सिजादर्पण ११ भाद्र काठमाण्डौ । भारतिय वलिउड नायिका अनुष्का शर्मायतिवेला वच्चाकी आमा वन्दैछन उनि क्रिकेटर विराट कोहलीक पत्नि हुन । कोहलीले आउँदो बर्ष आफूहरु तिन जना हुने बताएका छन् । अनुष्का र विराटले तस्वीर शेयर गर्दै आउँदो बर्ष आफूहरु माता–पिता बन्न लागेको खुलाएका हुन् । ट्विटर मार्फत उनीहरुले सन्तानको प्रतिक्षामा रहेको बताएका छन् ।
यस अघि नायिका करिना कपुरले आफू आमा बन्न लागेको खुलाएकी थिइन् ।क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माले सन् २०१८ को डिसेम्बर ११ तारिखमा बिहे गरेका थिए । बिहे भएको करिब २ बर्षपछि उनीहरु आमा–बुबा बन्न लागेका हुन् । अनुष्का र विराट केही बर्ष प्रेम सम्बन्धमा रहेका थिए । यसपछि उनीहरुले भव्य रुपमा २ बर्ष अगाडि बिहे गरेका थिए । अनुष्का चलचित्रको काममा व्यस्त थिइन् भने विराट क्रिकेट खेल्नमा व्यस्त थिए ।
