Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

स्वास्थ्यकर्मी नै असुरक्षित, चिकित्सक भन्छन् – कडा कानून नआएसम्म हामी सुरक्षित छैनौं


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, जेष्ठ २४, २०७७

स्वास्थ्यकर्मी नै असुरक्षित, चिकित्सक भन्छन् – कडा कानून नआएसम्म हामी सुरक्षित छैनौं

सिजादर्पण २४ जेठ काठमाडौं( जेठ १४ गते काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा दमका एक बिरामी अस्पताल पुगे। उनीसँगै छोरा पनि अस्पताल पुगेका थिए। ती महिलाको अवस्था गम्भीर थियो। अस्पतालका चिकित्सकका अनुसार उनको श्वासप्रश्वासमा समस्या थियो। मुटुको चाल बढी थियो र खुट्टा सुन्निएका थिए।

अस्पताल पुगेको करीब दुई घण्टामा ती बिरामीको उपचारकै क्रममा मृत्यु भयो। लापरबाही गरेको आरोप लगाउँदै बिरामीका आक्रोशित छोराले उपचार गर्ने चिकित्सकलाई कुटपिट गरे। दोषिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा छन्।

जेठ १८ गते डोटीको दानकोट स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मी स्थानीयको कुटपिटपछि घाइते भए। कोरोनाको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउँदै गर्दा स्थानीयले कोरोना सार्ने भन्दै स्वास्थ्यकर्मी रमेश कुँवरलाई ढुंगा हानेर घाइते बनाए। स्थानीयको निर्घात कुटपिटपछि उनको देब्रे आँखा, टाउको र हातमा चोट लागेको छ।

डोटीमा स्वास्थ्यकर्मी कुटिएको दुई दिन बित्न नपाउँदै रौतहटमा पनि एक स्वास्थ्यकर्मी माथि आक्रमण भयो। राजपुर नगरपालिका वडा नं ९ स्थित क्वारेन्टाइनमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी खुर्शद आलम कुटिए, त्यो पनि क्वारेन्टाइनमै रहेका व्यक्तिहरुबाट। उनलाई कुटपिट गर्नुको कारण थियो, पिसिआरमा कोरोना नेगेटिभ र आरडिटीमा पोजेटिभ आएको भन्दै।

आरडिटीमा पोजिटिभ देखिएपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले कोरोना सारेको भन्दै आलम माथि आक्रमण गरेका हुन्। उनीहरुको आक्रमणबाट आलमको टाउकोमा चोट लागेको छ।

कोरोनाको उपचारमा चिकित्सक र स्वास्थ्यकर्मी फ्रन्टलाइनमा खटिन्छन्। कोरोनाको सबैभन्दा बढी जोखिममा कोही छन्, भने त्यो चिकित्सक र स्वास्थ्यकर्मी नै हुन्। तर पछिल्ला यी घटना हेर्दा चिकित्सक कोरोनासँगै बिरामी अनि व्यक्तिबाटै बढी जोखिममा छन्। कोरोनाको डरसँगै उनीहरु कुटिने डरले बिरामीको उपचारमा खटिनु परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। जोखिम मोलेरै बिरामीका सेवामा खटिएका स्वास्थ्कर्मीमाथि निरन्तर आक्रमणका घटना हुँदै आइरहेका छ।

स्वास्थ्यकर्मी यसरी कुटिदै आएको १४ वर्ष भयो। नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीका अनुसार २०६३ सालमा बुटवलमा पहिलो पटक एक चिकित्सक माथि आक्रमण भएको थियो।

त्यसपछि नै चिकित्सकहरुले सुरक्षाको माग गर्दै संघष गर्न थाले। २०६६ सालमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ जारी भयो। यस ऐनको नियमावली तीन वर्षपछि २०६९ सालमा आयो।

यस ऐनले स्वास्थ्य उपचारको विषयलाई लिई स्वास्थ्यकर्मीलाई घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्ने, स्वास्थ्य संस्थामा तोडफोड र आगजनी कार्यलाई अपराध मानेको छ।

ऐन अनुसार चिकित्सक माथि आक्रमण गर्नेलाई पाँच हजारदेखि २० हजार रुपैयाँसम्मको जरिवाना, कसूरको मात्रा अनुसार तीन लाख रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाँय हुने व्यवस्था गर्‍यो।

चिकित्सकले माग गरे अनुसार ऐन आयो। तर त्यसमा गरिएको सजाँय व्यवस्थाप्रति उनीहरु सन्तुष्ट भएनन्। किनभने यस ऐनमा गरिएको सजाँयको व्यवस्था निकै कम भएको उनीहरुले बताए। त्यही पनि प्रभावकारी कार्यान्वयन भएन। त्यसैले चिकित्सकहरुले ऐनलाई परिमार्जन गरी दोषिलाई कडा कारबाही हुनुपर्ने माग सहित २०७४ सालमा पुनः आन्दोलन गरे।

डा। कार्कीका अनुसार ऐनलाई परिमार्जन गरी चिकित्सक तथा अस्पतालमा आक्रमण गर्ने दोषिलाई बिना धरौटी हिरासतमा राख्ने कानून ल्याउने सम्झौता भयो। त्यो समय शेरबहादुर देउवा प्रधानमन्त्री र किरण रेग्मी स्वास्थ्य सचिव थिए।

परिमार्जन सहितको त्यो ऐन अहिले संसदमै अड्किएको छ। २०७६ सालको १२ महिना २२ गतेको मन्त्रिपरिषदले बिना धरौटी जेल चलान ९ जेल विथआउट बेल ० लाई समावेश गरी ऐनलाई संसदमा पेश गर्ने निर्णय गरेको थियो। यही ऐनलाई चालु संसदको अधिवेशनमा पेश गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ।

नेपालमा कडा कानून नभएकै कारण चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमण हुने गरेको डा। कार्की बताउँछन्।

उनले भने, ‘कानून भएपछि मानिसहरु अपराध गर्न डराउने हो। कानून हुँदैमा कुनै अपराध नहुने भन्ने होइन। तर मानिसहरु अपराध गर्न त डराउँछन् नी। कानून भएपछि न्यूनीकरण गर्छ।’

कानून ल्याएर मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयन हुन आवश्यक रहेको उनले बताए। चिकित्सक माथि आक्रमण गर्ने दोषिलाई सरकारले कडा कारबाही गर्नुपर्ने उनको माग छ।

दोषिलाई कारबाही नगर्दा नै अपराधीको मनोबल बढ्दै गएको नेपाल स्वास्थ्यकर्मी संघका महाचिव दीपक भट्टले बताए। भन्छन्, ‘सरकारले दोषिलाई कारबाही गर्न सकेको छैन। यसैले पनि उनीहरुको मनोबल बढ्दै गएको छ।’

सरकारले ऐन नल्याएसम्म स्वास्थ्यकर्मीहरु सुरक्षित नहुने उनको तर्क छ। चिकित्सक तथा स्वास्थ्यकर्मी माथि यसरी नै आक्रमण हुँदै गए भोलि ठुलो दुर्घटना निम्तन सक्ने उनले बताए।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा। समिर कुमार अधिकारीले स्वास्थ्यकर्मी माथि आक्रमण गर्नेलाई कारबाही गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको बताउँछन्। नेपाल मेडिकल कलेज, डोटी र रौतहटमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमण गर्ने दोषिलाई कारबाही गरिने उनले बताए।

उनले भने, ‘स्वास्थ्यकर्मी माथि यसरी आक्रमण हुनु निकै दुखद हो। घटनाको छानबीन गरेर हामी दोषिलाई कारबाही गर्छौ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn