सिँजादर्पण काठमाण्डौँ ।। मङ्गलवार सबेरै काठमाण्डूमा भूकम्पको शक्तिशाली झट्का महसुस हुँदा नेपाली अधिकारीहरूको तत्कालको चासो हिमाली क्षेत्रमा थियो किनकि भूकम्पका बेला त्यहाँका हिमताल विस्फोट हुने जोखिम बढ्छ।नेपालका हिमाली क्षेत्रमा सयौँका सङ्ख्यामा हिमताल भए पनि दुई वटामा मात्र पूर्वसूचना प्रणाली छ।त्यसबाहेकका करिब दुई दर्जन हिमतालमा बेलाबखत निगरानी हुन्छ। तीसहित बाँकीमा विपद् आइहाल्ला कि भनेर चनाखो रहनुबाहेक अधिकारीहरूसँग अर्को विकल्प छैन।सोलुखुम्बु जिल्लाको खुम्बु उपत्यकामा पर्ने इम्जा हिमताल र दोलखाको रोल्वालिङ उपत्यकामा पर्ने च्छोरोल्पा हिमतालमा मात्र नियमित रूपमा निगरानी र त्यसको सतहको सन्तुलन मिलाउने गरिएको छ।
ूती हिमतालमा स्वचालित रूपमा क्यामराबाट निगरानी र तल्लोतटीय क्षेत्रमा जल सतह मापन गर्ने सेन्सरहरू छन्। त्यसकै भरमा पूर्वसूचना दिने गरिन्छ,ू कायस्थ भन्छन्।थप चारवटा ताल ( थुलागी, तल्लो वरुण, होङ्गु टू र लुम्दिङच्छोमा त्यस्तो निगरानी गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको विभागका अधिकारीहरू बताउँछन्।एकजना हिमतालविज्ञले नेपालको उच्च पर्वतीय क्षेत्रमा देशैभर हिमताल रहे तापनि पूर्वी नेपालमा यस्ता ताल विस्फोटनको जोखिम उच्च रहेको औँल्याउँछन्।हिमनदी तथा हिमतालहरूको नक्साङ्कन तथा निगरानी कार्यमा संलग्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०का भूगर्भशास्त्री सुदनविकास महर्जन त्यस्तो जोखिम नेपालका मात्र नभएर तिब्बतदेखिका हिमतालबाट हुनसक्ने चेतावनी दिन्छन्।भूकम्पका बेला हुने कम्पनले ताल छचल्किँदा कमजोर गेगरानयुक्त बाँध फुटेर बाढी आउने, त्यसमाथि झुन्डिएर रहने ठूला बरफका ढिक्का वा ढुङ्गे पहिरो खसे बाँधमा थप भार पर्ने हुन्छ।ू
