सिँजादर्पण ।।अर्को साता साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुन लागेको र त्यो वार्ता ुअर्थपूर्णु हुने आफूले आशा गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।उक्त समयमा जेलेन्स्की पनि साउदी अरबमा हुने छन्। तर उनी वार्तामा सहभागी हुने छैनन्। आफूहरू ूचाँडो र दीर्घकालीन शान्तिू हासिल गर्न कार्यरत रहेको किएभले बताएको छ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफले अमेरिकी प्रतिनिधिमण्डलले रुस(युक्रेन युद्ध अन्त्य गर्न आवश्यक ूशान्तिका निम्ति प्रारूपू पहिल्याउने कोसिस गर्ने बताए।गत शुक्रवार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच सार्वजनिक चर्काचर्की भएको थियो – त्यतिखेर ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नभएको बताएका थिए। लगत्तै अमेरिकाले युक्रेनलाई दिँदै आएका सैन्य सहयोग स्थगन अनि खुफिया जानकारी दिने काममा रोक लगाइदियो।युक्रेनी राष्ट्रपतिले उक्त घटनाप्रति दुस्ख व्यक्त गर्दै अमेरिकासँगको सम्बन्ध सुधार्न खोजे। युक्रेनका लागि अमेरिका सबैभन्दा ठूलो सैन्य सहयोगदाता थियो।बिहीवार ट्रम्पले जेलेन्स्कीले लेखेको पत्र प्राप्त गरेको विट्कफले बताए। उक्त पत्रमा क्षमायाचनाू तथा कृतज्ञताू झल्किएको पनि उनले बताए।
आशा गरौँ अब युक्रेनीहरूसँगका मामिला सही मार्गमा आउने छन् र पुरानो अवस्थामा फर्किने छन्,l
