अमेरिकामा बसेर नेपाली सँगीतलाई माया गर्ने चेली हुन्, सम्झना पाण्डे । सानै उमेरदेखि रेडियो नेपालका बिभिन्न बिज्ञापनहरुमा आवाज दिदै हुर्केकी सम्झना बिचमा पढाईका लागि अमेरिका पुगिन् । उतै घरजम गरेपछि आफ्नो सानै उमेरदेखिको गाउने चाहना पुरा नहुने हो कि भन्ने उनलाई लागिरह्यो । अमेरिकामा बिभिन्न बिरामीहरुको हेरचाह गर्दै परिवारसँग रमाउँदै फुर्सदमा गीत गुनगुनाउने सम्झना बिचमा द भ्वाईस अफ नेपाल सिजन २ का लागि नेपाल आईन् ।
भ्वाईसबाट उनको राम्रै चर्चा भयो । व्याटल राउण्डबाट बाहिर्रिएपछि उनलाई केहि गीतहरु गाउने प्रस्ताव आए । सम्झनाले मैले जति माया, जुहारी लगायतका ७ वटा गीतहरु गाईसकेकी छिन् । अमेरिकामा डाक्टर पेशाा गरेर बनाएको रकमलाई उनी नेपाली गीत सँगीतमा खर्च गर्दछिन् । यसैबिच उनी नेपाल आउँदा ३ वटा गतिहरुको भिडियोमा आफैले अभिनय गरिन् । जसमध्ये नाचौं नाचौं बोलको उनको गीतको भिडियो उनकै युट्युब च्यानलबाट आइृसकेको छ ।
