काठमाडौं । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् lअध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका हुन् । भेटमा गायिका तथा प्रचण्डकी नातिनी स्मिता दाहाल पनि उपस्थित थिइन् । प्रचण्डसँगको भेटमा ओबरायले ढाकाटोपी लगाएका थिए ।प्रचण्डका प्रेस सल्लाहकार सूर्यकिरणका अनुसार भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको थियो । पाका बलिउड अभिनेता समेत रहेका सुरेश ओबरायका फिल्म आफूले हेर्ने गरेको प्रचण्डले बताएका थिए ।सुरेशले आफूले प्रचण्डलाई मुलुकमा परिवर्तन ल्याउने नेताको रुपमा चिनेको भन्दै उनको प्रशंसा गरेका थिए । भेटमा सुरेश र विवेकले नेपालको खाना, संस्कृति र प्राकृतिक सौन्दर्यको बयान प्रचण्डसामु गरेका थिए । प्रचण्डले ओबराय परिवारको नेपाल बसाइको कामना गरेका थिए । वेला बखत भारतीय बलिवड कलाकार नेपाल आउने गरेका छन । भारत र नेपालको धार्मिक संस्कृति मिल्ने भएकाले वेलावेला यस्त भेटघाट हुने गरेका छन ।
