काठमाडौँ, १७ भदौ । भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० ले वृद्धि भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । यसअघि तेजाबी सुन प्रतितोला रु ७१ हजार ७०० मा कारोबार भएको थियो ।
