सिँजादर्पण काठमाण्डौँ ।। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोप अस्वीकार गरेका छन्।हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ। हामी आफ्नो भूभागका लागि लड्छौँ। हामी हाम्रा गाउँ र सहरहरूको रक्षा गरिरहेका छौँ,” फिनल्यान्ड भ्रमणमा रहेका जेलेन्स्कीले भने।यसअघि रुसी राष्ट्रपतिको कार्यालयले पुटिनको ज्यान लिने उद्देश्यले भएको ड्रोन आक्रमण निस्तेज पारिएको बताएको थियो।रुसले आवश्यक ठानिए जुनसुकै समय र स्थानमा पनि प्रतिकार गर्न सक्ने चेतावनी दिएको छ।
अनलाइनमा फैलिएका अपुष्ट भिडिओहरूमा क्रेमलिन भनिने मस्कोस्थित एउटा ठूलो सरकारी भवनबाट बुधवार धुवाँ निस्कँदै गरेको देखिन्छ।दोस्रो भिडिओमा संसद् भवनमाथि एउटा सानो विस्फोट देखिन्छ र दुई जना मानिसहरू भवनको गुम्बजमाथि देखा पर्छन्। युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको क्रेमलिनको आरोप । रुसी राष्ट्रपति कार्यालयले युक्रेनबाट क्रेमलिनस्थित पुटिनको निवासमाथि आक्रमणको प्रयास भएको भन्दै त्यसलाई ूयोजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयासू को संज्ञा दिएको छ। अधिकारीहरूले उक्त भवनलाई निशाना बनाइरहेका दुई वटा ड्रोनहरू इलेक्ट्रोनिक रडारको प्रयोग गरेर निष्क्रिय पारिएको बताएका छन्।राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन त्यस बेला क्रेमलिनमा नरहेको बताएका छन्।
तर युक्रेनले भने रुसी आरोप आफ्नो भूभागमा ठूलो आक्रमण अघि बढाउने रुसी बहाना मात्रै भएको बताएको छ। अमेरिकाले पनि रुसको दाबीलाई धेरै सावधानीपूर्वक हेरिरहेको बताएको छ।विविसि नेपालीमा उल्लेख छ ।
