Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पत्रकार रोकायको निधनले दुःखी वनायो कर्णाली लाइ, अब कस्ले लेख्छ हुम्लीका दु:ख


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, साउन ३०, २०७७

पत्रकार रोकायको निधनले दुःखी वनायो कर्णाली लाइ, अब कस्ले लेख्छ हुम्लीका दु:ख

केवि गाउँले

,सिजादर्पण हुम्ला ।कर्णालीका एक नक्षेत्र थिय पत्रकार जय वहादुर रोकाय उनको निधनले सम्पुर्ण कर्णाली लाइ दुःखी वनायको छ । हुम्ली जनतको सधै लुकेको आवाज वोलने आवाज थिय रोकाय । खाद्य संस्थानको सिमकोट गोदामबाहिर पाँच केजी चामलका लागि सयौंको लाइन लागेको थियो । भित्रबाट खबर आयो, चामल सकियो । च्याँठिएको स्वरमा कर्मचारीले भने, ‘चामल सकियो । यहाँ भिड गरेर के काम १ बरु पत्रकारलाई भन्न जानुस्, कोटा बढ्ला ।’

एकैछिनमा पत्रकार जयबहादुर रोकायलाई भिडले घेर्‍यो । उनीहरुले खडेरी र खाद्य संकटको डरलाग्दो स्थिति सुनाइरहेका थिए । रोकायले एक(एक कुरा डायरीमा उतारे । संस्थानका हाकिमसँग सोधपुछ गरे र हतारिँदै समाचार लेख्न हिँडे ।१७ साउन साँझ पत्रकार रोकायको निधन भएको खबर सुन्दा मैले २०६२ जेठको त्यही दृश्य सम्झिएँ ।

पहिलोपल्ट सिमकोट ओर्लिँदा मलाई लिन उनी एअरपोर्ट आएका थिए । तल खाद्य संस्थानको गोदाममा लागेको मान्छेका लाइन उनले एअरपोर्टबाटै देखाए । मेरा लागि त्यो नौलो दृश्य थियो ।उनले भनेका थिए, ‘हुम्लाको मुख्य कथा(ब्यथा यही हो ।’सातामा एक वा दुई दिन प्रतिपरिवार पाँच किलो चामल बाँडिन्थ्यो । दुई(तीन दिन टाढाका गाउँबाट हिँडेर आएका मानिसहरु दिनभर लाइनमा बस्थे । सांसद, सीडीओ, डिएसपी र एलडीओको पावर चामलको कुपन सिफारिसमा काम लाग्थ्यो ।

लामो खडेरीले रैथाने बाली बारीमै डढेका थिए । माओवादीको डरले सदरमुकाम बाहिर खाद्य डिपो हटाइएका थिए । खाद्य संकट बढेर भोकमरीको स्थिति थियो ।सिंहदरबारमा आवाज उठाउन संसद भंग थियो । माओवादीका फौजी कारबाही र राजाको शाही शासनले जनता दबिएका थिए ।स्थानीय निकाय जनप्रतिनिधिविहीन थिए । यस्तोमा हुम्लाको भोकमरी काठमाडौंलाई थाहा दिने काम उनै रोकायाले गरेका थिए ।समाचार छापिए । फलो(अप भयो । सिंहदरबारले सायद सुन्यो । त्यस वर्षका लागि हुम्लाको खाद्य कोटा थपियो । र, चामल सिमकोट ओर्लियो ।फ्याक्स र कुरियरबाट समाचार पठाउने युग भर्खर सकिँदै थियो । काठमाडौं, नेपालगन्ज र सुर्खेतका धेरै पत्रकारले कम्प्युटरको कि(बोर्ड नछुँदै रोकाय ल्यापटप बोकेर समाचारको पछि कुद्न थालिसकेका थिए ।

समाचारप्रति उनको लगावको प्रशंसा गर्दै कान्तिपुर दैनिकको वाषिर्कोत्सव ९२०६४०मा तत्कालीन सम्पादक नारायण वाग्लेले भनेका थिए, ‘हाम्रा रिपोर्टरहरुमा जयबहादुर रोकाय बेगल छन् । उनी हुम्लाबाट काठमाडौं आउँदा एअरपोर्टबाट सिधैं अफिस आउँछन् र कम्प्युटर खोल्छन् । समाचार लेखिसकेपछि मात्र हाई(हेलो गर्छन् ।’काठमाडौंबाट हेर्दा रोकाय एक औसत रिपोर्टर लाग्छन् ।

उनका बाइलाइनमा नीतिगत उथलपुथलका ठूला ‘खोज’ रिपोर्ट नहोलान् । स्थानीयस्तरमा भने खाद्य कोटा बढाउने पत्रकार थिए उनी । गाउँमा औषधि सकिएको, स्वास्थ्यकर्मी नभएको खबर ‘ठाउँ’मा पुर्‍याउने दूत थिए । हिमपात, हिमाली दुःख, बहुपति प्रथा र खडेरीदेखि झाडापखलाको उपचार नपाएर मृत्यु हुनेका कथा देशलाई सुनाउने पत्रकार थिए रोकाय ।प्रहरीले जाडोमा लगाउन देशभर एकैखाले पोशाक पाउँथे । वर्षभरी हिउमा पुरिने तिब्बती सीमा चौकीहरुमा खटिने प्रहरीका लागि ती पोशाक कामै लाग्दैनथे ।

रोकायले त्यसबारे निरन्तर समाचार लेखेपछि हिमाली भेगमा खटिने प्रहरीका लागि बेग्लै पोशाक व्यवस्था भयो ।जयबहादुर भन्थे, ‘एउटा कुरा सिमकोटमा काइदा छ । पत्रिका आउँदैन, छापियो भन्ने बिहानै थाहा पाइन्छ ।’काठमाडौंमा एक कोलमकै समाचार छापिए पनि सरोकारवाला अड्डालाई बिहानै फोन जाँदो रहेछ । तिनले उनीसँग गुनासो गरिहाल्दा रहेछन् ।२०६६ पछि कान्तिपुरले बेग्लै क्षेत्रीय पेज छाप्न थाल्यो । हुम्लाका समाचार नेपालगन्ज संस्करणको मध्यरसुदूर पृष्ठमा छापिँदा उनी टिप्पणी गरिरहन्थे, ‘यतैको समाचार, यतै छापिएर, यतै पढेर के फाइदा रु काठमाडौंले थाह नपाउँदासम्म समाचारको अर्थ भएन ।’

पाँचहजार मिटरको नारा लेकपार गरेपछि आउँछ( जाङ, हल्जी र तिल गाउँ । त्यही हो, सुन्दर हिमाली उपत्यका लिमी । त्यहाँबाट पाँच दिन हिडेपछि बल्ल सिमकोट आइपुगिन्छ । लिमी वर्षको झण्डै ६ महिना हिमाच्छादित रहन्छ । बाहिर भएका बाहिरै, भित्रका भित्रै ।

मंसिर अन्तिम साता हुम्लाका गाउँगाउँबाट मानिसहरु जिल्ला सदरमुकाम सिमकोटतिर लाग्न थाल्छन् । सिमकोटबाट छुटेको ‘क्याराभान’ नेपालगञ्ज, भारतको हिमान्चल र काठमाडौं तिर छरिन्छ, व्यापार र विविध खाले रोजगारीको लागि ।

सिमकोटबाट गाडी चढेर तिब्बत जाने रहर थियो, रोकायको । उमेरले कर्णालीको औसत आयु नाघेपछि सधै भन्थे, ‘नाफाको जिन्दगीमा एकपटक गाडी चढेर तिब्बत पुग्ने रहर हो । नपाइएला जस्तो छ,’ यो रहर पूरा नहुँदै गत साता उनी अस्ताए
उनीहरु जेठमा घर फर्किएपछि एउटा वार्षिक चक्र पूरा हुन्छ । यस्तो विशिष्ट हिमाली जनजीवनको दैनन्दिन अखबारको पानामा उतार्ने पत्रकार रोकाय हुन् ।

हुम्लाका माथिल्ला बस्तीमा अझै पनि बहुपति प्रथा कायमै छ । त्यो हिमाली परम्पराबारे रोकायका थुप्रै स्थलगत रिपोर्ट प्रकाशित छन् । बहुपति अपनाउनेले पनि बाहिरी दुनियाँको लाजका कारण लुकाउँथे । तिनका समाचार आउन थालेपछि स्थानी केही ‘बडा’हरु रिसाए । उनीहरुले रोकायलाई धम्क्याए पनि । तर, हिमाली लामा समुदायका लागि उनी असल मित्र थिए । तिनकै सहयोगमा रोकायले हिमाली संस्कृतिबारे डकुमेन्ट्रीसमेत बनाए ।

‘हामीले हुम्लामा पत्रकार भनेर चिनेकै उनलाई हो । माथिल्लो भेगको लामा संस्कृति सिमकोटलाई पनि थाह थिएन । उनैले मिडियामा ल्याए,’ सिमकोट गाउँपालिका अध्यक्ष पद्मबहादुर लामा स्मरण गर्छन् ।बै‌ंकमा जागिरे रहेका रोकाय पन्चायती शासनविरुद्ध पर्चा छरेपछि जेल परे । नौ महिना थुनिएर डोल्पा कारागारबाट निस्कदा उनको जागिर गइसकेको थियो ।

व्यापार गर्न सिमकोटमा घर थियो । फलफूल खेती गर्न लोभलाग्दो स्याउ बगैचा थियो । तर, उनले पत्रकारितालाई मूल पेसा बनाए । करिब २५ वर्ष कान्तिपुर दैनिकका हुम्ला संवाददाता रहे । साहुजी मोटाउने र श्रमजीवि दुब्लाउने हाम्रो व्यवसायिक पत्रकारितामा अरु पत्रकारझैं रोकायले पनि आर्थिक संकट झेले ।

चार वर्षअघि जण्डिस र निमोनिया बिग्रेर उनी थलिए । तङ्ग्रिन नपाउँदै जेठी श्रीमतीलाई प्यारालाइसिस भयो । उनलाई थाइल्याण्ड लगेर उपचार गराएर फर्किएपछि रोकाय पारिवारिक झमेलामा परे । बहुपति प्रथा रहेको जिल्लाका उनी आफूचाँहि बहुपत्नीवाला थिए । त्यही एउटा गल्तीले जीवनको उत्तरार्धमा ठूलो पारिवारिक तनाब झेल्नुपर्‍यो ।

रोकायले धेरै फ्लोअप गरेको समाचार हो, हिल्सा(सिमकोट सडक । विश्व खाद्य कार्यक्रमको ‘कामका लागि खाद्यान्न परियोजना’बाट थालिएको त्यो सडक दुई दशकमा पूरा भएको छैन ।‘त्यति खर्चले त चामलकै बाटो बनाए पनि सिमकोट जोडिन्थ्यो होला’, दिक्क मान्दै रोकाय भन्थे ।

सिमकोटबाट गाडी चढेर तिब्बत जाने रहर थियो, रोकायको । उमेरले कर्णालीको औसत आयु नाघेपछि सधै भन्थे, ‘नाफाको जिन्दगीमा एकपटक गाडी चढेर तिब्बत पुग्ने रहर हो । नपाइएला जस्तो छ,’ यो रहर पूरा नहुँदै गत साता उनी अस्ताए ।सिमकोटबाट नेपालगञ्ज ओर्लिँदा उनको झोलामा दुई थरी कोसेली मग्मगाएका हुन्थे(गोल्डन स्याउ र रिपोर्टिङ डायरी । कुर्सीमा बस्दा नबस्दै उनी भन्थे, ‘एउटा काइदाको समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn