सिँजादर्पण सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । यससँगै मुख्यमन्त्री बन्ने कँडेलको लामो समयदेखिको चाहना पनि पुरा भएको छ । लामो छलफल पछि वल्ल कँडेल मुख्यमन्त्री वन्न सफल भएका छन । यस अघिका मन्त्री हरुले खासै नयाँ काम नगरेपनि एमालेको नेतृत्वको मुख्यमन्त्री भने पहिलो चोटी भागमा परेको हो । आगामि समयलाइ कसरी सदुपयोग गर्छन कडेल हेर्न बाकी नै छ ।
