सिँजादर्पण काठमाण्डौँ ।। भदौको अन्तिममा हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको औपचारिक भ्रमण घोषणासँगै दुई देशका गृहसचिवस्तरीय संयन्त्रको बैठक सुरु हुनु र सीमा संयन्त्र ९बाउन्ड्री वर्किङ ग्रूप०को बैठक समेत तय हुनुलाई कूटनीतिक तथा सीमा मामिलाका जानकारहरूले अर्थपूर्ण भनेका छन्।गृहसचिवस्तरीय दुईदिने बैठक मङ्गलवार नयाँ दिल्लीमा सुरु भएको छ भने सीमा संयन्त्रको बैठक जुलाई अन्तिम साताका निम्ति तय भएका विवरण आएको छ।गृहसचिवस्तरीय बैठक नौ वर्षयता र सीमा संयन्त्रको बैठक छ वर्षयता हुन सकेको थिएन। यसका पछाडि भारतको उदासीनता जिम्मेवार रहेको ठानिन्छ।भारत र नेपालबीचको सम्बन्ध राम्रो नभए दुवै देशलाई अप्ठेरो पर्ने भन्दै कूटनीतिज्ञ आचार्य दक्षिण एशियाको सबैभन्दा ठूलो देशमात्रै नभई विश्वकै शक्ति राष्ट्रका रूपमा माथि उठिराखेको भारतको नेपालसँगकै सम्बन्ध चिसिइराख्दा उसका निम्ति त्यसले राम्रो नगर्ने धारणा राख्छन्।एक वर्षअघि सत्तामा आएदेखि नै प्रधानमन्त्री ओली भ्रमणका निम्ति इच्छुक देखिए पनि भारत अनिच्छुक देखिँदै आएको बताउने गरिन्थ्यो।प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा न्यूयोर्कमा र एप्रिलमा बिमस्टेक शिखर सम्मेलनका क्रममा ब्याङ्ककमा गरी दुईपटक भेटघाट तथा ुसाइडलाइनु वार्ता भए पनि ती औपचारिक भ्रमणको ढोका खोल्नेतर्फ सहयोगी बन्न सकेनन्।
