Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अब पनि गम्भीर नहुने हो भने मान्छेले पत्याउनेवाला छैनन्


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, पुस २८, २०८१

अब पनि गम्भीर नहुने हो भने मान्छेले पत्याउनेवाला छैनन्

शंकर पोखरेल शंकर पोखरेल

नेपालको राजनीतिमा अस्थिरता पहिले पनि थियो र अहिले पनि छ । तर संविधानसभा पूर्वको अस्थिरता र संविधानसभापछिको अस्थिरता एउटै छैन । पहिले दलहरूको आन्तरिक कारणले पूरा कार्यकाल सरकार चल्दैनथ्यो । पछि समावेशी प्रणालीले धेरै दलहरू बने । साना दलहरूले ठूला दलहरूमाथि शासन गर्ने प्रवृत्ति देखिन थाल्यो ।

समाजमा आशा मरेको देखियो । कुनै पनि समाजलाई आशा मरेको अवस्थामा राख्नु खतरा हो । यसर्थ समाजमा आशा फर्काउने कुरा छलफलको विषय हुनुपर्छ । निराशा, कुण्ठा र पलायन रोक्ने दायित्व पार्टीहरूको हो ।तर, निराशा चिर्छौं कसरी रु केही न केही नगरी हुँदैन । हामी जे छौं, ठीक छौं भनेर समाजको निराशा चिरिन्छ र १ यसर्थ आशा जगाउन केही गर्नुछ । सबभन्दा पहिले हामी किन असफल भयौं भन्ने विषयमा संवैधानिक, कानूनी र राजनीतिक समीक्षा जरूरी छ ।

यस्तो सन्दर्भमा प्रमुख दुई दल ९नेपाली कांग्रेस र एमाले० ले समाजमा व्याप्त निराशालाई आशामा बदल्ने गरी लिएको पहलकदमीलाई सकारात्मक रूपमै लिनुपर्छ । यद्यपि यो सहकार्यमा सत्ता पनि जोडिएकाले फरक खाले टिप्पणी पनि छ ।तर यो सहकार्यलाई सत्ता सहकार्यको दृष्टिले मात्र नहेरौं । निराशामा आशा ल्याउने कुरासँग जोडेर हेरौं । त्यो निराशामा आशा ल्याउन केही तथ्यहरूमाथि विचार र छलफल गर्नु जरूरी छ ।

भू(राजनीति

अस्थिरताको कारणमा भूराजनीतिलाई अलग गर्‍यौं भने नेपालको स्थायित्वको प्रश्न कठिन कार्य हो भन्ने लाग्छ । त्यस अर्थमा एउटा ‘फ्याक्टर’ हो, यो । पञ्चायतमा प्रधानमन्त्री फेर्ने कुरामा पनि भूराजनीति जोडिएको पढ्न पाउँछौं ।

एउटा प्रधानमन्त्री हटेर अर्को आउनुको पछाडि के कारण थियो भन्ने बारेमा त्यसबेलाका राजनीतिज्ञहरूले लेखेका छन् । जबकि त्यसबेला शासन व्यवस्था एकदलीय थियो, तर अस्थिरता थियो । त्यो अस्थिरतामा भूराजनीतिक द्वन्द्वका प्रभावहरू थिए । संविधानसभापछि भूराजनीतिक प्रभाव बढेको छ, त्यो कुरामा अहिले नजाऔं ।

लोकतान्त्रिक संस्कार

अर्को विषय हो, लोकतान्त्रिक संस्कृति निर्माण । यसमा हामी चुकिरहेका छौं । लोकतन्त्रलाई यति फराकिलो बनाइसक्यौं कि प्रयोग गर्न केही बाँकी छैन । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट पनि अनलाइन सर्भेबाटै गर्छौं भन्यो । भनेपछि प्रयोगमा के बाँकी रह्यो त रु

तर जे विधि प्रयोग गरे पनि आफूले मन पराएकै मान्छे छान्ने संस्कृति हामीसँग छ । जनतालाई एकप्रकारले प्रभावमा पार्न विधि पद्धतिको कुरा गर्ने हो, तर छनोट गर्दा रुचि अन्तर्गत गर्ने संस्कृति छ । सबैको उस्तै छ । तसर्थ संस्कृति निर्माण महत्वपूर्ण प्रश्न हो ।

विद्रोही चेत

पुराना पार्टीहरूमाथि आक्रमण भइरहेको सन्दर्भमा हामीले आफ्नो कमजोरी कहाँ छ भनेर हेर्नुपर्छ । हामीले झण्डै ६ दशक राज्यविरुद्ध आन्दोलन गर्‍यौं । जनतालाई राज्य विरुद्ध आवाज उठाउन सिकायौं ।

जब जनताबाट संविधान जारी गरेर जनताको राज्य बनायौं, जनतालाई राज्यको पक्षमा उभिन सिकाएनौं । तसर्थ जनता र राज्य जोडिएकै छैनन् । जनता र राज्य नजोडिएकाले चुनौती निराशामा बदलियो । हामी जनतालाई राज्यसँग जोड्ने कुरामा चुकिरहेका छौं । लोकतन्त्रमा जनता र राज्य जोडिनुपर्छ भन्ने कुरालाई दलहरूले साझा एजेण्डा बनाउनुपर्छ ।

सामाजिक अराजकता

वर्तमान अवस्थाकै समीक्षा गर्दा सामाजिक अराजकता चुनौती बनेको छ । जो सबभन्दा चर्को कुरा गर्दछ, त्यसप्रति जनता झुम्मिएका छन्, अँध्यारोको बत्तीमा पुतली झुम्मिए जस्तो ।

बलिदानीपूर्ण ६ दशक संघर्ष गरेका नेता भन्दा दुर्गा प्रसाईंको हाइ–हाइ देखिन्छ । नेपाली लोकतन्त्रको योभन्दा मजाक के हुन्छ रु केही हुन्न । दुर्गा प्रसाईं, जो आफैं व्यावसायिक असफलता खेपिरहेका छन्, उनी चाहिं सेलिब्रेटी बनिरहेका छन् । यो पक्षलाई ध्यान दिनुपर्छ ।

संवैधानिक भावनामाथि हमला

हामीले समावेशी लोकतन्त्र स्थापित गर्‍यौं । तर कार्यान्वयनमा ध्यान दिएनौं । चुनावी गठबन्धन गर्न थाल्यौं । स्थानीय तहको दुई प्रमुख पदमध्ये एउटा महिला हुनुपर्छ भन्ने व्यवस्थालाई आफैंले उल्लङ्घन गर्‍यौं ।

गठबन्धन गर्दा समावेशिता नचाहिने भयो, तसर्थ विभिन्न अभ्यास गठबन्धनकै नाममा गर्‍यौं । यस्तो अभ्यासप्रति अधिकारकर्मीहरूले आवाज उठाए । संविधान उल्लङ्घन दलहरूबाट भइरहेको सन्देशले जनतामा आक्रोश देखियो ।

जनादेशको अवहेलना

निराशाको कारण खोजी गर्दा जनादेशको अवहेलना छुटाउनै सकिंदैन । चुनावका बेला गरिएको राजनीतिक प्रतिबद्धता पटक–पटक उल्लङ्घन गरेका छौं । जनताबाट म्यान्डेट पाएपछि पाँच वर्ष त्यसै अनुसार चल्नुपर्छ भन्ने हामीले मिलीमिली खण्डित गरेका छौं ।

अझ २०७४ सालको चुनाव पछाडि भन्ने हो भने माओवादी र एमाले अलग हुन मिल्दैमिल्दैनथ्यो । तर झगडा कहाँ पुग्यो भने जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न भनेको कांग्रेसको नेतृत्वमा सरकार बन्यो । पछिल्लो समय जे भए, त्यो पनि जनादेश अनुसार भएन । त्यो हिसाबले चुनावी जनादेशको सम्मान गर्न सकेका छैनौं ।

कमजोर दलहरू

मैले भनेको सबै परिणाम दलहरू कमजोर हुँदा भएका हुन् । दलहरू कमजोर हुँदा अनुचित सम्झौता गर्नुपर्ने हुँदोरहेछ । यसर्थ लोकतन्त्रमा धेरै दलहरू होइन, बलिया दलहरू आवश्यक पर्छ । जुन मुलुक आर्थिक–सामाजिक रूपले सफल भएका छन्, त्यहाँ दलहरू बलिया छन् । बलियो दल निर्माणको थालनी नीतिगत बहसबाट हुन्छ ।

हामीकहाँ चुनावी घोषणापत्र माथि उम्मेदवारहरूले पनि चर्चा गर्दैनन् । चुनावी घोषणापत्र कस्तो बन्यो भने एकपटक सार्वजनिक गर्छौं त्यसपछि बिर्सन्छौं । जनताका बीचमा जाँदा नीतिगत बहस नै हुँदैन । नीगित बहस नभएपछि दलहरू ध्रुवीकरणको प्रक्रियामा जानै सकेका छैनन् ।

राजनीतिक अस्थिरताले सामाजिक मूल्यहरूकै विघटन हुन थालिसक्यो । आज नेपाली समाज कुन अवस्थामा छ भन्ने कुरा सामाजिक अराजकता, सांस्कृतिक मूल्यहरूको विघटन र निरन्तरको आर्थिक संकटले देखाउँछ ।
नीतिगत बहस विनाको राजनीतिक परिणामबाट शक्ति निर्माण हुँदैन । मुलुकमा लोकतन्त्र बलियो बनाउने हो भने बलिया राजनीतिक दलहरू चाहिन्छ । बलियो दलले बलियो राज्य बनाउँछ, बलियो राज्यले नागरिकलाई समृद्ध बनाउँछ । यो दिशातर्फ संवैधानिक कानुनी प्रबन्धहरूलाई सोझ्याउनुपर्छ ।

संवैधानिक समस्या

तर हामीले संसदीय लोकतन्त्रलाई नै कमजोर बनाउने खालका संवैधानिक अभ्यास गर्‍यांै, र त्यसको परिणााम बेहोर्दैछौं । संविधानको धारा ७६ ९५० लाई जसरी राख्यौं र उपयोग गर्‍यौं, त्यो संसदीय लोकतन्त्रको विरुद्ध छ । यसले दलीय प्रणालीलाई कमजोर बनाएको छ ।

उपधारा ५ को सपना जसले पनि देख्न थाले । त्यसकारण संविधानमा सबै ठीक छ भन्ने होइन । कतिपय संवैधानिक प्रबन्धले संसदीय लोकतन्त्रलाई कमजोर बनाइरहेको छ । यसैलाई सहयोग पुग्ने गरी दल सम्बन्धी कानूनमा राष्ट्रिय दल नभए पनि ह्वीप लगाउन पाउने व्यवस्था छ । यसले राष्ट्रिय दल नभए पनि प्रधानमन्त्रीमा दाबी गर्ने अवस्था बन्यो, किनकि त्यहाँ ह्वीप लाग्छ ।

अहिले सत्ता समीकरण बन्नु र भत्कनुको पछाडि दल सम्बन्धी यही व्यवस्थाले काम गरेको छ । किनकि १० सिटले प्रधानमन्त्री पाउने हो भने १४ सिटले प्रधानमन्त्री किन नपाउने रु २१ सिट र त्योभन्दा ठूलाले किन नपाउने रु यसले प्रधानमन्त्री आलोपालो गर्ने गठबन्धन हुनेभयो । गठबन्धन नै अस्थिरताको कारण बन्ने देखियो ।अन्त्यमा, राजनीतिक अस्थिरताले सामाजिक मूल्यहरूकै विघटन हुन थालिसक्यो । आज नेपाली समाज कुन अवस्थामा छ भन्ने कुरा सामाजिक अराजकता, सांस्कृतिक मूल्यहरूको विघटन र निरन्तरको आर्थिक संकटले देखाउँछ ।तसर्थ, अब पनि हामी गम्भीर नहुने हो, जे छ ठीक छ भनेर हिंड्ने हो भने मान्छेले पत्याउनेवाला छैनन् । त्यसैले निराशाका बीच आशा जगाउने कुरामा नीति निर्माताहरूले जवाफ दिनैपर्छ । online khabr

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn