सिजादर्पण, काठमाडौँ । अविरल वर्षापछि मेलम्चीमा भीषण बाढी आएको छ।मेलम्चीमा आएको बाढीले त्यस आसपासका क्षेत्रमा क्षति पुर्याएका खबरहरु आए पनि क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन।सिन्धुपाल्चोक प्रहरीका अनुसार बाढीका कारण बस्तीमा क्षति पुर्याएको छ। रातिको समय र पानी परिरहेकाले सबै विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ।
मेलम्चीको बाढीले हेलम्बु गाउँपालिकाको किउला क्षेत्रमा क्षति पुर्याएको प्रहरीले बताएको छ।बाढीले मानिसहरु बगाएको खबर आए पनि त्यसको पुष्टि हुन सकेको छैन। हेलम्बुको किउल, ग्याल्थुम, तालामाराङ क्षेत्रका स्थानीय घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन्।मेलम्ची खानेपानी आयोजना क्षेत्रको क्याम्पमा पनि बाढीले क्षति पुर्याएको छ। बाढी आएपछि हेलम्बु, मेलम्ची वरपरका स्थानीयको भागाभाग भएको थियो।
