सिजादर्पण जेठ १० हेटैडा । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले जनमुखी निर्णय लिएकी छिन् ।महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण मुलुकको अर्थतन्त्र पनि डामाडोल अवस्थामा पुगिरहेको बेला उपसभामुख तामाङले जनमुखी निर्णय लिएकी हुन् ।
नयाँ गाडी किन्न र निवासमा नयाँ भवन बनाउन छुट्याएको रकम फिर्ता गर्ने निर्णय गर्दै उनले जनप्रिय निर्णय लिएकी हुन् ।
वागमती प्रदेशसभा सचिवालयले उपसभामुख तामाङको लागि नयाँ गाडी किन्न र सडक डिभिजनको कम्पाउन्डभित्र नयाँ भवन बनाउनका निम्ति रकम विनियोजन गरेको थियो ।
गत २०७६ फागुन १४ गते बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गाडी किन्ने निर्णय गरेको थियो भने भवन बनाउने निर्णय प्रदेशसभाको स्वीकृत वार्षिक कार्यक्रममा परेको थियो ।
‘हाल चढिरहेको गाडी होचो भएका कारण फिल्डमा जान कच्ची सडकमा समस्या भएकोले नयाँ स्कार्पियो गाडी किन्ने निर्णय भएको’ उपसभामुख तामाङले बताए ।
‘म लकडाउनको बिचमा पनि तीन पटक विभिन्न जिल्ला र आफ्नो निर्वाचन क्षेत्र पुगें, त्यहाँको अवस्था र देशैभरि कोरोना नियन्त्रणका लागि आवश्यक तयारीमा रहेका अभाव देखेपछि मन बदलियो’ उपसभामुख तामाङले भनिन् ।
