Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सामाजिक अन्धराष्ट्रवादको आम विशेषता


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार २५, २०७७

सामाजिक अन्धराष्ट्रवादको आम विशेषता

जुन गोरुको सिङ छैन उसको नाम तिखे भनेझैँ बेला–बेलामा खड्गप्रसाद शर्मा वली ९केपी वली० को राष्ट्रवादको निकै चर्चा एवम् परिचर्चा हुने गर्दछ । पछिल्लोपटक नेपालको नक्सा सार्वजनिक तथा पासको विषयलाई लिएर सामाजिक अन्धराष्ट्रवादी वली अब्बल दर्जाको र अद्वितीय राष्ट्रवादी भएको निकै चर्चा चल्यो । मानौँ यसपटक वलीले भीमसेन थापा, भक्ति थापा, बलभद्र कुँवर, उजिरसिंह थापालगायतलाई पछि पारेर लिम्पियाधुरा–लिपुलेक–कालापानी कब्जा नै गरेका छन् १ उनले नेपालमा व्याप्त भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगार, अशिक्षा, गरिबीलगायतको अन्त्य गरेर अब पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानलाई नयाँ चरणमा सुरु गर्दैछन् रे १ दलाल पुँजीवादी व्यवस्थाअन्तर्गत ‘समाजवाद’ र ‘सुखी नेपाली, समृद्ध नेपाल’ को भ्रम र हावादरी नारा लगाउने वलीले विश्वलाई प्रज्वलित र नेपाली आम–जनसमुदायलाई मन्त्रमुग्ध पारिरहेका छन् १ विश्वमा कहीँ–कतै यस्ता पाखण्डी एवम् धूर्तहरूको महासम्मेलन हुँदो हो त वलीले गोल्डमेडल नै पाउँथे होला । यहाँ सामाजिक अन्धराष्ट्रवादी प्रवृत्ति र हाल यसको नेतृत्व गरिरहेको पात्रका बारेमा उल्लेख गर्ने जमर्को गरिएको छ ।

क० सामाजिक अन्धराष्ट्रवादको आमविशेषता

साम्राज्यवादी प्रथम विश्वयुद्ध कालमा कार्ल काउत्स्कीले मध्यवादको आडमा सशस्त्र क्रान्ति असम्भव र मातृभूमिको रक्षाको नारा दिँदै बकबास गरिरहेको सन्दर्भमा लेनिनले उक्त दृष्टिकोण एवम् विचारलाई ‘सामाजिक अन्धराष्ट्रवाद’ को संज्ञा दिँदै विरोध एवम् प्रतिरोध गर्नुभएको थियो । त्यसैबेला रुसमा कट्टर ‘सामाजिक अन्धराष्ट्रवादी’ का रूपमा केरेन्स्की, अलेक्सान्दर ९ऐसरहरू० देखापरेका थिए । ‘अमेरिकालाई महान् बनाउने’ डोनाल्ड ट्रम्पको उद्घोष र ‘भारत पहिलो’ भन्ने मोदीको नाराजस्तै ‘समाजवाद उन्मुख’ र ‘सुखी नेपाली, समृद्ध नेपाल’ को डङ्का पिट्ने वलीलाई यतिबेला राष्ट्रवादीको उपमा दिँदै दोसल्ला ओढाइरहेका छन् तर कलाकारहरूका लुट्न सके लूट‘ गीत गुञ्जिरहेका छन् । भ्रष्टाचार, कमिसन, राष्ट्रघात, जनघात र विभिन्न काण्डहरूमा केपी–प्रचण्डको सामाजिक दलाल पुँजीवादी सरकारले नयाँ कीर्तिमान नै खडा गरिसकेको छ । आज नेपालमा ‘सामाजिक अन्धराष्ट्रवाद’ निम्नविशेषतामा अभिव्यक्त भइरहेको छ स्

पहिलो, वलीले माक्र्सवाद–लेनिनवाद–माओवाद परित्याग गरेर सामाजिक दलाल पुँजीवादलाई व्यवहारतः लागू गरिरहेका छन् । दोस्रो, वैज्ञानिक समाजवाद–साम्यवादलाई तिलाञ्जली दिएर विश्वमा बदनाम एवम् असफल दलाल संसदीय व्यवस्थालाई नयाँ जलप ९रङरोगन० लगाएर जनतामा लादिरहेका छन् । तेस्रो, सर्वहारा वर्गीय क्रान्तिको सिद्धान्त र मार्गलाई छोडेर दलाल पुँजीवादी व्यवस्थामा समाजवादको पुलिन्दा बाँडिरहेका छन् । चौथो, कम्युनिस्ट जीवनशैली, नैतिकता, सदाचार र आचरणबाट पतीत भएर नवधनाढ्य दलाल पुँजीपति वर्गमा बदलिएका छन् । पाँचौँ, राष्ट्रिय स्वाधीनता र मुलुकको सार्वभौमिकताका विरुद्ध साम्राज्यवाद, मूलतः भारतीय साम्राज्यवादको दलाल एवम् कठपुतली बनिरहेका छन् । छैटौँ, यो दलाल पुँजीवादबाट सामाजिक फासिवादमा पतन हँुदैछ । यो जर्मनको सिदेमान र भारतको ज्योति वसुको पथमा बेलगाम अन्धाधुन्द कुदिरहेको छ । आफ्ना जनविरोधी तथा राष्ट्रघाती हर्कतहरूको घृणा, विरोध र भन्डाफोर गर्ने सबैलाई बुट बजार्ने, सङ्गीन रोप्ने अर्थात् फासिवादी दमन गर्ने यो प्रवृत्तिको आमविशेषता हो । ‘इतिहासको द्वन्द्ववाद नै यस्तो छ कि माक्र्सवादको सैद्धान्तिक विजयले यसका शत्रुहरूलाई माक्र्सवादको मुकुन्डो लाउन बाध्य गर्दछ’ ९कार्ल माक्र्सको शिक्षाको ऐतिहासिक भवितव्य शीर्षक लेखमा, खण्ड ५, पृष्ठ ३६०–३६७, ६ डिसेम्बर, सन् १९०१० भनेर लेनिनले उल्लेख गर्नुभएझैँ संसारभरका अवसरवादीहरू तथा संशोधनवादीहरूले कम्युनिस्ट र समाजवादको नाम धारण एवम् साइनबोर्डको प्रयोग व्यापक रूपमा गरिरहेका छन् । समाजवादको लोकप्रियता, सफलता र विजयपछि बुर्जुवा र पुँजीवादीहरूले समेत समाजवाद शब्दको प्रयोग गरिरहेका छन् । वास्तविक समाजवादीहरूका सीमा र कमजोरीका कारण पुँजीवादीहरूले इतिहासको अन्त्य, माक्र्सवादको असफताको भ्रम एवम् झूटको कोकोहोलो मच्चाइरहेका छन् । परन्तु पुँजीवादको मृत्यु र वैज्ञानिक समाजवादको विजय अवश्यम्भावी छ । लेनिनले आफ्नो रचनासङ्ग्रह खण्ड ४१, पृष्ठ २९८–३१८, युवक सङ्घहरूका कार्यहरूमा उल्लेख गर्नुभएको थियो– कम्युनिस्ट भनेको सामूहिकता हो । कम्युनिस्ट सदाचार त्यो हो– मानव समाजलाई श्रमको शोषणबाट मुक्ति दिलाउने, वर्गोपरि धारणा ग्रहण गराउने र मानव समाजमा अन्तरनिहित वर्गसङ्घर्षको हितबाट नै पैदा हुन्छ । कम्युनिस्ट नैतिकता त्यो हो श्रमजीवीहरूको शोषणका विरुद्ध सङ्घर्ष र शोषकहरूको स्वामित्वका विरुद्ध एकताबद्ध गर्नु । वली त सामाजिक दलाल पुँजीपति हुन्, कम्युनिस्टचाहिँ होइनन् । कम्युनिस्ट र समाजवाद भन्ने कुरा त उनीहरूको व्यापारिक तरिका मात्र हो । कम्युनिस्ट पार्टी र समाजवादप्रति नेपाली जनताको अगाध आस्थाका कारण कबाडी सङ्कलन केन्द्रमा थुपारिएका नक्कली सामानहरूमा नयाँ लोगोको प्रयोग गरेर आमजनतालाई पुनः विश्वासघात गर्ने, धोका दिने र ठग्ने कुचेष्टा मात्र गरिरहेका छन् ।

ख० राष्ट्रियता र राष्ट्रवाद

राष्ट्रियता कुनै पार्टी र व्यक्तिविशेषको हँुदैन तर नेपालमा दल–दलको दलाल राष्ट्रियताले राष्ट्र र जनतालाई भ्रमित बनाउन खोज्छ । काङ्ग्रेस, भनिने नेकपा ९नेकपा० र अन्यको दलगत मात्रै होइन, व्यक्तिपिच्छे फरक–फरक राष्ट्रियता देखिन्छ जसको कारण राष्ट्रियताप्रति एउटै बुझाइ कायम हुन सक्दैन । यद्यपि राष्ट्रियता वर्ग, विचार र दृष्टिकोणले निर्धारण पनि गर्दछ । राष्ट्रियता र परराष्ट्रनीति एउटा हुन्छ । तल अथवा कुर्सीबाहिर एउटा, कुर्सीमा पुगेपछि अर्को हुने विडम्बना पनि छ । ‘एउटा रूख रोप्दा र निर्माणस्थलमा एक कोदालो माटो खन्दा देशभक्तिको प्रदर्शन गर्दै पसिना बगाइरहेका हुन्छौँ’ भनेर कोरियाली नेता किम जोङ इलले भनेझैँ राष्ट्रप्रेम नेपाली जनतामा पनि अभूतपूर्व छ । राष्ट्रप्रतिको आस्था एवम् राष्ट्रहितको भावना साम्राज्यवादका दलालहरूमा हुन सक्दैन । अझ सामाजिक अन्धराष्ट्रवादी कोही पनि सच्चा राष्ट्रवादी हुँदैन । यो त जनतालाई भ्रमित तुल्याउने पाखण्ड र बकबासबाहेक अरू केही होइन । आज वलीका भक्तालुजनहरूले वास्तविकतालाई ढाकछोप गर्न खोजिरहेका छन् । वली को हुन् रु उनको विगत र वर्तमान के हो रु सबैलाई विदितै छ । कुनै पनि मुलुकको राष्ट्रियता बलियो बन्नका लागि त्यसको राजनीतिक, आर्थिक, सामरिक, प्राविधिक, सैन्यलगायत सक्षमता, निर्भरताले निर्धारित हुन्छ । जनतामा अभेद्य एकता, देशभक्तिपूर्ण जागरणसहित आईसीबीएमजस्ता आणविक अस्त्रले सुसज्जित नहुँदो त अमेरिकी साम्राज्यवादले जनगणतन्त्र कोरिया ९उत्तरकोरिया० लाई आर्थिक नाकाबन्दी मात्र होइन, पहिल्यै सिरिया र इराक बनाइसक्थ्यो होला । भारतीय साम्राज्यवादले पाकिस्तानलाई सिक्किम बनाइछोड्थ्यो । जबसम्म नेपाल राजनीतिक रूपले स्वाधीन ९मुक्त०, आर्थिक रूपले समृद्ध ९आत्मनिर्भर०, सामाजिक–सांस्कृतिक रूपले उन्नत एवम् सभ्य, सैन्य–सामरिक रूपले शक्तिशाली, प्राविधिक रूपले सर्वश्रेष्ठ हुँदैन तबसम्म मुलुकको राष्ट्रियता, स्वाधीनता र स्वाभिमान शब्दमा मात्र सीमित हुन्छन् । ती सबैको साकारका लागि दलालतन्त्र ९दलाल पुँजीवाद० को अन्त्य र वैज्ञानिक समाजवाद अपरिहार्य छ । अन्यथा साम्राज्यवादीहरूसँग बार्गेनिङ ९दलाली० गर्ने र जनताको देशभक्तिपूर्ण आस्थालाई तेजोबध गर्नेबाहेक केही हुँदैन । ‘साम्राज्यवादले व्यापक मात्रामा वर्गीय अन्तरविरोधलाई तीव्र बनाएर, आमजनताको अवस्था खराब तुल्याउदै सङ्घर्षतिर धकेल्नेछ । आर्थिक क्षेत्रमा दुष्टहरूको स्थापना र महँगी, राजनीतिक क्षेत्रमा सैनिकवादको वृद्धि, युद्धहरू दोहोरिनु, प्रतिक्रियाको वृद्धि, राष्ट्रिय उत्पीडन र औपनिवेशिक लूटको सुदृढीकरण, व्यापकता आदिमा अभिव्यक्त हुन्छ’ भनेर लेनिनले ९साम्राज्यवाद, समाजवाद र उत्पीडित जातिहरूको मुक्तिसम्बन्धी खण्ड २७, पृष्ठ २५२–२६६ मा० शानदार ढङ्गले उल्लेख गर्नुभएको छ । यद्यपि आज साम्राज्यवाद लेनिनको युगमा छैन । त्यतिबेला एकातिर जर्मनमा कुनोव, पार्भुस र घोर अवसरवादीहरू र बेलायतमा केही फेवियनवादीहरूले हडप नीतिको समर्थन गरिरहेका थिए । अर्कोतिर काउत्स्कीपन्थीहरूले ‘अतिसाम्राज्यवाद’ को वकालत गर्दै ‘सामाजिक अन्धराष्ट्रवाद’ को पक्षपोषण गरिरहेका थिए । आज नेपालमा केपी–प्रचण्डहरूले राष्ट्रियताको पक्षधर र राष्ट्रवादी भएको होहल्ला गर्दै सामाजिक अन्धराष्ट्रवादको नेपाली अनुहार र पोसाकमा प्रतिनिधित्व गरिरहेका छन् । एकताका सुरुङ–वारको घोषणा गर्ने प्रचण्ड–बाबुरामहरूले राष्ट्रियता र राष्ट्रवादको ‘यसरी आत्मसर्मपण गरे प्रचण्ड–बाबुरामले’ एसडी मुनीको ९माओवादीलाई पहाडबाट ओह्राल्दा० लेख र बिप्पालगायत भारतसँग गरेका राष्ट्रघाती सम्झौताहरू नै पर्याप्त छन् । वली त छट्टु स्यालले चिल आयो भनेर चल्ला चोरेजस्तै भारतले मलाई हटाउन खोज्यो, षड्यन्त्र भयो भनिरहेका छन् । प्रचण्डले भारतले होइन, मैले हो भनेर, म भारत हुँ, भारत नै म हुँ भनिरहेका छन् । गोन्जालोले भनेझैँ स्वनिर्णय, स्वाधीनता, सामञ्जस्य र स्वभरोसाको खाँचो नेपालको राष्ट्रियताका लागि जरुरी छ । आज नेपालमा भारतले हिन्दुत्व, अमेरिकाले हिन्द–प्रशान्त रणनीति ९एमसीसी०, युरोपियनहरूले क्रिस्चियन धर्म वा धर्म परिवर्तन र चीनले बीआरआईद्वारा हस्तक्षेप गरिरहेका छन् । नेपालका दलालहरू कुनै न कुनै रूपले त्यसको पक्षपोषण, कार्यान्वयन र भरथेग गरिरहेका छन् । साम्राज्यवादी हस्तक्षेपको सामना एकीकृत जनक्रान्तिद्वारा हाम्रो मुलुकमा विद्यमान सबै शोषण, उत्पीडन, विभेद र हस्तक्षेपहरूको मूलतः दलाल पुँजीवादको अन्त्य गर्नु र स्वाधीन, शान्ति, समानता र समृद्धिमा आधारित वैज्ञानिक समाजवादको स्थापना नै हो ।

ग० वलीका ‘राष्ट्रवादी’ हर्कतहरू

१० राष्ट्रघाती महाकाली सन्धि

२०५३ साल असोज ४ को राष्ट्रघाती महाकाली सन्धिका पक्षमा संसद्मा मतदान गरेपछि नै तत्कालीन एमालेको राष्ट्रवादी मुकुन्डो धुजाधुजा भइसकेको होइन र रु वलीले एकपटक फेरि महाकाली पुगेर हिउँदमा सुख्खा खडेरी र वर्षायाममा डुबेर सास्ती बेहोरिरहेका जनतालाई सोधे हुन्छ । तपाईंको नक्कली राष्ट्रवादका बारेमा कोही पनि अपरिचित छैनन् । २०४७ सालमा काङ्ग्रेसका कृष्णप्रसाद भट्टराईले अन्तरिम प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणको बेला व्यापार तथा पारवहन सन्धि र पञ्चेश्वर परियोजनाको विषयबाट जन्मेको वलीजीहरूको राष्ट्रघाती राष्ट्रवादको मृत्यु ५ वर्षको बच्चा अवस्थामै २०५३ सालमा भएको होइन र रु ‘वलीले हँसाउन कति जानेको भन्ने गीतको बोलमा राष्ट्रवादी भएको होहल्ला नगरौँ । बरु राष्ट्रघाती हुँ भन्दा जनताले आममाफी दिन पनि सक्छन् । अप्ठेरोमा आहा १ के आन्नद, सजिलोमा मरे–मरे १ भन्ने छट्टु स्यालको चाल भएन र रु वलीको ।

२० वलीको होली वाइन

तपाईंले एउटा होटेलमा तीन रात बासै बसेर होली वाइन खाँदै क्रिस्चियन धर्मावलम्बीहरूसँग रमाएको, राष्ट्रवादी गीत गाएको बिर्से पनि नेपाली जनताले त बिर्सेका छैनन् । हुनत तपाईँ बिरामी मान्छे । लेनिनकै शब्दमा तपाईंलाई ‘प्रभु’ ले छुट गरेका होलान् । रुसी क्रान्तिमा प्रतिक्रियाका वर्षहरू भनेर सन् १९०७–१९१० सम्मलाई लेनिनले व्याख्या गर्दै त्यसबेला राजनीतिको ठाउँमा निराशा, नैतिक अधोगति, फुट, झगडा, विश्वासघात र अश्लीलताले तथा दार्शनिक रूपले आदर्शवादप्रति आकर्षण बढ्छ भन्नुभएको थियो । मैले त्यही भएर मन पराको‘ गीतजस्तै तपाईंले के गल्ती गर्नुभयो नि त १ तर तपाईको राष्ट्रवाद टाट उल्टिसकेको छ ।

३० नाकाबन्दीले जनताको नाकै बन्द

तपाईंको राष्ट्रवादी मृतआत्मले १९ वर्षपछि पुनः २०७२ सालको महाभूकम्पको बेला पनि जनतालाई निकै सास्ती दियो । जनता आक्रान्त भए र देशमा विपत्ति नै छायो । अहिलेको कोरोना महामारीले जस्तै । त्यतिबेला तपाईंले दाउरा बालौँ १ भन्नुभयो, अहिले बेसार खाऊ १ भन्नुहुन्छ, फरक यत्ति छ । तपाईंजतिको अनुभवी ९झापा आन्दोलनलगायत०, ‘विद्वान्’ र ‘राष्ट्रवादी’ व्यक्तिले तर कहिल्यै दलाल नबनौँ, लम्पसार नपरौँ र यो मरणासन्न व्यवस्था बदलौँ पनि कहिल्यै भन्नु हुँदैन ।

४० एमसीसी पारित गरी लागू गर्ने रु

सम्पूर्ण स्वाभिमानी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, बुद्धिजीवी, आमजनता र कम्युनिस्टहरू एकातिर, दलालहरू अर्कोतिर हुँदा पनि यो कसैले बुझेका छैनन्, पारित गरेर लागू नै गर्नुपर्छ भनेर महाराष्ट्रवादी उर्दी जारी गर्नुभयो नि हजुरले त १ इन्द्रेका बा चन्दे्रले पनि रोक्न सक्दैन पो भन्नुभयो ।

५० नक्साको राजनीति

नेपालका सबै सीमाविद्, भूगोलविद् र आमजनतालाई थाहा छ नेपालको नक्सा, सिमाना र भूगोल । तपाईंले त दुर्गम कर्णालीको डोल्पामा हात्ती नै हँुदैन अनि डोल्पामा हात्ती आएन भनेझै कथित नयाँ नक्सामा पो नक्कली राष्ट्रवादको आकृति प्रदर्शन गर्नुभयो । बहादुर पुर्खाहरू, वीर–वीराङ्गनाहरू र जनताले लडेर आर्जेको टिस्टा–कुमाउँ–अल्मोडा ४ मार्च, १८१६ को राष्ट्रघाती सुगौली सन्धिमा गुमेको भूगोल र सिमाना नसके पनि भारतीय साम्राज्यवादले अतिक्रमण गरेर हडपेको भूभाग फिर्ता गर्ने र राष्ट्रघाती सन्धिसम्झौताहरू खारेज गर्ने, नदीनाला नबेच्ने सङ्कल्प गर्नुहोस् । अनि जनताले तपाईंलाई राष्ट्रवादी मात्रै होइन, भीमसेन थापा, भक्ति थापा, बलभद्र कुँवर, उजिरसिंह थापालगायत वीर–वीराङ्गनाहरूको नामले पुरस्कृत गर्नेछन् । अन्य संसदीय दलालहरूले पनि अर्को चुनावमा भोट माग्ने नाराको रूपमा राष्ट्रियताका पक्षमा हामी सबै एकजुट भयौँ भनेर होहल्ला गरिरहेका छन् । काङ्ग्रेसी राष्ट्रियता त्रिपक्षीय दिल्ली सम्झौता, कोसी, गण्डक, टनकपुर राष्ट्रघाती सम्झौताहरू र एमसीसीसम्म र मातृकाप्रसाद कोइराला, बीपी, कृष्णप्रसाद, गिरिजा, देउवा, सुशीलजस्ता महामहिमहरूका राष्ट्रघाती हर्कतहरू आमजनतामा दिनको घाम जस्तै छर्लङ्गै छन् ।

अन्त्यमा

राष्ट्रघाती सन्धि, सम्झौता, सामाजिक अन्धराष्ट्रवाद, दलाल पुँजीवादी व्यवस्था र विश्वसाम्राज्यवाद नै राष्ट्रियताका बाधक तत्व हुन् । हाम्रो मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक, सुरक्षा, धार्मिक क्षेत्रमा दलालहरूको राज छ । तसर्थ एकीकृत जनक्रान्तिको महाअभियानद्वारा दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद स्थापना गरेर नै हाम्रो राष्ट्रियता बलियो हुने मात्र होइन, स्वाधीन, शान्त, समानता सम्पन्न र समृद्ध राष्ट्र निर्माण हुनेछ । राष्ट्रियताका लागि राष्ट्रिय आन्दोलन मात्र होइन, एकीकृत जनक्रान्ति नै अपरिहार्य छ । दलालतन्त्रको अन्त्यपछि हामीसँग हिमाल, पहाड र तराईको भूगोल मात्र पनि होइन, खानी, पानी, बनजङ्गल, जडीबुटी, तीन करोड जनता छ । हाम्रो मुक्ति, स्वाधीनता र समृद्धिलाई संसारको कुनै पनि शक्तिले रोक्न सक्नेछैन । आज विश्व कोरना महाव्याधिले मात्रै होइन, पुँजीवाद–साम्राज्यवाद० को लूट, आतङ्क, शोषण, उत्पीडनले आक्रान्त छ । नयाँ ढोका एवम् क्षितिज खुल्दैछ । नेपाल पनि हाम्रो पार्टीको विश्लेषणअनुसारको ठाउँमा पुग्दैछ । किम जोङ इलले भनेझैँ जनताको इच्छामा आकाशका तारा टिप्न र ढुङ्गामा फूल फुलाउन सकिन्छ । विजय अवश्यम्भाबी छ ।

२० असार, २०७७

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn