लिज डुसेट
प्रमुख अन्तर्राष्ट्रिय संवाददाता
इजरेलले अभूतपूर्व रूपमा इरानमाथि आक्रमण गरेपछि शुक्रवार इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानीहरूलाई प्रत्यक्ष सम्बोधन गरे। अङ्ग्रेजीमा बोल्दै उनले इरानीहरूसमक्ष दुष्ट र दमनकारी सत्ताूविरुद्ध अब उठ्नुपर्ने बेला आएको बताए।
इजरेलको सैन्य कारबाहीले‘, उनले घोषणा गरे, तपाईँहरूको स्वतन्त्रताको बाटो खुला गर्ने छ।अहिले इरान र इजरेलबीच सैन्य द्वन्द्वसँगै निसानाहरूको दायरा बढिरहँदा धेरैले सोधिरहेका छन्, इजरेलको चाहना वास्तवमा के हो ?शुक्रवार इजरेलले राजधानी तेहरान सहितका स्थानमा अभूतपूर्व आक्रमण गर्यो नेतन्याहूले भनेजस्तै के यो इस्लामिक सत्ताको परमाणु र बलिस्टिक मिसाइल खतरा अन्त्यू गर्नु होरुवा त्यो अमेरिका र इरानबीच थप वार्ताको सम्भावना समाप्त गर्ने अनि इरानको परमाणु कार्यक्रम तथा दर्दनाक प्रतिबन्ध हटाउने कुरा साटासाट गर्ने नयाँ सम्झौतामा पुग्ने होरु अथवा इरानमा धार्मिक शासनको अन्त्य गरेर स्वतन्त्रता प्राप्तिको बाटोमा जाने मार्ग स्पष्ट पार्ने उद्देश्यतर्फ यसले इसारा गर्छ ?
इजरेलमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका नेतन्याहूको राजनीतिक जीवन इस्लामिक गणतन्त्र इरानद्वारा उत्पन्न खतराका बारेमा विश्वलाई चेतावनी दिनेमा केन्द्रित देखिन्छ। त्यसमा संयुक्त राष्ट्रमा देखाइएको बमको कार्टूनदेखि पछिल्लो २० महिनाको क्षेत्रीय युद्धका बेला उनले इरान सबैभन्दा ठूलो खतरा रहेको बारम्बार दोहोर्याउनुसम्म पर्छन्।इरानका परमाणु केन्द्रहरूमा सैन्य कारबाही गर्नबाट उनलाई बारम्बार उनका जेनरल र अमेरिकी राष्ट्रपतिले रोक्ने गरेका थिए भन्ने गरिन्छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इरानमाथि कारबाही गर्न आफूले हरियो बत्ती नबालेको बताउँछन्। तर सुन्तला रङ्गको जस्तो लाग्ने सङ्केत नै यथेष्ट थियो भन्ने देखिन्छ।सरकारले इजरेलविरुद्ध जितिरहेको बताइरहँदा इरानका जनतामा त्रास र अन्योल हुनुको कारण इरान इजरेल युद्धस् इरानका सर्वोच्च नेता भूमिगत बङ्करभित्र, उनको हत्या योजना ट्रम्पले रोकिदिएका हुन्रु नेतन्याहूको खेललाई एक पश्चिमा अधिकारीले भने, ूअब उनले त्यसमा प्रवेश गरे, सम्पूर्ण रूपमा नै प्रवेश गरे। उनले इजरेलको मुख्य लक्ष्य इरानको परमाणु कार्यक्रमलाई कमजोर तुल्याउनु रहेकोमा जोड दिए।
इरानको परमाणु केन्द्रमा गरेको इजरेली आक्रमणको धेरै देश र इन्टर्न्याश्नल एटोमिक एनर्जी एजन्सी आईएईए एजेन्सीले विरोध गरेका छन्। आईएईएका महानिर्देशक राफाएल ग्रोसीले भनेका छन्, मैले बारम्बार परमाणु केन्द्रहरूमा जस्तोसुकै सन्दर्भ वा परिस्थितिमा पनि कहिल्यै आक्रमण गर्नुहुँदैन भनेको छु।
त्यसै गरी कानुन अध्येताहरूले पनि त्यस्तो केन्द्रमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी हुने बताएका छन्।
अहिले धेरैले सोध्ने प्रश्न के हो भने नेतन्याहू र उनका उच्च सल्लाहकार तथा समर्थकहरूको युद्धको उद्देश्य समान छ त ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेलको हालैको आक्रमणका लागि आफूले अनुमति नदिएको बताएका छन् नेतन्याहूले सत्ता परिवर्तनमा जोड दिए पनि इजरेलका राजनीतिक र सैन्य संस्थापनले चाहिँ इरानको परमाणु कार्यक्रममा अङ्कुश लगाउने कुरामा दृढता देखाएका छन्,ू च्याटम हाउस थिङ्क ट्याङ्कको मध्यपूर्व तथा उत्तर अफ्रिकी कार्यक्रम निर्देशक डा। सनम वकिल भन्छिन्।
उनी भन्छिन्, पछिल्लो लक्ष्य कठिन छ तर प्राप्त हुन सक्छ तर पहिलो चाहिँ छोटो र सघन द्वन्द्वबाट प्राप्त हुन कठिन छ।
इरानको परमाणु कार्यक्रम नष्ट पार्ने प्रयत्न
नेतन्याहूले इजरेलको कारबाही इरानबाट रहेको विद्यमान खतरा नष्ट गर्न गरिएको हमला भने। उनले इरान परमाणु बम बनाउने दिशाको ुअन्तिम घडीमाु रहेको बताए।
पश्चिमा समर्थक राष्ट्रहरूले पनि तेहरानलाई सीमा पार गर्न दिन नहुने भन्ने नेतन्याहूको भनाइ दोहोर्याएका छन्। तर नेतन्याहूको कारबाहीको घडीमाथि पनि व्यापक रूपमा प्रश्न उठाइएको छ।
इरानले बम बनाउने निर्णय गरेको कुरा बारम्बार अस्वीकार गर्दै आएको छ। मार्चमा अमेरिकाका राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबर्डले अमेरिकी गुप्तचर निकायले ूनिरन्तर रूपमा इरानले परमाणु हतियार बनाइरहेको भन्नेबारे आकलन गरिरहेकोू बताएकी थिइन्।
आईएईएले उसको पछिल्लो प्रतिवेदनमा इरानले ६० प्रतिशत शुद्धतासहितको युरेनिअम सङ्कलन गरेको र यो हतियारमा परिवर्तित हुनबाट एउटा सानो र प्राविधिक चरण मात्रै टाढा रहेको बताएको थियो। उसका अनुसार ९० प्रतिशत शुद्धता नौ वटा परमाणु बम बनाउन सक्ने क्षमताको हुने बताएको छ।
झन्डै २ दशकदेखि इरानमा रहेका नेपाली(अहिलेको अवस्था वनमा डढेलो लाग्दा आगो उडेर अलिअलि घर जले जस्तो युद्ध चर्किए इजरेलबाट नेपालीहरूको उद्धार आवश्यक हुने l
द्वन्द्वका सुरुवाती दिनमा इजरेलले इरानका नतान्ज, इस्फाहान र फोर्डोका परमाणु कार्यक्रमलाई निसाना बनाइएको छ।
आईएईएले जनाएअनुसार नतान्जको ुफ्यूल इन्रिच्मन्ट प्लान्टुलाई नष्ट पारिएको छ। इस्फाहानका चार वटा महत्त्वपूर्ण भवनमाथि क्षति पुगेको छ। इजरेलले व्यापक क्षति पुर्याएको भने पनि इरानले त्यो सीमित क्षति रहेको जनाएको छ। त्यसै गरी इजरेलले ूज्ञानका स्रोतूमाथि पनि प्रहार गरेको छ। अहिलेसम्म कम्तीमा नौ जना परमाणु वैज्ञानिक र सैन्य कमान्डरहरू मारिएका छन्।त्यस्तै गरी इरानले पनि निसानाहरू विस्तृत बनाइरहेको छ।
फोर्डो इरानको दोस्रो ठूलो र अति सुरक्षित क्षेत्र हो
इरानको विशाल परमाणु कार्यक्रममा निर्णायक धक्का पुर्याउन इजरेलले फोर्डोमा हान्नुपर्ने हुन्छ। यो इरानको दोस्रो ठूलो र असाध्यै बलियो रूपमा संरक्षित क्षेत्र हो। यो जटिल पहाडमुनि गहिरो स्थानमा नै इरानले उसको हतियार तहको यूरेनिअम जम्मा पारेको ठानिन्छ।
इजरेली समाचारहरूकका अनुसार अहिले त्यो स्थानसम्मको पहुँच समाप्त पार्ने वर्तमान लक्ष्य हो।
इजरेलसँग चट्टानहरू मुनि रहेको बङ्कर ध्वस्त पार्ने बम क्षमता छैन। तर अमेरिकी वायु सेनासँग त्यो क्षमता छ। झन्डै ३० हजार पाउन्ड क्षमताको उक्त बमलाई म्यासिभ अर्डिनेन्स पेनेट्रेटर एमओपी० भनिन्छ, जसले पहाडमुनिको बङ्कर छेड्न सक्छ। तर त्यसमा ठूलो क्षति पुर्याउन कैयौँ दिनसम्म हमला गर्नुपर्छ।
अमेरिकी पूर्वअधिकारी तथा कोलम्बिया विश्वविद्यालयको विश्व ऊर्जा नीति केन्द्रका इरान विज्ञ रिचर्ड नेफ्यूले बीबीसीको न्यूजआवर कार्यक्रमलाई भने, ूमलाई लाग्छ सबैभन्दा सम्भावित परिदृश्य के हो भने नेतन्याहूले ट्रम्पलाई फोन गर्ने छन् र भन्ने छन् कि मैले यो काम गरिसकेँ र यो सुनिश्चित गरेको छु ( बी २ बमवर्षक विमान र अमेरिकी सेनालाई कुनै खतरा छैन तर मै परमाणु हतियार कार्यक्रम समाप्त गर्न सक्दिनँ।ुू
एक पश्चिमा अधिकारी भन्छन्( अहिलेसम्म राष्ट्रपति ट्रम्प कतातिर जाने छन् भन्ने स्पष्ट भइसकेको छैन।
शान्ति वार्तालाई बिथोल्ने गरी ल्याइएकोरु
ट्रम्प लगातार अगाडि(पछाडि गरिरहन्छन्। गत हप्ताको सुरुमा उनले इजरेललाई इरानलाई सैन्य धम्की दिन बन्द गर्न भने किनभने त्यसले उनले मन पराउने विकल्प अर्थात् इरानसँग परमाणु वार्ताको सम्भावनालाई नष्ट गरिदिन सक्छ।
तर इजरेलले हमला गर्यो अनि उनले त्यसको प्रशंसा गर्दै ूउत्कृष्टू भने र अझ थप हमला हुने छ भन्ने चेतावनी पनि दिए। साथै उनले इरानलाई सम्झौता गर्न प्रेरित गर्न मद्दत गर्न सक्ने पनि बताए।
उनको ट्रूथु सामाजिक सञ्जालको एक पोस्टमा उनले घोषणा गरे, इरान र इजरेलबीच छिटै शान्ति हुने छ। कैयौँ फोन वार्ता र बैठकहरू अहिले चलिरहेका छन्।
इरानका सम्झौताकर्ताहरूले अहिले के बुझेका छन् भने ओमानको राजधानी मस्कटका आइतवार हुने भनिएको वार्ता तेहरानमा इजरेली आक्रमण तत्काल हुने छैन भनेर आश्वस्त तुल्याउन गरिएको एक नाटक थियो। शुक्रवार बिहानै भएको इजरेलको चर्को आक्रमणले इरान आश्चर्यचकित भएको थियो।अघिल्लो साता ट्रम्पले इरानी सेनालाई चेतावनी नदिन इजरेललाई भनेका थिए
अरू केही पनि हमलाका लागि रोजिएको समय महत्त्वपूर्ण रहेको ठान्छन्। युरोपेली परिषद्को मध्यपूर्व तथा उत्तर अफ्रिका कार्यक्रमकी उपप्रमुख एली गेरानमाये भन्छिन्, इजरेलको अभूतपूर्व हमला राष्ट्रपति ट्रम्पले इरानी परमाणु कार्यक्रम रोक्न सम्झौता गर्ने सम्भावना समाप्त पार्न गरिएको थियोू।
केही इजरेली अधिकारीहरू यी हमलाको कूटनीतिक मार्गमा अमेरिकी प्रभाव बलियो बनाउने उद्देश्य छ भन्ने तर्क गर्छन्। हमला गरिएको समय र उच्चतम तहले वार्तालाई रोक्नु नै थियो भन्ने स्पष्ट छ।ू
यी वार्ताहरूबारे जानकार अधिकारीहरूले गत साता मलाई भनेका थिए ूएउटा सम्झौता हुन सम्भव देखिन्छ। ू तर त्यो अमेरिकाले इरानसमक्ष राखेको अधिकतम मागबाट कति पछाडि हट्छ या हट्दैन भन्नेमा निर्भर हुन्छ। अमेरिकाले इरानलाई सबै परमाणु ुइन्रिच्मन्टु कार्यक्रमलाई अन्त्य गर्न भनेको थियो, जुन मागलाई इरानले उसले तय गरेको ुलक्ष्मण रेखाु नाघिएको रूपमा लिएको थियो।
इरानका परमाणु केन्द्रहरूमा भएका क्षति स्याटलाइट तस्बिरमा देखियो
१६ जुन २०२५
इजरेल र इरानबीच जारी द्वन्द्वका पाँच सम्भावित सबैभन्दा खराब परिणाम
१५ जुन २०२५
राष्ट्रपति ट्रम्प आफ्नो पहिलो कार्यकालमा, आंशिक रूपमा नेतन्याहूको बारम्बारको आग्रहका कारण, सन् २०१५ को ऐतिहासिक परमाणु सम्झौताबाट पछि हटेका थिए। त्यसपछि इरान पनि परमाणु संवर्धनलाई ३।६७५ मा सीमित राख्ने आफ्नो दायित्वबाट पछाडि हट्यो। यो तह भनेको व्यापारिक परमाणु ऊर्जा संयन्त्रमा ऊर्जा उत्पादन गर्न प्रयोग गरिने तह हो। अनि इरानले भण्डारण पनि सुरु गर्यो।
दोस्रो प्रयत्नमा अमेरिकी नेताले इरानलाई सम्झौता गर्न ६० दिनको समय दिएका थिए ( यो क्षेत्रका अनुभवी तथा जानकार मध्यस्थकर्ताहरूका अनुसार यो जटिल मुद्दाका लागि त्यो समय असाध्यै छोटो थियो।
इजरेलले ६१ औँ दिनमा आक्रमण गर्यो।
डा वकिल भन्छिन् ूओमान च्यानल अहिलेका लागि बन्द भएको छ। तर तनाव कम गर्न मार्ग पहिल्याउन क्षेत्रीय स्तरमा प्रयास जारी छ।ू
नेतन्याहूको ुचर्चिल मुडु
तेहरानको दृष्टिकोणले हेर्दा यो द्वन्द्व उसका भण्डारण, सेन्ट्रिफ्यूज वा सूपरसोनिक मिसाइलका कारण मात्र भएको होइन।
जन्स हप्किन्स स्कूल अफ एड्भान्स्ड इन्टर्न्याश्नल स्टडिजमा मध्यपूर्व अध्ययन र अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक तथा २०२५ को पुस्तक ुइरानको बृहत् रणनीतिुका लेखक वाली नसरको तर्क छ ूउनीहरू यसलाई इजरेलले सधैँका लागि राज्यका रूपमा इरानको क्षमता कम गर्ने अनि इरान र इजरेलका बीच रहेको शक्ति सन्तुलनलाई निर्णायक तवरमा बदल्ने र सायद यो इस्लामिक गणतन्त्रलाई नै समाप्त गर्न चाहेका रूपमा बुझ्छन्। ू
झन्डै ९ करोड जनसङ्ख्या भएको यो देश वर्षौँदेखि कठोर अन्तर्राष्ट्रिय प्रतिबन्ध झेलिरहेको छ र प्रणालीगत भ्रष्टाचारबाट पनि पीडित छ। उच्च मुद्रास्फीति, बेरोजगारी, पानी र बिजुलीको अभावदेखि महिलाको जीवनमा प्रतिबन्धहरू सन्दर्भमा इरानमा निरन्तर विरोध प्रदर्शन हुँदै आएको छ। सन् २०२२ मा थप स्वतन्त्रता माग गर्दै विरोध प्रदर्शनहरूको अभूतपूर्व लहर उठे पनि त्यसलाई कठोर रूपमा दमन गरिएको थियो।
इजरेली हवाई आक्रमणका कारण क्षतिग्रस्त क्षेत्रतस्बिर स्रोत,न्भततथ क्ष्mबनभक
तस्बिरको क्याप्शन,इरानी जनताहरू अन्तराष्ट्रिय प्रतिबन्ध र प्रणालीगत भ्रष्टाचारका कारण वर्षौँ देखि प्रताडित छन्
नसरले अहिले त्यहाँका जनताको मनस्थितिबारे बुझेका छन्। उनी भन्छन्, ूसायद सुरुवातमा जब चार या पाँच असाध्यै अलोकप्रिय जेनरल मारिएका थिए, उनीहरूले राहत महसुस गरेका हुन सक्छन् तर अहिले त उनीहरूको अपार्ट्मन्ट वा घरमा हमला गरिएको छ। इरानी सर्वसाधारण मारिएका छन्। देशको ऊर्जा र बिजुलीमा हमला गरिएको छ ।ू
मैले यस्तो कुनै परिदृश्य देखेको छैन जसमा बहुसङ्ख्यक इरानी आफ्नो देशका विरुद्ध आक्रमणकारीको पक्ष लिने छन् जसले उनीहरूमाथि नै बमबारी गरिरहेका छन्। इरानीहरूले यसलाई मुक्तिको रूपमा हेर्छन् जस्तो मलाई लाग्दैन। ू
इरानको इस्लामिक रेभलूशनरी गार्ड कोरका एक जना वरिष्ठ कमान्डरको तस्बिरसहित तेहरानमा भएको प्रदर्शनतस्बिर स्रोत,ब्ँए खष्ब न्भततथ क्ष्mबनभक
तस्बिरको क्याप्शन,यूएस मिडिल ईस्ट परियोजनाका प्रमुख ड्यानिएल लेभी अमेरिकाले मात्रै यस युद्धको समयमै अन्त्य गर्न सक्ने बताउँछन्
तर नेतन्याहूका भनाइहरूले व्यापक स्तरमा निसाना बनाइने नै सङ्केत गर्छन्।
शनिवार उनले आफ्नो देशले ूअयोतुल्लाह सत्ताका हरेक निसाना र स्थानमाू आक्रमण गर्ने चेतावनी दिए।
फक्स न्यूजले इजरेली सैनिक प्रयासको एउटा पक्ष सत्ता परिवर्तन पनि हो भनेर किटेर सोधेको प्रश्नमा उनले आइतवार भने, त्यो निश्चय पनि एउटा परिणाम हुन सक्छ किनभने इरानको सत्ता धेरै कमजोर छ।
आफ्नो नियन्त्रण गुम्न सक्ने सत्ताको डरलाई उनीहरू मनौवैज्ञानिक युद्ध रणनीतिको एक पाटोका रूपमा खेल्न चाहन्छन्,द इकोनमिस्टुका इजरेल संवाददाता तथा नेतन्याहूको जीवनीका लेखक एन्शेल फेफर भन्छन्।
इजरेली गुप्तचर समुदायमाझ के कुरामा एकमत देखिन्छ भने इरानको सत्ता ढल्ने वा त्यसको पूर्वानुमान गर्ने काम व्यर्थ छ। उनीहरूलाई लाग्छ त्यो छिट्टै पनि हुन सक्छ वा २० वर्ष पनि लाग्न सक्छ।
तर फेफर प्रधानमन्त्रीको सोचाइ फरक हुन सक्ने ठान्छन्।मेरो विचारमा नेतन्याहूले आफ्ना जासुसका प्रमुखभन्दा फरक सन्देशमा विश्वास गर्छन्। उनी चर्चिलको मूडमा छन्।इरानको शासनसत्ता फेर्ने हुनसक्छ इजरेलको अन्तिम दाउ
१४ जुन २०२५
इजरेल(इरान द्वन्द्व थप चर्कने अवस्था आए नेपाललाई पर्ने असर १३ जुन २०२५ आइतवार साँझबाट अमेरिकी सञ्चार माध्यमहरूमा आआफ्नै स्रोतहरूलाई उद्धृत गर्दै इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको हत्या गर्ने इजरेली योजनालाई राष्ट्रपति ट्रम्पले रोक लगाइदिएको समाचार देखा परे। दुई जना नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रोएटर्सले उक्त समाचार सबैभन्दा पहिले प्रकाशित गरेको थियो।
इजरेली विदेशमन्त्री गिडन सारदेखि न्याश्नल सेक्युरिटी काउन्सिलका प्रमुख साखी हानेग्बीलगायतका अधिकारीहरूले यो लक्ष्यमा प्रश्न गर्दै आफ्नो ध्यान इजरेली राजनीतिक नेतृत्वमाथि हुन नहुनेमा जोड दिएका थिए। तर हानेग्बीले एउटा निष्कर्ष थपे, ूअहिलेको क्षणमाु भनिनु यो अवधारणा पनि निश्चित समयका लागि उचित भनिएको हो
अन्त्यमा यो खेलको अन्तिम रूपरेखाको आधार खतरनाक र पूर्वानुमान गर्न नसकिने द्वन्द्व तथा अनुमान गर्न नसकिने अमेरिकी राष्ट्रपतिको निर्णयबाट निर्धारित हुन सक्छ।
सफलता वा असफलता, यसमा अमेरिका तानिने ना नतानिने कुरामा निर्भर रहन्छ, इजरेली सरकारका पूर्वसल्लाहकार तथा यूएस मिडल ईस्ट परियोजनाका प्रमुख ड्यानिएल लेभी भन्छन्। ूयसको परिणाम वा रोक्ने विन्दु तय गरेर अमेरिकाले मात्रै यसको समयमै अन्त्य गर्न सक्छ।
