा रहिरहन खोज्ने चारित्र नै हो संसदीय पुँजीवादीको

सिजादर्पण ११ बैशाख काठमाण्डौ ।   विश्व मानव समुदायलाई नै तर्सित पारिरहेको कोरोनाभाइरसले नेपाललाई पनि अछुतो राखेको छैन र यसको प्रभाव बढ्दो क्रममै छ । जसले गर्दा देश लकडाउनको अवस्थामा छ । त्यसकारण अहिलेको मुख्य चुनौती भनेको सिङ्गो राष्ट्र एकताबद्ध भएर कोरोनाबिरुद्ध लड्नु हो । त्यसमा पनि यसको मुख्य भूमिका र पहलकदमी सरकारको हुनुपर्छ । तर, प्रधानमन्त्री केपी ओली भने यस्तो अवस्थामा देश र जनतालाई मात्रै हेइन आफ्नै पार्टीलाई समेत एकातिर छोडेर ‘काशी जानु कुतिको बाटो’ भनेझैं उल्टो बाटो हिडिरहेका छन् । भनिन्छ ‘मर्ने बेला कमिलाको पनि प्वाँख आउँछ’ । आफू सम्पूर्ण रुपले असफल र असक्षम साबित भइसकेपछि उनले देश र जनताप्रति दुर्वाच्य शब्द र उल्फट्याङ ब्यवहार प्रदर्शन गर्दै आएका छन् । देश लकडाउनको पिडामा परेको बेला जनताको सेवा, सुरक्षा, उपचार, उद्दार, राहत र व्यवस्थापनमा असक्षम सावित भएपछि त्यसलाई विषयान्तर गर्न मन्त्री परिषदबाट ओलीले तीनवटा निर्णय गरेका छन् । त्यसमा राजनीतिक दलसम्बन्धी ९दल बिभाजन० अध्यादेश, संबैधानिक परिषद सम्बन्धी अध्यादेश र भुमि व्यवस्था आयोग । जो विषय जनताको निम्ति कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तो भएको छ भने संसदवादी शक्तिहरुका बीच एक खालको रोइलो मच्चिएको छ । हुनत नजाने गाउँको बाटै नसोध्नु भन्ने मान्यता छ हाम्रो समाजमा । किनकि हाम्रो निम्ति संसदीय ब्यवस्था भनेको त्यस्तै हो । क्रान्तिकारी शक्ति र पार्टीका लागि संसदीय पुँजीवादीहरु दल बिभाजन गर्ने र संबैधानिक अंशभाग गर्ने जस्तोसुकै अध्यादेश र कानुन ल्याएपनि केही फरक पर्दैन । तरपनि यसको राजनीतिक महत्व भएकोले यसका बिषयमा केही कुरा राख्नु सान्दर्भिक नै होला ।

प्रसंग केही पार्टी र व्यक्तिहरुका भनाइहरुबाट शुरु गरौं । यस सवालमा केपी ओलीले अन्य दल फुटाउन ल्याएको भनेका छन् भने उनका सहयोगी झुण्डहरुले अकर्मन्यता र अराजकतालाई ब्रेक गरेको भनेका छन् । पिके दाहालले पार्टीमा देखापरेको संकट भनेका छन् । नेपाली काँग्रेसले यसलाई अधिनायकवादी कदम भनेको छ भने मसालले प्रजातान्त्रिक प्रणालीमाथिको खतरा भनेको छ । ओेलीकै पार्टीका नेता हरिबोल गजुरेलले संसदको बिघटन गर्ने, मध्यावधि चुनाव गर्ने र राष्ट्रपति शासन लागू गर्ने नियतले ल्याएको र ओलीले अघोषित रुपमा पार्टी फुटाएको टिप्पणी गरेका छन् । लेखक तथा वाम बुद्धिजीवी खगेन्द्र संग्रौलाले अरुको दल फुटाउन अध्यादेश ल्याएको भन्नु प्रधानमन्त्रीको नभई भडुवा, गुण्डा, दलाल र अपराधीको भाषा भएको टिप्पणी गरेका छन् भने तुलसिदास महर्जनले सत्ता लम्ब्याउन, पार्टीभित्र आफ्ना बिरोधीलाई तह लगाउँन, आफू अनुकुलको सरकार बनाई एमसिसि पास गराउन लगायतको उद्देश्य रहेको टिप्पणी गरेका छन् । संबिधानविद डा। भिमार्जुन आचार्यले राष्ट्रिय संकटको समयमा राजनीतिक विवाद निम्त्याउने काम गर्नु उचित नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै संवैधानिक परिषद्को बैठक सम्वन्धमा जारी गरिएको अध्यादेश संविधान प्रतिकूल भएको बताएका छन् । डा। आचार्यल भनेका छन्, ‘राष्ट्रपतिलाई संविधानको संरक्षक मानिएको छ । अरूलाई घरमा थुनेर आफूचाहिँ राजनीतिक खिचातानीमा लाग्नु निकृष्टता हो । राजनीति धेरै नै फोहोर भयो । उनकै पार्टीका बरिस्ठ नेता माधव नेपालले यो पार्टी फुटाउने बेमौसमी बाजा हो, सबै मिलेर पार्टी एकता बचाउँ भनेका छन् । अर्का नेता भिम रावलले पार्टीको नीति र संवैधानिक बिधि विपरीतको महाराज र महारानीको कदमलाई फिर्ता लिन आह्वान गरेका छन् । केही मधेशी दलले यसलाई संघियता खारेज गर्ने खेल भनेका छन् । यी प्रतिनिधि मुलक भनाई हुन र यो राजनीतिक, व्यवहारिक र समय सान्दर्भिक नभएको कुरा धेरै क्षेत्रबाट आएको छ ।

यसरी स्थापना कालदेखि नै एकपछि अर्को काण्डमा फस्दै आएको छ ओली नेतृत्वको सामाजिक दलाल फासिवादी सरकार । यसको असफलता र जनविरोधी चरित्रलाई हामीले सामान्य फुटकरको घटना बिशेषमा मात्रै हेरेर समस्याको समाधान हँुदैन । संसदीय ब्यवस्थाको सटिक विश्लेषण लेनिनले ‘बाहिर खसीको टाउको झुण्ड्याएर भित्र कुकुरको मासु बेच्ने थलो’ हो भनेर गर्नुभएको थियोे । यो कुरा अहिलेसम्म सत्य सावित भएको छ । संसदीय ब्यस्था भनेको मासु विनाको हड्डी हो र त्यसलाई संसदवादीहरुले तछाडमछाड गरेर लुछिरहन्छन् तर त्यसबाट जनताले पाउने केही पनि होइन । भनिन्छ, सत्ता र बास्नाले मानिसलाई लोभ्याउँछ तर त्यो स्थायी हुँदैन । स्थायी हुनेत इतिहास मात्रै हो । अहिलेको संसदीय सत्ता र त्यसका हिमायतिहरुको सवालमा पनि त्यो कुरा सत्य हो । अहिलेसम्मको कामकारबाहीलाई हेर्दा केपी इतिहासमै सबैभन्दा नालायक र तुच्छ शासकको रुपमा दर्ज भएका छन् । पार्टीभित्र र बाहिर सबैभन्दा बढी आलोचनाका पात्र बनेका छन् । देश र जनताप्रतिको जवाफदेहिता यिनीमा पटक्कै देखिँदैन । जसले गर्दा आलोचकहरुले उनलाई रोमको सम्राट निरोको उपमा दिने गरेका छन् । भ्रष्टाचारमा पनि केपी खेमाकै मान्छेहरु बढी मुच्छिने गरेका छन् । स्थिति यस्तो बन्दै गएको छ कि लकडाउन खुल्न बित्तिकै उनका बिरुद्धको जनआक्रोस थामिनसक्नु हुनेछ । त्यसकारण केपीले आफूप्रति बढ्दै गएको जनआक्रोस र सजातीय तथा बिजातिय आलोचनालाई विषयान्तर गर्न ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’को निर्णय गर्न पुगेका हुन् । यसका पछाडिको उद्देश्य निम्न रहेको देखिन्छ ।

१। पहिलो कुरा त यो केपीको जसरी हुन्छ कुर्सी बचाउने खेल हो । जब उनी असफल र असक्षम सावित भए र इतिहासमै नालायक शासक सावित भए । त्यसपछि उनी आफैले मान्दै आएको संसदीय परम्पराको बिपरित हिड्न पुगे । पार्टी बिभाजन गर्ने संसदीय परम्परा सदन र पार्टी दुबैमा ४०÷४० प्रतिशत संख्या र संबैधानिक परिषदमा बिपक्षी दलको नेता रहने हो । तर, सदन वा पार्टी कुनै एक ठाउँमा मात्रै ४० प्रतिशत पुगाए हुने र संबैधानिक परिषदमा बिपक्षी दलको नेता नरहने अध्यादेश ल्याउनु कथित संबिधानभन्दा माथि आफूलाई राख्न खोज्नु हो ।

आफू अल्पमतमा परे पनि पार्टी बिभाजन गरि आफू सत्तामा रहने बाटो खुला गर्नु हो ।
२। यसबाट केपीले पार्टीभित्रको आफ्नो कमजोर अवस्था र पार्टी बाहिरको अलोकप्रियतालाई कानुनी ढंगले हल गर्न खोजेको देखिन्छ तर यसले उनलाई नै झन कमजोर र नालायक सावित गरेको छ ।

३। सरकार गठनदेखि नै लगातार एकपछि अर्को काण्डमा फस्दै आएका केपी अहिलेको कोरोनामा झनै नाङ्गिए पछि यसको समाधान नभै बिषयान्तर गर्ने उद्देश्यले यो बाटो समाएका हुन । आफ्नै पार्टी, मन्त्री मण्डल र कथित संबिधानलाई समेत उछिनेर हतारमा राष्ट्रपतिमार्फत अध्यादेश प्रमाणित गराउनुले जनता र प्रतिपक्षले लगाउँदै आएको महाराज र महारानी आरोप प्रमाणित गरेको छ । यसले राष्ट्रपति र प्रमको गरिमालाई झनै समाप्त पारेको छ ।

४। यो काम केपीले आफ्नै दिमागले गरेका होनन् । यसमा एमसीसी पास गर्ने, अख्तियारदेखि अन्य संबैधानिक समितिमा आफ्ना मान्छे भर्ती गर्ने र आफू निकटका भ्रष्टाचारीहरुलाई बचाउने अनिभित्र र बाहिरका पार्टी फुटाएर भएपनि आफू शक्तिमा रहने उद्देश्यसहितको बिदेशी डिजाइनमा यो कदम चालेका हुन् । देवी ज्ञवालीको नेतृत्वमा सुकुम्बासीलाई उठिबास गर्ने नियतको भूमि व्यवस्था आयोग बनाउनु यसको एउटा उदाहरण हो ।

५। यसले जनतालाई भन्दा संसदवादीहरुका बीच निकै तरङ्ग ल्याएको छ र पार्टी फुटको रोइलो मच्चाएको छ । यसले संसदवादीहरुको एकता, चुनावी जित र बहुमतको खेल खाली आफ्नो कुर्सीको लागि मात्रै हो, देश र जनताको लागि होइन भन्ने कुरा व्यवहारिक रुपमा नै पुष्टि गरेको छ ।
सारमा भन्नू पर्दा यो कदम र उत्पन्न संकट भनेको दलाल पुँजिवादको हो । यो क्रान्तिकारी संकट नभएकोले यसले क्रान्तिकारी आन्दोलन र जनतालाई खासै असर पार्दैन बरु उल्टो क्रान्तिलाई नै सहयोग गर्छ । हामीले भन्दै आएको दलाल संसदीय पुँजीवादी ब्यवस्थामा हुने र गर्ने यस्तै हो । पुँजीवादले संकटको समाधान होइन विषयान्तर गर्छ । जनताको हितमा हुने कानुन र ऐन बनाउन यीनका हात काम्ने तर आफू अनुकुलका बिधि बिधान बनाउन क्षणभर नलाग्ने । यो कुरा अब सबै जनताले बुझ्न जरुरी छ । यो भनेको संसदीय दलाल पुँजीवाद र त्यसका सञ्चालकको असफलता हो ।

संसारमा राजतन्त्र मात्रै निरङ्कुस र अधिनायकवादी नभएर जनताको भोटबाट पनि स्वइच्छाचारी र अधिनायकवादी शासकहरु जन्मिएका थुप्रै उदाहरण छन् । अहिले नेपालमा देखा परेको केपीको सामाजिक फासिवाद पनि त्यसको एउटा नमुना हो । जनबिरोधी हर्कत गर्ने र जसरी पनि आफू सत्तामा रहिरहन खोज्ने चारित्र नै हो संसदीय पुँजीवादीको । त्यसकारण अब सबै क्रान्तिकारी शक्ति र ब्यक्तिहरु एकताबद्ध भै दलाल संसदीय पुँजीवादका बिकल्प बैज्ञानिक समाजवाद स्थापना गर्न लागौ । यो नै नेपाल र नेपाली जनताको दीर्घकालीन समाधान हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn