सिँजादर्पण मकवानपुर ।। मनसुन सक्रियभए सगै देशै भरी बाढी पहिरोका घटना घटेका छन । कैयौँ सडकखण्डहरु अवरुद्ध छन । यसैक्रममा मकवानपुरको भिमफेदी गाउँपालिकामा रहेको थान्सेन पुल नजिकै चट्टान खस्दा हैटौडा काठमाण्डौँ जाने सडक अवरुद्ध भएको छ । गाडिहरु पुलको वारीपारि जाम लागेको अवस्था छ । अहिले बाटो पन्छाउने कार्य जारी छ ।
इलाका प्रहरी कार्यालय भिमफेदीकी ईन्सीपेक्टर ललिता ढकालकको कमाण्डमा पहिरो गएको स्थानमा उद्धार गर्न एक टोलि प्रत्यक्ष खटिएको छ । उनका अनुसार मानविय क्षती भने नभयको र यस्तो वेला आवतजावत गर्दा सवै नागरिक हरु सचेत हुनपर्ने सुझाव दियकी छन । भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पनि पालिको कुनै पनि भुगोलमा अहिले सम्म मानविए क्षति नभएको र यस्तो वेला नागकिले यात्रा गर्दा सचेत हुनुपर्ने सिँजादर्पण सँग वताए । केही समय पछि वाटो निर्वादरुपमा यातायात खुल्ने भएको छ ।
