सिँजादर्पण काठमाडौं । संसारको सवैभन्दा अग्लो स्थानमा मार्सि धानफल्ने ठाउँ पातारासि भन्न्े स्थानमा सुटभयको फिल्महो प्रकास । प्रदीप खड्का द्धारा अभिनित फिल्म ‘प्रकाश’ आउदो भदौ १० गते प्रदर्शन हुने तयारीमा छ । यसैसाता रिलिज गरिएको फिल्मको टिजरले सकारात्मक प्रतिक्रिया पनि प्राप्त गरेको छ ।आइतबार फिल्मको आधिकारिक पोस्टर लञ्च गरिएको छ । जसमा प्रदीपको कर्णाली लुक्स चित्रण छ ।पोस्टर सार्वजनिक गर्दै अभिनेता खड्काले यो फिल्ममा काम गर्दा आफूले कला र कलाकारितालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताएका छन् ।
प्रदीपको यस्तो स्वीकारोक्ति यस्तो समयमा आएको छ, जतिबेला उनी अभिनित अर्को फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनको तयारीमा छ ।उनी लेख्छन्, ‘यो चलचित्रमा काम गर्ने क्रममा कला र कलाकारिताप्रति हेर्ने मेरो दृष्टिकोणमा नै परिवर्तन आएको छ । एउटा पात्रमार्फत सम्पूर्ण कथा नै जीवन्त हुन सक्छ भन्ने मान्यतालाई आत्मसात गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनाहरु समेतलाई बुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि चलचित्र कार्यशालामा कैयौं दिन बिताएको छु ।’
उनी अगाडि लेख्छन्, ‘सोही क्रममा एउटा कलाकारले पात्र र कलाकारितालाई कसरी लिनुपर्दछ भन्ने मेरो सोचमा नै नयाँ आयाम थपिएको मैले महसुस गरेको छु ।’प्रदीपको अभिनयलाई समीक्षकले आलोचना गर्दै आइरहेका थिए । प्रकाशमा उनले सरकारी शिक्षक बन्न संघर्ष गर्ने एक विपन्न युवकको भूमिका निर्वाह गरेका छन् ।दिनेश राउत निर्देशित ‘प्रकाश’मा दीया मास्केको पनि मुख्य भूमिका छ । प्रकाश फिल्मको स्थानिय खसभाषामा माओवादीको भुमिकामा अभिनय गरेका चर्चित युवा पपत्रकार केविगाउँले पनि देखिने भयका छन उनी खसभाषामा कथाले मागेको विषय वस्तुमा प्रस्तुती गरेका देखिने छन ।
