Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

शैक्षिक संस्थाको अनुशासनले मात्र राम्रो वा नराम्रोको मापन हुने नेता :बिजुक्छेँ


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, अशोज ११, २०७७

शैक्षिक संस्थाको अनुशासनले मात्र राम्रो वा नराम्रोको मापन  हुने नेता :बिजुक्छेँ

सिजादर्पण काठमाण्डौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं बरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने आवश्यकता औल्याएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको मार्गनिर्देशन कार्यक्रमलाई जूम अनलाइन मार्फत सम्बोधन गर्दै उनले शिक्षक तथा कर्मचारीहरू सस्कारयुक्त हुनुपर्ने आश्यकता औल्याएका हुन् ।

“कम शुल्कमा पढाउदैमा र संस्था पुरानो हुँदैमा राम्रो नहुने भन्दै नेता बिजुक्छेँले शैक्षिक संस्थाको अनुशासनले मात्र राम्रो वा नराम्रोको मापन हुने जिकिर गरे । शिक्षक, कर्मचारी र विद्यार्थीको व्यवहार हेरेरै शैक्षिक संस्थाको मूल्यांकन गर्न सकिने उनको भनाइ छ । अध्यक्ष बिजुक्छेले भक्तपुर नगरपालिकाद्वारा संचालित शैक्षिक संस्थालाई देशविदेशले नियालिरहेकोले यहाँका शिक्षक कर्मचारी आदर्श पात्र बन्न सक्नुपर्ने बताए । त्यसैगरी उनले थप शैक्षिक र प्रशासनिक प्रगतीको लागि विद्यालय व्यस्थापनले अझ मेहनत गर्नुपर्ने सुझाव दिए ।

प्राज्ञिक क्षेत्रलाई बजारजस्तो बनाउन नहुने धारणा राख्दै अध्यक्ष बिजुक्छेले भने “बजारमा बिक्ने जनशक्ति तयार गर्नेभन्दा निःस्वार्थरूपले देश र जनताप्रति समर्पित नागरिक तयार गर्नेतर्फ शैक्षिक संस्था र शिक्षकहरूले ध्यान दिनु आवश्यक छ । विद्यार्थीको बानी–व्यहोरा र विद्यार्थीमा नागरिक भावनाको विकास गराउन शिक्षक कर्मचारीहरूले मेहनत गर्नैपर्छ ।” बजारमा बिक्ने होइन, देशमा टिक्ने र राष्ट्र सेवामा समर्पित हुने जनशक्ति निर्माणमा उनले जोड दिएका थिए ।

बहुसङ्ख्यक जनतामा राजनैतिक संस्कार विकास नभएसम्म आमूल परिवर्तन सम्भव नहुने र आदर्श समाज निर्माणको लागि एक ऐतिहासिक युग लाग्नसक्नेतर्फ सचेत गराउदै अध्यक्ष बिजुक्छेले समाज परिवर्तनमा लाग्नेहरू विचलित नभई इतिहासबाट पाठ सिकी निरन्तर अगाडि बढ्नुपर्ने बताए ।

इतिहास, भूगोल र राजनीतिशास्त्र जस्तो देशको सार्वभौमिकता र भूअखण्डतासंग सम्बन्धित विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरू कम हुदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले ती विषयहरूमा छात्रवृत्ति दिएर भएपनि विद्यार्थीलाई आकर्षित गर्नुपर्ने सुझाव दिए ।

विश्वविद्यालय, सीटीईभीटीका प्रमुख व्यक्ति र राज्यका प्रमुख प्रशासकहरूमा अझ पनि जातिविरोधी दृष्टिकोण रहेको र त्यस्ता जातिवादी व्यक्तिहरू रहेसम्म विश्वविद्यालयकोे शैक्षिक स्तर नसुध्रिने उनले स्पष्ट पारे ।

भक्तपुर नगरपालिकाले शिक्षामा राम्रो गरिरहेको प्रति उनले प्रशंसा गरे । नगर राज्यहरूले विश्वविद्यालय स्थापना गरेको इतिहास रहेको उदाहरण दिदै अध्यक्ष बिजुक्छेले विश्वविद्यालय सञ्चालन गर्न सक्षम भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्वीकृति दिनुपर्नेमा आलटाल भैराखेको भन्दै नगरपालिकालाई निरन्तर यसका लागि लागिरहन प्रोत्साहित समेत गरेका थिए ।

उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख एवम् विद्यालयरकलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कोभिड–१९ को प्रतिकूलताबीच भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालयरकलेजहरूमा नियमित पठन–पाठन हुनु सकारात्मक पक्ष रहेको बताए ।

शिक्षक–कर्मचारीहरूको मेहनत र व्यवस्थापनको सफल नेतृत्वका कारण नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूको गुणस्तर राम्रो भएको भन्दै उनले विद्यालय र विद्यार्थीको मात्र नभई समाज र राष्ट्रकै भविष्य शिक्षकहरूको हातमा रहने हुदा उनीहरूले अझ मेहनत गर्नुपर्ने स्पष्ट पारे ।

त्यसैगरी विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठले नयाँ शैक्षिक सत्रको कार्यक्रमबारे जानकारी दिदै संस्था सफल बनाउन सामूहिक भावनाको विकासमा जोड दिएका थिए भने विद्यालयका उपप्राचार्यद्वय लक्ष्मीप्रसाद कर्माचार्य र विष्णुप्रसाद किसीले विद्यालयको अवस्थाबारे अवगत गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn