सिँजादर्पण काठमाडौँ । कर्णाली शिवराज नेपाल भलिबल लिग ९एनभीएल० को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्लेअफमा काठमाडौँ रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै कर्णालीले फाइनलमा स्थान बनाएको हो ।
कर्णाली २५–२१, २०–२५, २५–२३ र २५–२२ ले विजयी भयो । कर्णालीका अलिरेजा अबालुच ‘म्यान अफ द म्याच’ घोषित भए ।
लिगमा कर्णाली ११ अंक तथा काठमाडौं १० अंकसाथ प्लेअफमा पुगेका थिए । कर्णालीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्ने छ ।
अन्नपूर्ण शुक्रबारै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो । अन्नपूर्ण १२ अंकसाथ लिगको शीर्ष स्थानमा रह्यो । पहिलो पटक आयोजित प्रतियोगिताको विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।
