Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ढोरपाटनका मेयर तलब सुविधा लिदैनन स्थानिय हरुको १३ सय घरको छाना आफ्नै पैसाले फेरिदिए


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार २१, २०७९

ढोरपाटनका मेयर तलब सुविधा लिदैनन स्थानिय हरुको १३ सय घरको छाना आफ्नै पैसाले फेरिदिए
 बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली । दोस्रो कार्यकालका लागि जनताको भारी साथ पाएका नेपालीले विगतमा जस्तै तलब/भत्ता र गाडी/घोडा नलिने घोषणा गरेका छन् । बरु आफ्नै लगानीमा जनताका पीरमर्का हल हुनेगरी काम गर्ने उनको योजना छ । उनै नगरप्रमुख नेपालीसँग  लागि सन्तोष विके थापाले गरेको कुराकानी:

विगतको कार्यकालमा पनि तलब/भत्ता लिनु भएन । गाडी घोडा चढ्नु भएन । दोस्रो कार्यकाल निर्वाचित भएपछि पनि त्यही घोषणा गर्नुभएको छ । किन ?

२०७४ सालको निर्वाचनमा पहिलोपटक निर्वाचित भएपछि मैले घोषणा नै गरेको थिएँ कि, कुनै सुविधा नलिने भनेर । त्यही अनुसार विगतको कार्यकालमा मैल तलब/भत्ता र गाडी/घोडाको सुविधा लिइनँ । त्यहाँबाट पाउने सुेवा सुविधा जनताकै काममा खर्च भयो । मलाई के लाग्छ भने, जनताकै खुन, पसिनाबाट आएको पैसा चुस्त-दुरुस्त राख्नुपर्छ र उनीहरुकै लागि खर्च गर्नुपर्छ । म ग्रासरुटबाट संघर्ष गर्दै यहाँसम्म आएको मान्छे हो । ममा लोभ लालच छैन । निर्वाचनका बेला जनताका अघि हात जोड्दै जान सक्ने हामी निर्वाचनपछि पनि त्यसैगरी जान सक्नुपर्छ । कुनै ढाँट छल नगरी काम गर्नुपर्छ । मेयरले सामान्य सेवा सुविधा लिँदा पनि पाँच वर्षमा ६० लाख रूपैयाँ जति हुन्छ । त्यो पैसा विकास निर्माणमै खर्च गर्न सकियो भने त जनताका धेरै समस्या हल हुन्छन् ।

विगतको कार्यकालको ६० लाख कहाँ खर्च गर्नुभयो ?

होइन, मैले लिएकै छैन । त्यो पैसा नगरपालिकामा आएको बजेटमै रहेर विकास निर्माणमा खर्च भएको छ । मैले ल्याएर अरु ठाउँ लगाउने काम पनि गरिनँ । किन भने, जनताको लागि आएको पैसाले बाटो खनिन्छ । बरु म चढ्ने गाडीका लागि आएको पैसाले एउटा डोजर र ट्याक्टर किनेको छु । ट्याक्टरले अहिले फोहोर सफा गरिरहेको छ । डोजरले विकटका ठाउँमा बाटो खन्नेदेखि भत्किएका ठाउँमा मर्मत र सरसफाई गर्ने काम गरिरहेको छ । मैले आफू बस्ने कार्यकक्ष पनि निजी पैसाले सरसजावट गरेको छु । कार्पेट, पर्दादेखि टेबल, कुर्सी मेरो आफ्नै पैसाले किनेकाे छु ।

यो कार्यकालको पैसा पनि त्यसरी नै खर्च हुन्छ कि केही फरक सोच्नु भएको छ ?

त्यसरी नै खर्च हुन्छ । म कुनै पनि सेवा सुविधा र रकम लिन्नँ । जनताको पैसा जनताकै लागि खर्च होस् । बरु आफ्नै लगानीमा अरु थुप्रै काम गरेको छु ।

दोस्रोपटक पनि फेरि मेयरमा लोभ किन देखाउनु भयो ?

खासमा त मैले यो कार्यकाल दोहोरिने इच्छा नै गरेको थिइनँ । तर जनताकै प्रेसरले उम्मेदवार भएर गठबन्धनलाई पराजित गरेको हुँ । जनताले निर्वाचित गराउँछन् भन्ने पहिले नै थाहा थियो । देवकुमार नेपाली ढोरपाटनमा चाहिन्छ भन्ने जनताको चाहना हो । किनकि मैले विशुद्ध जनताकाे काम गरेको थिएँ । खोट लगाउन सक्ने कुनै काम गरेको छैन ।

त्यस्ताे के-के काम गर्नुभयो ?

मैले आफ्नो व्यक्तिगत पैसाले १३ सय घरका छाना फेरिदिएकाे छु । खरको छाना विस्थापित गरेर जस्तापाताको लगाइदिएको छु । त्यो सबै मेरो आफ्नै लगानी हो । एउटा घरको छाना फेर्न १५ देखि १८ हजार रूपैयाँ खर्च भएको छ । विगत १२/१५ वर्षदेखि नै गरिबका छाना फेर्ने काम गरिरहेको थिएँ । किन भने, म आफैँ एउटा दलितको छोरा हुँ । खाना-छानाकै पीडा भोगेर आएको हुँ । सबैभन्दा बढी आगलागीको जोखिम खरकै छानामा छ । त्यसबाट बच्नका लागि पनि छाना विस्थापित गर्न लागिपरेको हुँ । यहाँसम्म आउन निकै संघर्ष गरेको छु । कोरोना महामारीको बेला २५ सय घरपरिवारलाई आफ्नै लगानीमा राहत वितरण गरे । जनताको समस्या नै आफ्नोजस्तो लाग्छ । शिक्षाको क्षेत्रमा सुधार ल्याउन १५ वर्षयता ८० जनाभन्दा धेरै शिक्षक राखेँ, आफ्नै लगानीमा । एकसय जनाभन्दा धेरै सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेको छु । मेरा जनता अस्पताल नपुगी मर्ने अवस्था आयो भने अहिले पनि हेलिकप्टरमार्फत उद्धार गर्ने वाचा गरेको छु । गाउँकै लागि पनि एउटा निजी एम्बुलेन्स किनेर राखिदिएको छु ।

एकजना मेयरले व्यक्तिगत रुपमै यति धेरै काम गर्नु सकारात्मक विषय हो । तर यसको स्रोत के हो भन्ने प्रश्न आउँछ नि ? मेयरले यतिधेरै खर्च आफ्नै व्यक्तिगत रुपमा कसरी गर्न सक्छ भन्ने प्रश्न त पक्कै उठ्छ ।

स्रोत इच्छा शक्ति हो । जनताको काम गर्ने हुटहुटी भयो भने स्रोत यतिकै जुट्छ । कतै ऋण गरियो, कतै आफ्नै भएको सम्पत्ति बेचियो । त्यसरी नै खर्च गर्दै आएको छु । एकपेट खाएर भए पनि जनताको सेवा गर्नुपर्छ भन्ने उद्देश्य हो । मैले आफ्नै कुरा गर्दा १३ वर्षको उमेरसम्म जुत्ताचप्पल लगाउन पाइनँ । त्यसमा पनि दलित समुदायको परिवारमा जन्मिएकाले धेरै समस्या भोग्नुपर्‍यो । मूल कुरा अब जनताको चेतनाको स्तरमा वृद्धि गर्नुपर्छ भन्ने मलाई लाग्छ ।तपाईँले चुनावमा होमिदैँ गर्दा र निर्वाचित भइसकेपछि थुप्रै वाचा गर्नुभएको थियो । त्यसमध्ये बजार क्षेत्रका सबै बाटाे कालाेपत्रे गर्ने, ढोरपाटनसम्मकै बाटो कालाेपत्रे गर्ने र १९/२० करोड खर्चिएर १५ शय्याको अस्पताल निर्माण गर्छु भन्नुभएको थियो । काम सुरु भयो ?

बजार क्षेत्र ९० प्रतिशत कालाेपत्रे भइसक्यो । बाँकी पनि हुँदैछ । ढोरपाटनमा १५ शय्याको अस्पताल शिलान्यास गरिएको छ । टेन्डर भएर पास पनि भइसक्यो ।

अनि ढोरपाटनको बाटो कालाेपत्रे गर्ने कुरा ?

यो बाटोको विषयमा प्रष्ट भन्नुपर्दा, सालझण्डी-ढोरपाटन प्रोजेक्ट अन्तर्गतको बाटो हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पालामा छिटोभन्दा छिटो निर्माण गर्न हामीले पहल पनि गरेका थियौं । आएको बजेट उतै सालझण्डी अर्घाखाँचीतिरै खर्च हुने र यता कामै नहुने भएको छ ।

भन्नुको मतलब, संघसँग जोडिएको प्रोजेक्ट भएकाले निर्माणमा ढिलाइ भएको भन्न खोज्नु भएको हो ?

यो जिम्मा संघकै हो । बरु हामीले बुर्तिबाङदेखि ढोरपाटनसम्म छुट्टै प्याकेज छुट्टाउन लगाएर ६० करोड बजेट विनियोजन गर्न लगाएका छौं । अहिले त्यहीअनुसार टेन्डर भएर पनि काम सुरु भइसकेको छ ।

तपाईँको अर्काे वाचा पनि थियो, केन्द्रीय प्रशारण लाइन गाउँ-गाउँमा पुर्‍याउँछु । फलामखानीको अध्ययन पनि गर्छु भन्नुभएको थियो । सुरु भयो ?

अब सुन्नुस्, केन्द्रीय लाइन बुर्तिबाङदेखि गोबाङसम्म पुर्‍याइसकिएको छ । हाम्रो लक्ष्य ढोरपाटनसम्म पुर्‍याउने हो । अब १५/१६ किलोमिटरमात्रै बाँकी होला ढोरपाटन पुर्‍याउन, त्यो चाँडै हुन्छ । अब फलामखानीको कुरा, हाम्रा पूर्खाहरुले त्यहाँबाट निकालेको फलामका भाँडाकुडा अहिले पनि छन् । यसलाई अध्ययन गर्नका लागि हामीले बजेट छुट्याएर विज्ञहरु बोलाउने योजना बनाएका छौं ।

घर-घरमा स्वास्थ्य क्लिनिक, टोल-टोलमा शिक्षा भन्ने पनि तपाईँको नारा थियो नि ? कस्तो छ अवस्थामा कहाँ कति स्वास्थ्य क्लिनिक छन् ?

अलिकति पायक नपर्ने टोलहरुमा स्वास्थ्य क्लिनिकको व्यवस्था गरिसकेका छौं । अब शिक्षाको कुरा गर्दा, बच्चा पढाउनकै लागि बजार झर्ने क्रम बढ्दो छ । त्यसलाई रोक्न पनि हामीले बालशिक्षाको योजना बनाएका छौं । धेरै ठाउँमा पढाई पनि सुरु भइसकेको छ ।

सबैभन्दा आकर्षक त, नौं वटै वडामा फ्रि वाईफाईको घोषणा गर्नुभएको थियो । बजार क्षेत्रमा मात्रै हो कि गाउँका जनताले पनि पाउँछन् यो सुविधा ?

हामी एक नम्बर वडाबाट सुरु गर्दैछौं । टेलिकमको फाइबर बिच्छ्याइँदै छ । टेलिकमसँग परामर्श गर्दा सम्भव भनिएके छ । अहिलेको जमाना के भयो भने, बच्चादेखि वृद्धसम्म वाईफाईको प्रयोग गर्छन् । बालबालिकाको पढाईमा पनि इन्टरनेट अपरिहार्य भएको छ । यसलाई जसरी हुन्छ बनाएरै छाड्छौं ।

 

सबै पालिकाहरुले धमाधम बजेट ल्याइरहेका छन् । तपाईँले कस्तो बजेट ल्याउँदै हुनुहुन्छ । कस्तो छ बजेटको आकार ?

यो महिनाको अन्तिममा बजेट पास गर्ने तयारी छ । लगभग ३७ करोडको बजेट आउँदैछ ।

के-के विषय समेटिएक छन् । कस्तो क्षेत्रलाई प्राथमिकता दिनु भएको छ ?

बजेटको प्राथमिकता सबैभन्दा धेरै कृषिमा छ । पूर्वाधारभन्दा कृषि र पशु व्यवसायलाई प्राथमिकतामा राखिएको छ । किनभने, धेरै साथीहरु विदेश गएर आएका हुनुहुन्छ । उहाँहरूले धेरै कुरा सिकेर आउनु भएको छ । त्यही भएर पनि कृषिलाई प्राथमिकता दिइएको छ ।

स्थानीयस्तरमै लगानी गर्न चाहने युवापंक्तिलाई बजेटले सम्बोधन गर्न सक्छ ?

उहाँहरुलाई पूर्ण साथ दिनेगरी बजेट आउँछ ।

गरेका वाचा पूरा हुन सक्नेगरी बजेट आउँछ त ?

जनताको अपेक्षाअनुसार हामी बजेट तयार गर्न सक्दैनौं । किनकि ढाेरपाटन आफैंमा सानो नगरपालिका हाे । बजेट पनि ठूलो आएको छैन । ३७ करोडमा कर्मचारीको तलब, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा लगायतका विषयमा बढी खर्च हुन्छ । हामीले काम गर्नसक्ने बजेट बढीमा १०/१२ करोडमात्रै हो ।

विगतमा पनि बाढी, पहिरोका कारण ठूलो धनजनको क्षति ब्यहोर्नु परेको छ । अहिले पनि अवस्था जोखिमपूर्ण छ । आफ्ना नागरिकलाई सुरक्षित गर्ने तयारी के छ ?

हाम्रो जस्तो पहाडी भू-भागमा निकै अप्ठ्याराे विषय रहेछ यो । गफ गर्न सजिलो हुन्छ, काम गर्न निकै गाह्रो रहेछ । हामीले जनतालाई सतर्कता रहनुस् भन्ने मात्रै हो । त्योभन्दा बढी केही गर्न नसक्ने अवस्था छ । सबै खोला-खोलामा बस्ती छ । खोलामा तटबन्ध लगाउन धेरै पैसा लाग्ने भयो । केन्द्रमा अनुरोध गरिएको छ । अहिलेको अवस्था मलमपट्टी लगाउनभन्दा अरु छैन ।दलित खवर वाट लियको l

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn