Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चेपाङ बस्ती जलाउने कम्युनिस्ट सरकारमाथि उसकै भूमि आयोगको प्रश्न गरेपछि


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, साउन ६, २०७७

चेपाङ बस्ती जलाउने कम्युनिस्ट सरकारमाथि उसकै भूमि आयोगको प्रश्न गरेपछि

सिजादर्पण श्रावण ६  चितवन । मध्य बर्खामा झमझम पानी परिहेको छ । तर, यहीबेला चितवनको माडीस्थित कुमुसखोलामा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले चेपाङ समुदायका १० घरमा आगो र हात्ती लगाएका छन् ।

झमझम पानी परिरहेका बेला गरीब सुकुम्बासीहरुलाई कम्युनिस्ट सरकारले छानोविहीन बनाइदिएको छ ।गत शनिबार निकुञ्जले माडी नगरपालिका-९ कुसुमखोलामा हात्तीसहितको टोली पठाएर सुकुम्बासीको घर भत्काएको हो । यसक्रममा दुईवटा घरमा आगो लगाइयो भने ८ वटा घर हात्ती लगाएर भत्काइयो ।

निकुञ्जका कर्मचारीले कुसुमखोलाका दानबहादुर चेपाङ र उनका फुपाजु पर्ने दीपबहादुर चेपाङको घरमा आगो लगाएका हुन् ।

त्यस ठाउँमा १० वटा घरहरु थिए । त्यहाँ अधिकांश सीमान्तकृत चेपाङ समुदायको व्यक्तिहरु छाप्रा बनाएर बसोबास गर्दै आइरहेका छन् ।

शनिबार सातवटा हात्तीसहित निकुञ्जबाट पुगेका झण्डै २०/२२ जना कर्मचारीहरुले यस्तो ममानवीय काम गरेका थिए । कतिपयलाई घरभित्रबाट सामान निकाल्न दिइयो भने कतिपयका सामान घरभित्रै नै जले ।

सुकुम्बासी आयोग भन्छ- आगो लगाउनेलाई कारवाही गर

यसैवीच कुसुमखोलाको सुकुम्बासी बस्तीमा आगो लगाएकोमा सरकारबाट गठित देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी आयोगले आपत्ति जनाएको छ ।

आयोगद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा आगो लगाउनेहरुमाथि कारवाही गर्न माग गरिएको छ । सरकारले सुकुम्बासीका समस्या समाधान गर्नका लागि आयोग बनाएका बेला सीमान्तीकृत समुदायको घर जलाउनु र उठीबास लगाउनु अक्षम्य भएको आयोगले बताएको छ ।

कहिले सरकारले दुःख दिन्छ, कहिले जंगली हात्तीले

कुसुमखोलामा कुनै समय दुई सय घर थिए । यहाँ चेपाङ, तमाङ र भुजेलहरुको बस्ती छ । यीमध्ये अधिकांश चेपाङहरु छन् । भूमिहीन चेपाङहरु मध्यवर्ती क्षेत्रको जंगल क्षेत्र मानिने यस ठाउँमा बस्दै आएका थिए । गोरखा, मकवानपुर, धादिङ लगायतका क्षेत्रबाट २०५२ सालदेखि यहाँ चेपाङहरु आएर बसेका हुने ।

नगरपालिकाको योजनाअनुरूप यहाँबाट उनीहरुको बस्ती अन्यत्र सार्ने काम भैरहेको थियो । यहीबेला निकुञ्जले उनीहरुमाथि बल प्रयोग गरेको हो ।

माडी वडा नं. ९ का वडाध्यक्ष शिवहरी सुवेदीले यहाँबाट लगभग बस्ती हटिसकेको बताए । ‘केही घरमात्रै बाँकी थिए, अध्यक्ष सुवेदीले भने, ‘हटिसकेको बस्ती हामीले हटायौं भनेर तक्मा लगाउन निकुञ्जले आगो र हात्ती लगायो ।’

यहाँका सुकुम्वासीहरुलाई नगरपालिकाले वडा नम्बर ९ कै राईडाँडामा  र वडा नं. ७ को परुईमा सार्ने प्रयास गरिरहेको छ । केही घर बनेका छन् भने केही घरहरु बन्ने क्रममा छन् । तर परुईमा त्यहीँका स्थानीयले बिरोध गरे पछि काम रोकिएको छ भने राईडाँडामा निकुञ्जले बन क्षेत्रमा बस्ती बसाउन लागेको भन्दै रोकेको छ । जसले गर्दा अहिले नगरपालिकाको योजना अलपत्र परेको छ ।

यसअघि कुसुमखोलामा झण्डै दुई सय घरधुरी थिए । त्यहाँका रहेका मध्ये ४० घरधुरी २०७४ सालमा नै प्याउलीमा सारिएका थिए । बाँकीलाई वडा नम्बर ९ कै राईडाँडामा र केहीलाई वडा नं. ७ को परुईमा राख्ने तयारी अनुरुप  सांसद विकास कोष र नगरपालिकाको बजेटबाट घरहरु बनाउने काम चलिरहेको थियो ।

राईगाउँमा ४० घर तयार गरेर २८ घरमा छानासमेत हालिएको थियो भने १२ घरमा टिन लगाउँदै गर्दा निकुञ्जले वन क्षेत्र मासेको भन्दै तत्कालै काम रोक्न निर्देशन दियो ।

बाँकी ५२ घरधुरीलाई वडा नम्बर सातको परुई खोलाको तटबन्ध गरेर राख्ने तयारी थियो । १५ धुरदेखि १ कठ्ठासम्म जग्गा दिएर झण्डै अढाई तीन लाख रुपैयाँ खर्च गरेर घर बनाउने काम भैरहेको थियो । तर, परुई खोलामा घर बनाउन त्यहाँका स्थानीयले विरोध गरे । झपडको समेत अवस्था आयो । अहिले त्यहाँ काम रोकिएको छ ।

राईगाउँ र परुईमा सोचे अनुसारको नभएपछि केही सुकुम्वासीहरु कुसुमखोलामा नै फर्किन थालेका थिए । यो थाहा पाएपछि निकुञ्जले उनीहरुलाई पुनः फर्किन नदिने योजनाअनुरुप आगो लगाउने र घर भत्काउने गरेको हुन सक्ने वडाध्यक्ष सुवेदी बताउँछन् ।

यसअघि २०५८ सालमा पनि बाँदरझुला र कुसुमखोला बस्तीमा निकुञ्जका कर्मचारीले यसैगरी हात्ती लगाएर घर भत्काउने र आगो लगाउने काम गरेका तिए । सोही बाँदरझुलामा अहिले करीव ५ सय सुकुम्वासीको बस्ती छ । माडीको भोट बैंकका रुपमा यसलाई लिइन्छ । यहाँको वस्तीलाई लिएर निकै दाउपेच पनि चल्छ । बाँदरझुलामा नगरपालिकाले नै विभिन्न संरचना बनाउन थालिसकेको छ ।

यहाँ निकुञ्जका कर्मचारीले मात्र होइन, जंगली हात्तीले समेत घर भत्काउने, मान्छे मार्ने काम गर्दै आएको छ । गएको हिउँदमा पनि यहाँ हात्तीले घर भत्काएको थियो ।

चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने माडी नगरपालिका क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल गत असार २७ गते चितवन आउँदा माडीसमेत पुगे । माडी नगरप्रमुख ठाकुर ढकालले सुकुम्वासीको बस्ती सार्न निकुञ्जले अवरोध गरेको दुखासो सुनाए । दाहालले निकुञ्जसँग समन्वय गरेर सहजीकरण गर्ने आश्वासन दिए । तर, त्यसको १५ दिन पनि नपुग्दै सुकुम्वासीका घर भत्काउने र आगो लगाउने काम भयो ।

माडी-९ का वडाध्यक्ष शिवहरि सुवेदी जनता र निकुञ्जको बीचमा द्वन्द्व नहोस् भनेर नगरपालिकाले सुकुम्वासी बस्ती स्थानान्तरण गर्ने योजना बनाएको बताउँछन् । उनका अनुसार बाँदरझुलामा कुसुमखोलाको भन्दा धेरै घरधुरी छन् । चुनावताका प्रचण्डले प्रतिपरिवार कम्तिमा पाँच कठ्ठा जग्गाको व्यवस्था गरेर मात्रै जनताको वस्ती सार्ने प्रतिवद्धता गरेका थिए । कुसुमखोलाका बासिन्दालाई नगरपालिकाले सुरक्षित घरको प्रबन्धसहित बस्ती स्थानान्तरण गर्ने योजना बनाएको वडाध्यक्ष सुवेदीले बताए ।

यसैवीच, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले घर जलाएको नभई मकै कुर्न बनाइएका छाप्रामा आगो लगाइएको बताए । रुपाखेतीले भने ‘यहाँका अधिकांश सुकुम्वासी अन्यत्र सिफ्ट भैसकेका छन्, केही मान्छेहरु यता पनि जग्गा कब्जा गर्न फेरि आएको सूचना आएपछि निकुञ्जले सांकेतिकरुपमा डिसमेन्टल गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn