Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिममा सिन्धुपाल्चोक


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार २५, २०७७

प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिममा  सिन्धुपाल्चोक

सिजादर्पण l सिन्धुपाल्चोक ll जिल्ला प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिम बन्दै गएको छ । कहिले जुरे पहिरो, भोटेकोशी बाढी, भूकम्पबाट क्षति, हवाई दुर्घटना र सडक दुर्घटना सिन्धुपाल्चोकको चिनारी बन्दै गएको हो । विसं २०७१ पछि सिन्धुपाल्चोक जिल्लाले हालसम्म धेरै ठूला प्राकृतिक प्रकोप र दुर्घटनाको सामना गरिरहनु परेको छ । भूकम्प, बाढी, पहिरोजस्ता दुर्घटना मात्रै होइन, पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को सङ्क्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्तिमा सिन्धुपाल्चोककै रहेको छ ।अहिलेको ताजा घटनाको कुरा गर्नुपर्दा गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले गएराति सिन्धुपाल्चोकको बाह्रबिसेको जम्बुलगायतका ठाउँका दुई दर्जन बढी घर बगाएको छ । २० जना बेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बाह्रबिसे–५ जम्बु बजारका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् भने घर र टहरो गरी दर्जनौँ बढी बगाएको छ । बाढीले अरनिको राजमार्गअन्तर्गतको खुर्सानीबारी, खागदलस्थित पक्की पुल, जुरेलगायतका ठाउँको सडक पूर्णरुपमा कटान गरेको छ ।

खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ । त्यस्तै ठाडो खागदल खोलाले ग्यारेजसहित एकवटा स्कारपियो गाडी, पानी बोक्ने ट्याङ्कर र सडक विभागको पानी बोक्ने ट्रक र बस बगाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । माथि उल्लेख गरिएको घटना अहिलेको ताजा अवस्थाको घटना हो । यी यस्तै धेरै प्राकृतिक विपत्तिका घटना तथा ठूला–ठूला दुर्घटना सिन्धुपाल्चोकले वर्षौ अघिदेखि झेल्दै आएको छ ।

जुरे पहिरो

विसं २०७१ साउन १७ गते साविकको राम्चे गाविस–५ को इटिनी पहरो फुटेर गएको पहिरोले ३१ जना स्कूले बालबालीकासहित १४५ जनाले ज्यान गुमाउनु परेको थियो । नदी थुनिएपपछि घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मलगायत गरी १५३ घर पूर्णरूपमा ध्वस्त भएको थियो । भोटेकोशी नदी नै थुनिने गरी आएको कहालिलाग्दो पहिरो दुर्घटनामा परी धेरैको आवास गुम्यो, धेरै बेसहारा बने अझै पनि धेरै घाइतेको उपचार र राहत नपाउँदाको गुनासो सकिएको छैन । पहिरोले कतिको घरजग्गा गुम्दा गाउँबाटै पलाएन भए । जुरोको यो ठूलो प्राकृतिक विपत्तिले धेरैलाई बिर्सनै नसक्ने छाप छोडेर गयो ।

विसं २०७२ को भूकम्प
गोरखा, बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ साल वैशाख १२ गते शनिबार मध्याह्न गएको ७।६ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट देशमै सबैभन्दा ठूलो जनधनको क्षति सिन्धुपाल्चोक जिल्लामा भयो । दिउँसो ११ बजेर ५६ मिनेटमा आएको भूकम्पमा परी तीन हजार ५७१ जनाले ज्यान गुमाए ।
८० हजार निजी घर संरचना माटोमै मिले । सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवनहरु भग्नावशेषमा परिणत भए । नेपालकै सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोक अझै पनि पूर्णरुपमा तङ्ग्रिएको छैन ।

दुई ठूला हेलिकप्टर दुर्घटना
सिन्धुपाल्चोकमा दुई ठूला हेलिकप्टर दुर्घटना हुदाँ १२ जनाको ज्यान गएको थियो । जिल्लाको घोर्थली र यमुनाडाँडामा भएको दुर्घटनामा पाँच जना नेपालीसहित ६ जना अमेरिकी र एक जना डच नागरीकको मृत्यु भएको थियो । घटना विरण यस्तो छ, २०७२ सालको वैशाख १२ गते पछि २९ गते आएको पराकम्पबाट क्षति पुगेको दोलखा जिल्लामा मानवीय सहायताका लागिजाँदा अमेरिकी हेलिकप्टर दुर्घटनामा परेको थियो । नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकप्टर यूएच वानवाई ह्यु हराएको चौँथो दिन जेठ १ गते शुक्रबार सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो ।
शक्तिशाली पराकम्पनपछि ६ जना अमेरिकी र दुई जना नेपाली सेना लिएर मङ्गलबार दिउँसो त्रिभुवन विमानस्थलबाट दोलखाका लागि उडेको उक्त हेलिकप्टर सिन्धुपाल्चोकको सुनखानीमा पुगेपछि सम्पर्कविहीन भएको थियो । त्यस्तै २०७२ साल जेठ १९ गते भूकम्पपीडितका लागि काठमाडौँबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको साविक यमुनाडाँडा–८ शिला पर्वतको जङ्गलमा दुर्घटना भएको थियो । सो दुर्घटनामा क्याप्टेन सुवेक श्रेष्ठसहित चार यात्रुको ज्यान गएको थियो । हेलिकप्टरमा तीन नेपाली र एक डच नागरिक थिए ।

तीन महिनामा तीन ठूला सडक दुर्घटना घटना नं १ स् सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० गत असोज २४ गते बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । इन्द्रावती गाउँपालिकाको भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । एक सय २० भन्दाबढी यात्रुले भरिएको बस झिल्के मोडको आरोलो बाटोमा टायर पञ्चर भएपछि दुर्घटना भएको थियो ।

घटना नं २ स् गत साल कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गर्दा सुकुटे नजिक दुर्घटना भएको थियो । चालकको लापरवाहीका कारण बस दुर्घना भएको भन्दै प्रहरीले प्रतिवेदन निकालेको थियो । घटना नं ३ स् दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा १५ जनाको ज्यान गएको थियो । दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तीर्थयात्रीहरु चढेको बस गत साल मङ्सिर २९ गते ६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
“विगत पाँच वर्षदेखि लगातार यस क्षेत्रमा प्राकृतिक विपत्तिका ठूला घटनाहरु भइरहेका छन्”, बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले भने, “वर्षैपिच्छे हुने घटनाले स्थानीय त्रसित हुने गरेका छन् ।”लगातारको प्राकृतिक विपत्तिबाट हैरानी व्यहोर्दै आएका भोटेकोशी गाउँपालिकाबासीको यतिबेला फेरि सङ्घीय राजधानीसँगको सडक सम्बन्ध टुटेको छ । वर्षा लाग्नसाथ यस क्षेत्रका बासिन्दा सधैं त्रासमा बस्नुपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn