Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ब्रिटिस म्युजियम लाइब्रेरी र अमेरिकाको लाइब्रेरी अफ कंग्रेसमा रहेका ऐतिहासिक नक्सा भन्छन्– महाकालीको शिर लिम्पियाधुरा


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, जेष्ठ १०, २०७७

ब्रिटिस म्युजियम लाइब्रेरी र अमेरिकाको लाइब्रेरी अफ कंग्रेसमा रहेका ऐतिहासिक नक्सा भन्छन्– महाकालीको शिर लिम्पियाधुरा

 प्रशुराम काप्ले

सिजादर्पण १० जेठ  l  १८२७ को नक्सा : लाइब्रेरी अफ कंग्रेस, वासिङटनडिसी : अमेरिकाको राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 मा यो नक्सा संग्रहित छ । यो नक्सामा Kalee R. अर्थात् काली नदी देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट बुझिन्छ । यो नक्सा प्रकाशित हुनुभन्दा ११ वर्षअघि सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार काली नदी सीमा नदी भएकोले त्योभन्दा पूर्व नेपाल र पश्चिम भारत हो । नदीभन्दा पूर्व नेपालमा कालापानी हट स्प्रिङ लेखेको देखिन्छ । यो नक्सा भन्छ– नाभी गाउँ पनि नेपाल हो ।

१८५६ को नक्सा : ब्रिटिस म्युजियम लाइब्रेरी, लन्डन : यो नक्सा बेलायतको लन्डनस्थित ब्रिटिस म्युजियम लाइब्रेरीको इन्डिया अफिस रेकर्ड, म्याप कलेक्सन सेफमार्क नम्बर IOR.X/2996/1 मा संग्रहित छ । तर, १८७९ मा ब्रिटिस भारतले अर्को नक्सा निकाल्यो जसमा कार्टोग्राफिक संकेत चिह्नबाट नेपाली भूमि कुटी, नाभी र गुन्जीलाई भारतमा पार्यो। अझ, वर्तमान भारतले त लिपुखोलाभन्दा यता आएर कालापानी पनि कब्जा गरेको छ । गत २ नोभेम्बरमा भारत आफैँले प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट आएको नदीलाई काली नदी भनिएको छ । तर, त्यसको ६ दिनपछि काली लेखेको मेटिएर नयाँ नक्सा सार्वजनिक गरियो ।

 

सीमाविद्को सीमाहीन खुसी

चीन, बेलायत र अमेरिकाका लाइब्रेरीबाट ऐतिहासिक नक्सा संकलन गरेपछि बुद्धिनारायण श्रेष्ठले लिम्पियाधुरासमेत समेटिएकोे नक्सा कोरेर किताबमा प्रकाशित गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, ‘यथेष्ठ प्रमाण जुटेका छन्, तर राष्ट्रिय अस्मिताको यति संवेदनशील विषयमा हामीले राजनीतिक दाउपेचका लागि उत्तेजना फैलाउनुहुँदैन, उत्ताउला कुरा गरेर भारतलाई वार्ताबाट भाग्न सजिलो बनाउने होइन, जिम्मेवार बनेर वार्तामा बसाल्नुपर्छ र तथ्यका आधारमा भूगोल फिर्ता ल्याउनुपर्छ’

भारतीय सीमा अतिक्रमणविरुद्ध जनता जगाउँदै उनी मेची–काली हिँडे, कालापानी के हो भन्ने नेता र कर्मचारीलाई प्रशिक्षित गर्न जुटे । नेपालको दाबी बलियो बनाउन नक्सा खोज्दै चीन, बेलायत र अमेरिका पुगे । अन्ततः महाकाली शिर लिम्पियाधुरा समेटेर नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि सीमाविद् बुद्धिनारायण श्रेष्ठको मनमा सीमाहीन खुसी छाएको छ ।

नापी विभागको महानिर्देशकबाट ०४९ मा निवृत्त भए पनि बुद्धिनारायण देशको सेवाबाट निवृत्त भएनन् । उनले नेपाल सरकारको नियुक्तिको आस गरेनन्, एनजिओ–आइएनजिओको ‘कन्सल्ट्यान्ट’ भएनन् । स्वयंसेवी अभियन्ता बनेर अतिक्रमित क्षेत्रको भ्रमण गरे । चीन, बेलायत र अमेरिकाबाट ऐतिहासिक नक्सा संकलन गरेपछि उनले लिम्पियाधुरा समेटिएको नक्सा कोरेर किताबमा प्रकाशित पनि गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ ।

नापी विभागको महानिर्देशक हुँदा नेपाल–भारत संयुक्त प्राविधिक सीमा समितिको १३औँ र १४औँ बैठकमा नेपालको नेतृत्व बुद्धिनारायणले गरेका थिए । आफूमातहतको कार्यसमूहमा कालापानीको नक्सामा विवाद भएको सम्झिन्छन् उनी । ‘कार्यसमूहमा नेपालले लिम्पियाधुराबाट बग्ने नदीलाई काली नदी मान्नुपर्ने तथ्य प्रमाण पेस ग¥यो, भारतले लिपुलेकबाट आएको खोलालाई काली नदी भनेर नेपाली भूमिमा आफ्नो दाबी दोहोर्यायो,’ उनी भन्छन्, ‘नेपालले सन् १८२७ र १८५६ को नक्सा पेस गर्यो, जसमा काली नदी लिम्पियाधुराबाट निस्किएको देखिन्छ । तर, भारतले १८७९ को नक्सा देखाएर लिपुलेकसम्म आफ्नो दाबी प्रस्तुत गर्यो, त्यसैले सहमति हुन सकेन ।’

तत्कालीन सरकारले कालापानीको विषयलाई महत्वपूर्ण एजेन्डाका रूपमा प्रस्तुत गर्ने कार्यादेश दिएको थिएन । त्यसैले कालापानी मुद्दा लामो समयसम्म छायामा पर्यो । तर, नापी विभागबाट अवकाश पाएपछि बुद्धिनारायण सरकारी ढर्राबाट पनि स्वतन्त्र भएका थिए । उनले आफैँ भूमिचित्र नाप–नक्सा कम्पनी स्थापना गरे । त्यहीँबाट उनी नापीसम्बन्धी महासंघको कार्यक्रममा सहभागी हुन लन्डन जाने मौका पाए । सन् १९९८ जुलाई १९ देखि अगस्ट २१ सम्म लन्डन रहँदा श्रेष्ठले सहर–बजार घुम्ने र सपिङ गर्ने समयलाई ब्रिटिस लाइब्रेरी गएर अध्ययनमा सदुपयोग गरे । विशाल लाइब्रेरीमा कैयौँ दिन लगाए, अन्ततः उनले सन् १८५६ अप्रिल २४ मा सर्भे अफ इन्डियाले जारी गरेको नक्सा फेला पारे । सो नक्सामा लिम्पियाधुराबाट निस्किएको नदीलाई रिभर काली भनिएको छ । नेपाललाई निपाल भनिएको सो नक्सा British Lybary, India office Records, Map collections Shelfmark number IOR.X/2996/1 मा अहिले पनि सुरक्षित छ ।

एक वर्षपछि सन् १९९९ मे १० देखि जुन २५ सम्म अमेरिका पुगेका सीमाविद् श्रेष्ठले वासिङटन डिसीस्थित लाइब्रेरी अफ कंग्रेसको भ्रमण गरे । उनले लाइब्रेरीको जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 रहेको नक्सा प्राप्त गरे, जो १८२७ मा ब्रिटिस भारतले प्रकाशित गरेको थियो । बेलायती संसद्अन्तर्गत इस्टइन्डिया कम्पनी सरकारका जलविज्ञानविज्ञ लेन्स होस्र्टले तयार पारेको यो नक्सामा पनि लिम्पियाधुराबाट निस्किएको नदीलाई नै रिभर काली भनेर लेखिएको छ । सुगौली सन्धिअनुसार काली नदी सीमानदी भएकाले त्योभन्दा पश्चिम भारत र पूर्व नेपाल हो भन्ने स्पष्ट हुन्छ ।

यी दुवै नक्सामा काली नदीभन्दा पूर्व नेपालमा कालापानी हट स्प्रिङ लेखेको देखिन्छ । नक्सा भन्छ– नाभी गाउँ पनि नेपाल हो । अमेरिका र लन्डनमा भेटिएका नक्साका आधारमा बुद्धिनारायणले निष्कर्ष निकाले, ‘लिम्पियाधुराबाट बग्ने नदी काली नदी हो । नेपालको पश्चिम सीमारेखा पनि त्यही हो ।’ ०५७ मा उनले नेपालको सिमानानामक पुस्तक प्रकाशित गरे, जसले मदन पुरस्कार पनि पाएको थियो । तर, उनी किताबबाट जनता जागृत गराउन मात्र होइन, नेपालको नीतिमा पनि हस्तक्षेप गर्न चाहन्थे ।

अमेरिकाबाट फर्केपछि बुद्धिनारायणले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रस्तुतीकरण गर्ने मौका पाए । बालुवाटारमा ओभरहेड प्रोजेक्टरबाट श्रेष्ठले प्रधानमन्त्री भट्टराईलाई लाइब्रेरी अफ कंग्रेसले छाप लगाएर दिएको नक्सासहित प्रस्तुति दिए । कार्यक्रममा ६ जना मन्त्री र सचिव, कांग्रेस नेता सुशील कोइराला, प्रधानमन्त्रीका मुख्य सल्लाहकार डा. नारायण खड्का र नापी विभागका उच्च अधिकृतद्वय राजाराम छतकुली र तीर्थ प्रधानांग पनि बालुवाटारमा सहभागी थिए ।

आफ्नो प्रस्तुतिबाट प्रधानमन्त्रीलाई जागृत गराउन पाएकोमा बुद्धिनारायण सन्तुष्ट थिए । ‘म यो विषयमा गम्भीर छु, आवश्य कदम चाल्छु भनेर भट्टराईले भन्नु पनि भएको थियो, तर उहाँले राजनीतिक कारणले दुई सातापछि नै राजीनामा दिनुपर्यो  यो,’ सम्झेर बुद्धिनारायण दुःखी हुन्छन् । तर, जो सरकारमा आए पनि दस्ताबेज बुझाउने काममा उनी अथक रूपमा लागे । भारतले गत १६ कात्तिकमा नयाँ नक्सा जारी गरेपछि पनि उनले वर्तमान उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत उच्च अधिकारीलाई रक्षा मन्त्रालयमा गएर प्रस्तुति दिए । दुई महिनाअघि प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सैनिक अधिकारीलाई पनि जंगी अड्डामा प्रस्तुतीकरण दिए ।

आफूले प्राप्त गरेको दस्ताबेजका आधारमा नीति–निर्मातालाई घचघच्याउने मात्र होइन, थप दस्ताबेज खोज्ने अभियानमा उनी अहिले पनि सक्रिय छन् । पछिल्लोपटक चार महिना अमेरिका बसाइमा उनले थप ऐतिहासिक नक्सा प्राप्त गरेका छन् । यही मेसोमा उनले सन् १९४७ मा तत्कालीन इस्टइन्डिया कम्पनी सरकारले जारी गरेको नक्सा पनि फेला पारेका छन् ।

‘गत १६ कात्तिकमा भारतले जारी गरेको नक्सा आठौँ संस्करण हो । सन् १९४७ मा भारतले प्रकाशित गरेको सातौँ संस्करणको नक्सामा ‘एट इन्ड अफ ब्रिटिस पिरियड (ब्रिटिस समयको अन्तिममा) भनिएको छ,’ श्रेष्ठ भन्छन्, ‘त्यो नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई काली नदी भनिएको छ ।’

सीमाविद् बुद्धिनारायण सन् २००६ सेप्टेम्बर १४ देखि १८ सम्म चीनको बेइजिङस्थित नेसनल लाइब्रेरी अफ चाइनामा पनि पुगेका थिए । एउटा कार्यक्रममा भाग लिन जापानको फुकुओका गएर फर्कने क्रममा उनी बेइजिङ पसेका थिए । ‘नेसनल ब्युरो अफ सर्भे एन्ड म्यापिङ ब्युरोको अभिलेखालयभित्र गएर अध्ययन गर्ने अवसर पाएँ । त्यहाँ पनि मैले सन् १९०३ को एउटा नक्सा फेला पारेँ,’ उनी भन्छन्, ‘छिङ डाइनेस्टीको पालामा तयार भएको नक्सामा पनि लिम्पियाधुराबाट निस्केको नदीलाई काली भनिएको छ । नक्सामा कालीपूर्वका गाउँहरू कुटी, नाभी, गुन्जी, कालापानी, नाभीडाङ, लिपुलेक भन्ज्याङलाई कालीपूर्व देखाइएको छ ।’

ब्रिटिस बिरासत बोकेको भारतले गत नोभेम्बर २ (१६ कात्तिक) मा तयार गरेको नक्सामा पनि काली नदी लिम्पियाधुराबाट बग्ने स्पष्ट उल्लेख गरेको छ । तर, नक्सा जारी भएको ६ दिनपछि ८ नोभेम्बरमा संशोधन गरेर काली नदी लेखिएको अक्षर मेटाइएको छ । ‘यसको अर्थ हो, भारत प्रमाणमा कमजोर छ । नेपालले संयमता र परिपक्वतापूर्वक भारतसँग वार्ता गर्नुपर्छ । हामीसँग प्रमाण बलियो भएकाले विवेक र तर्क गुमाउनुहुँदैन,’ उनी भन्छन्, ‘राष्ट्रिय अस्मिताको यति संवेदनशील विषयमा हामीले उत्तेजित भएर वार्ताको वातावरण बिगार्नुहुँदैन, उत्ताउला कुरा गरेर भारतलाई वार्ताबाट भाग्न सजिलो बनाउने होइन, जिम्मेवार बनेर वार्तामा ल्याउनुपर्छ र तथ्यका आधारमा नाजवाफ बनाउनुपर्छ ।’श्रोत नयाँपत्रिका

यी दुवै तस्बीर सीमाविद् बुद्धिनारायण श्रेष्ठको सौजन्यमा प्राप्त भएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn