सिजादर्पण १२ जेठ काठमाण्डौ । २५ मे १९५५ मा कञ्चनजङ्गा हिमालमा पहिलो मानव पाइला पुगेको थियो । ब्रिटिस आरोही चाल्र्स इभान्सको नेतृत्वमा जो ब्राउन र जर्ज ब्यान्ड पनि शिखरमा पुगे । भोलिपल्ट उनीहरुलाई पछ्याउँदै नोरम्यान हार्डी र टोनी स्टे«यथर पनि आइपुगे ।
पृथ्वीका सर्वाधिक १० अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजङ्गा, लोत्से, मकालु, चो यु, धौलाागिरी, मनास्लु र अन्नपूर्ण नेपालमा पर्छन् । विश्वको दोस्रो ठूलो शिखर के टु पाकिस्तान–चीन सीमामा पर्छ भने नवौँ अग्लो शिखर नान्गा पर्वत भारतमा पर्छ ।
महत्त्वपूर्ण घटनाक्रम
सन् १९६१ – अमेरिकी राष्ट्रपति जोन अफ केन्नडीद्वारा अन्तरिक्ष अभियानको सुरुवातका लागि लाखौँ डलर घोषणा, वर्ष १९७० सम्म चन्द्रमामा पुग्ने लक्ष्य ।
सन् १९६३ – अफ्रिकी देशलाई एकजुट गर्ने लक्ष्यसहित ३२ देशद्वारा अफ्रिकी संघ गठन ।
सन् १९९८– परमाणु परीक्षण गरेको भारतलाई प्रतिबन्ध लगाउनका लागि युरोपेली युनियनअन्तर्गतका देशहरु सहमत ।
सन् २०१३– जापानका ८० वर्षीय युइशिरो मिडराद्वारा ८० वर्षको उमेरमा सगरमाथा आरोहण ।
