सिँजादर्पण काठमाण्डौँ ।। उत्तर कोरियाली ह्याकरहरूले विश्वभरिका सरकार तथा निजी कम्पनीबाट परमाणु एवं सैन्य मामिलासम्बन्धी गोप्य सूचना चोर्ने प्रयास गरेको यूके, अमेरिका र दक्षिण कोरियाले आरोप लगाएका छन्।उनीहरूका अनुसार ुएन्डेरिअल एन्ड ओनिक्स स्लीटु नामले चिनिने एउटा समूहले त्यस्ता गतिविधिहरू गरिरहेको छ।उक्त समूहले प्योङ्याङको सैन्य तथा परमाणु कार्यक्रमको महत्वाकाङ्क्षालाई अघि बढाउने उद्देश्यले अतिगोप्य जानकारीहरू प्राप्त गर्न रक्षा, एरोस्पेस, पारमाणविक र इन्जिनियरिङ संस्थाहरूलाई लक्ष्य बनाएको बताइएको छ।उत्तर कोरियाली कूटनीतिज्ञहरू किन भाग्छन्, नेपालसहित विभिन्न देशमा भएका नियोग किन बन्द
२९ जुन २०२४ उक्त समूहले यूरेनिअम संवर्धनदेखि ट्याङ्क, पनडुब्बी तथा पानीजहालमा आक्रमण गर्न पानीभित्र प्रहार गरिने बम ुटोर्पिडोुसम्मका विभिन्न जानकारी लिन खोजिरहेको बताइएको छ।त्यो समूहले यूके, अमेरिका, दक्षिण कोरिया, जापान, भारतसहित कैयौँ देशलाई निसानामा पार्न खोजेको छ।अमेरिकी वायुसेनाका आधारशिविरहरू, नासा तथा रक्षा कम्पनी उसको मुख्य निसाना रहेको बताइएको छ।एनसीएससीका सञ्चालन निर्देशक पोल चिचेस्टरले भने, ूआज हामीले उजागर गरेको विश्वव्यापी जासुसी साइबर हमलासम्बन्धी विवरणले उत्तर कोरिया सरकारको प्रायोजनमा आक्रमणकारीहरू आफ्ना सैन्य तथा परमाणु कार्यक्रमका लागि कति लागिपरेका छन्, तर त्यो दीर्घकालसम्म जान सक्छ भन्ने उजागर गरिदिएको छ।ूदुई कोरियाले बलूनमा हालेर एकअर्काको भूमिमा के पठाउँछन्
अन्तरमहादेशीय एटीएम लुट, दुई घण्टाभित्र १ करोड ४० लाख अमेरिकी डलर चोरी ६ एप्रिल २०२३,यसले महत्त्वपूर्ण पूर्वाधार सञ्चालकहरूलाई उनीहरूले आफ्नो प्रणालीमा राखेका संवेदनशील जानकारी तथा बौद्धिक सम्पत्तिको चोरी एवं दुरुपयोग रोक्न र सुरक्षा गर्न कति महत्त्वपूर्ण छ भन्नेमा सचेत रहन झकझकाएको छ।एनसीएसीले ुएन्डेरिअल एन्ड ओनिक्स स्लीटु लाई उत्तर कोरियाको रिकोनिसन्स जेनरल ब्यूरो ९आरजीबी०को अङ्ग मानेको छ।अमेरिका, यूके र दक्षिण कोरियाद्वारा जारी गरिएको संयुक्त चेतावनीमा उत्तर कोरियाबाट हुन सक्ने साइबर हमलाबाट रक्षा गर्नका लागि आवश्यक सहयोग गरिने उल्लेख छ। विज्ञप्तिका अनुसार उत्तर कोरियाली पक्षले रोबट मशीनरी, मेकानिकल अस्त्र र थ्रीडी प्रिन्टिङका अवयवबारे पनि जानकारी बटुल्न खोजेका छन्।जासुसी र रकम आर्जन गर्ने दुवै उद्देश्यलाई संयोजन गरेर हुने त्यस्तो साइबर हमलाले संवेदनशील प्रविधि तथा दैनिक जीवन दुवैमा प्रभाव पार्ने भएकाले अधिकारीहरूलाई चिन्तित भएको देखिन्छ।अमेरिकाले उक्त समूहले अमेरिकी स्वास्थ्य संस्थाहरूमा ह्याकिङ गरेर फिरौती रकम माग्ने र त्यसबाट आफ्नो जासुसी गतिविधिका निम्ति पैसा जोहो गर्ने गरेको बताएको छ।यूकेको गभर्मन्ट कम्यूनिकेशन हेडक्वार्टर्स ९जीसीएचक्यू०को एउटा शाखाका रूपमा न्याश्नल साइबर सिक्युरटी सेन्टर ९एनसीएससी०ले काम गर्ने गर्छ।यो आरोपले उत्तर कोरियाली आक्रमणकारी समूहले नागरिकहरूको दैनिक जीवनमा पनि गम्भीर खतरा उत्पन्न गरेको देखाउँछ र यसलाई बेवास्ता गर्न सकिँदैन,ू गुगल क्लाउडमा कार्यरत ुम्यान्डिअन्टु सम्बन्धी प्रमुख विश्लेषक माइकल बर्न्हार्टले भने।उत्तर कोरियाली पक्षले अस्पतालहरूमा ूमानव जीवनलाई बेवास्ता गरी गरेको आक्रमणबाट उनीहरू रकम र जासुसी सूचना सङ्कलन गर्न जे पनि गर्न सक्छन् भन्ने देखिएको उनले बताए।
