सिँजादर्पण काठमाण्डौ ।। बाराका सुदीप कुमार कर्णले बीबीएस प्रथम वर्षको परीक्षा दिएको नौ महिना बितिसक्यो।पच्चीस वर्षका उनले बीबीएस चौथो वर्ष अर्थात् स्नातक तहको अन्तिम परीक्षा पनि उत्तीर्ण गरिसकेका छन्।तर प्रथम वर्षको परीक्षाफल त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म सार्वजनिक गरेको छैन। परीक्षाफल समयमा नआउँदा आफूले उच्च अध्ययन र जागिरका अनेकौँ अवसर गुमाएको उनको गुनासो छ।
पटकपटक ताकेता गर्दा पनि नतिजा सार्वजनिक कहिले हुन्छ भन्ने कुराको स्पष्ट उत्तर पाउन नसक्दा उनी दिक्क भएका छन्।विद्यालय खुल्ने हप्तामा पाँच दिन १०(४ बजेसम्म, हिउँदे र वर्षे बिदाबाट एक महिना कटौती बालिकालाई विद्यालयमा बन्देज गरेपछि अफगानिस्तानमा ७२ अर्बका परियोजना रोक परीक्षाफल कहिले आउला त्यसको ठेगान छैन।
शिक्षकका रूपमा काम गर्नका लागि आवश्यक अनुमति पत्रका लागि फारम भर्ने अवसर गुम्यो। अध्ययनका लागि विदेश जाने पनि सोचिरहेको थिएँ, त्यो अवसर पनि छुट्यो। अब त्यो प्रमाणपत्र लिएर मैले के गर्ने ? उनको प्रश्न छ।तैपनि उनी त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय जान छोडेका छैनन्।केही दिनअघि दिक्क लागेर त्यहाँ ९परीक्षा नियन्त्रण कार्यालय० गएको थिएँ, के छ भनेर सोध्नलाई। तर कर्मचारी नै थिएनन् उनले थपे।
यस्तो समस्या खेपिरहेका कर्ण एक जना मात्रै होइनन्।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष साउन महिनाको छेकोमा परीक्षा लिइएका स्नातक तहका सबै सङ्कायको परीक्षाफल अहिलेसम्म प्रकाशन हुन सकेको छैन।यसबाट देशभरि झन्डै २,४०,००० विद्यार्थी अझै परीक्षाफलको प्रतीक्षामा छन्। सरोकार वाला निकाय कारु भने यस प्रति चासो नलिको विद्यार्थीको आरोप छ ।
