Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेकपाको हालत : यथास्थितिमा चल्न नसक्ने, एक पाइलो अघि बढ्न नसक्ने ,ओली सरकारमाथि खड्गो परेको छ ।


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, असार १२, २०७७

नेकपाको हालत : यथास्थितिमा चल्न नसक्ने, एक पाइलो अघि बढ्न नसक्ने ,ओली सरकारमाथि खड्गो परेको छ ।

सिजादर्पण १२ असार काठमाण्डौ । प्रधानमन्त्री ओलीले पार्टीभित्र र बाहिर दुबै मोर्चामा व्यहोर्नुपरिरहेको राजनीतिक संकटबारे विश्लेषण गर्न खोजिएको छ ।सरकार र पार्टीको शीर्षस्थानमा आसीन ओलीलाई अहिले महाविपत्ति आइलागेको छ । आफ्नै पार्टीको अन्तरविरोधको परिणामस्वरुप ओली सरकारमाथि खड्गो परेको छ ।
बुधबार बालुवाटारमा स्थायी कमिटी बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले आफू घेराबन्दीमा परेको स्वीकार गरिसकेका छन् । बाहिरबाट त थियो नै, पार्टीभित्रैबाट पनि घेराबन्दीमा परेको प्रधानमन्त्रीको स्वीकारोक्ति छ । उनले पार्टीभित्र ‘बहुमतको खेल सुरु भयो’ भन्नुको तात्पर्य ‘आफू अल्पमतमा परें’ भन्नु हो ।अभिमन्यु जसरी घेराबन्दीमा त परियो, अब यो संकटको घेरा कसरी छिचोल्ने र प्रधानमन्त्रीलाई परेको मुख्य खड्गो नै यहीँनेर हो ।

वियोगान्त लक्षण

मनोवैज्ञानिक पाटोबाट हेर्दा विश्वराजनीतिमा देखिन्छ( उच्चासनमा बसेका महत्वाकांक्षी शासकहरु आफ्नो आसन धर्मराउँदा अनेक किसिमका तर्कना गर्दै बर्बराउन थाल्छन् । सुरुमा उनीहरु संकटलाई नजरअञ्दाज गर्छन् । संकटलाई समाधान गर्न हैन, ढाकछोप गर्नका लागि सर्वत्र राम्रा काम भइरहेको जनतामा भ्रम छर्छन् ।

संकट अझै बढ्दै गयो भने त्यस्ता मूर्ख शासकहरु विपक्षी वा प्रतिस्पर्धीहरुका कारण यस्तो समस्या आइलागेको गुनासो पोख्न थाल्छन् । र, आफूलाई पानीमाथिको ओभानो देखाउने दुस्साहस गर्छन् ।

उनीहरु त्यतिबेलासम्म मूर्खता गरिरहन्छन्, जतिबेलासम्म सत्ताबाट च्युत हुँदैनन् । सत्ताबाट च्यूत भएपछि पनि उनीहरु आत्मालोचना गर्नुको साटो नकारात्मक ग्रन्थीबाटै परिचालित हुन्छन् । महत्वाकांक्षी शासकहरुमा देखिने यस्तो लक्षण ‘सत्ताको वियोगान्त’ स्थितिबाट पैदा हुने पराजित मनोविज्ञान हो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘सत्ताको अहंकार’ बाट ‘सत्ताको वियोगान्त’ यात्रातर्फ हेलिन थालेको लक्षण उनकै अभिव्यक्तिहरुमा देखिन थालेको छ । सरकारको लोकप्रियता दिनानुदिन घट्न थालेपछि उनी ‘अरुको रीसले मूल खाँबो चिथोर्ने’ लाइनतिर लागेका छन् ।

प्रधानमन्त्री ओली सरकारले राम्रा(राम्रा कामहरु गरिरहेको दाबी गर्छन् । देशमा भ्रष्टाचार नभएको र सुशासन कायम भएको तर्क गर्छन् । आफूले राम्रा काम गर्दा घेराबन्दी गरिएको उनको गुनासो छ । देशी(विदेशी प्रतिक्रियावादीहरु, कम्युनिष्टविरोधीहरु र आफ्नै पार्टीका साथीभाइले समेत आफूजस्तो राष्ट्रवादीलाई घेराबन्दी गरेको उनको तर्कना छ । लिम्पियाधुरामा राष्ट्रियताको अडान राख्दा विदेशी तत्वसँग मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको उनको बुझाइ देखिन्छ ।

देशमा अहिले प्रचार गरिएजस्तो भ्रष्टाचार नबढेको, कोरोना नियन्त्रणमा प्रभावकारी काम गरेको, सडक कालोपत्रे लगायत विकास निर्माणका कामहरु भएका, पानीजहाज, रेलको काम भइरहेको र सरकारले दुईरअढाइ वर्षमा गतिलो काम गरेको प्रधानमन्त्री ओलीले निरन्तर दाबी गर्दै आएका छन् । बुधबार स्थायी कमिटीको बैठकमा पनि उनी यिनै दाबीहरु साथ प्रस्तुत भए ।

विडम्वनाचाहिँ के छ भने सरकारले लोकप्रिय काम गर्दैछ भन्ने ओलीको दाबी उनकै पार्टी, नेकपाकै नेता(कार्यकर्ताले पत्याउन छाडेका छन् । प्रधानमन्त्रीको दाबी एकातिर छ, मुलुकको यथार्थ अर्कातिर छ ।

प्रधानमन्त्री ओलीमा देखिँदै आएको सत्ताको अहंकार अहिले गुनासो र वियोगान्त आख्यानतर्फ मुखरित हुन थालिसकेको छ । राजनीतिक विज्ञानमा यसलाई महत्वाकांक्षी शासकको असफलताको मनोविज्ञानबाट उत्पन्न सामान्य लक्षण मान्न सकिन्छ ।अब प्रधानमन्त्री केपी ओली र सिंगै नेकपाका सामु उत्पन्न संकट अर्थात् खड्गोको चर्चा गरौं

स्वाहा हुँदैछ जनसम्बन्ध

ओली सरकारको जनविरोधी कार्यशैलीका कारण नेकपाले जनआधार गुमाउन थालिसकेको छ । पार्टी र जनतावीचको सम्बन्ध विस्तारै टुटिरहेको छ ।

लकडाउनको बाहनामा दुःख पाएको सहरिया मजदुर वर्ग नेकपासँग चिढिएको छ । उसको मन कुँडिएको छ ।

भारतमा काम गर्ने लाखौं मजदुरहरुका सम्बन्धमा स्वयं प्रधानमन्त्रीले के(के भने, सीमानामा सरकारले कस्तो व्यवहार गर्‍यो, उनीहरुले सम्झेका छन् । ती प्रवासी मजदुरहरुसँग नेकपाको सम्बन्ध लगभग ‘कटअफ’ भएको प्रवासी नेताहरु बताउँछन् ।

त्यसैगरी, खाडी र मलेसियामा काम गर्ने नेपाली कामदारहरु पनि सरकारको व्यवहारप्रति सन्तुष्ट नरहेको रिपोर्टहरु आइरहेका छन् । त्यो जनमत कम्युनिष्ट पार्टीसँग भड्कियो भने त्यसले सिंगो नेकपाको शक्तिमा क्षयीकरण गराउन सक्छ । यो पक्षको विश्लेषण नेकपाका नेताहरुले अहिलेसम्म खासै गरेको देखिँदैन । महंगो टिकटमा चार्टर्ड उडान गर्न त सजिलै होला, तर आफ्ना नागरिकमा यसबाट पर्ने प्रभावको विश्लेषण त्यति सहज छैन ।

नेकपा सरकारको कार्यशैलीका कारण युरोप, अमेरिका र अष्ट्रेलिया लगायत संसारभरि छरिएर रहेका नेपालीहरु पनि सन्तुष्ट देखिँदैनन् । यसबारेमा पनि नेकपा नेताहरुले पक्कै समीक्षा गर्लान् ।

राजनीतिमा खासै समझ र रुची नभएको काठमाडौंको नयाँ पुस्ता ‘इनफ इज इनफ’ सडकमा आएको छ । किशोर पुस्ताको यो सहरिया जनमत आगामी दुई वर्षपछिको निर्वाचनका लागि निर्णयक पुस्ता हो । यी लाखौं नयाँ मतदाताहरु भोलि कतातिर ढल्केलान् भन्ने कुराले ठूलो अर्थ राख्नेछ । ओली सरकारले यो पुस्ताको विश्वास दिनानुदिन गुमाउँदै गइरहेको छ ।

काठमाडौंमा र देशका सबै शहरहरुमा ८० दिनसम्म सटर लगाएर चुपचाप बसेको मध्यम वर्गलाई सरकारले के दियो रु आज उनीहरु भाडा तिर्न नसकेर व्यवसाय बन्द गर्ने अवस्थामा पुगेका छन् । उनीहरुलाई ओली सरकारले के सम्वोधन गर्‍यो रु यसको पनि विश्लेषण हुन जरुरी देखिन्छ । अहिले विश्लेषण भएन भने आगामी चुनावले यसको विश्लेषण गर्न सक्छ । तर, यसबारे नेकपा नेताहरुले खासै सोचेको देखिँदैन ।

यसरी दिनानुदिन कमजोर हुँदै र टुट्दै गएको जनसम्बन्ध अरु भत्किन नदिनु प्रधानमन्त्री ओली र उनी नेतृत्वको पार्टीको जिम्मेवारी हो । यो जिम्मेवारीमा सत्ताधारी पार्टी चुक्दै गयो भने यसका दुईखाले प्रभावहरु देखापर्ने छन्(

प्रथमतः सरकारविरुद्ध तत्कालै आन्दोलन भड्किन पनि सक्छ । दोस्रो(अहिले आन्दोलन नै उठेन भने पनि आगामी चुनावमा यसको परिणाम देखिन सक्छ ।

यसरी पार्टी र जनतावीचको जनसम्बन्ध टुट्दै जाने समस्या केवल खड्गप्रसाद ओलीको मात्रै खड्गो होइन, सिंगै नेकपाको जीवनरेखामा देखिएको महाविपत्ति हो ।

मरिच किन चाउरियो रु आफ्नै पीरोले १

नेपालीमा एउटा आहान छ( मरिच किन चाहुरिएको, आफ्नै पीरोले ! प्रधानमन्त्री ओली चौतर्फी घेराबन्दीमा पर्नु र त्यो घेरा कसिँदै जानुको एउटा मुख्य कारण उनको आफ्नै बोली हो । बढ्ता बोलेर प्रधानमन्त्रीले आफूविरुद्धको घेरा आफैं साँघुरो बनाएका हुन् ।

खड्गप्रसाद ओली र सिंगै नेकपालाई यतिबेला निकै ठूलो खड्गो परेको छ । ‘यथास्थितिमा चल्न नसक्ने, एक पाइलो अगाडि पनि बढ्न नसक्ने’ नेकपाको अहिलेको भवितव्य हो ।
चिनियाँ नेता माओले कम्युनिस्टहरुलाई प्रशिक्षण दिँदै भनेका थिए, एकैसाथ चौतर्फी हमला नगर । तर, प्रधानमन्त्री ओलीले एकैचोटि चौतर्फी हमला गरे । आफूबाहेक सबैलाई गाली गरे । विपक्षीलाई होच्याए । आलोचकलाई खुइल्याए । मिडियालाई तथानाम गाली गरे । सोसियल मिडियामा बोल्नेहरुलाई निन्दा गरे । आफ्नै पार्टीका साथीभाइलाई गाली गरे । ओलीले कसैलाई पनि प्रहार गर्न छुटाएनन् । अरिंगाल (यो शब्दका सर्जक पनि प्रधानमन्त्री आफैं हुन्० हरुलाई उत्तेजित बनाएर देशैभरि घृणात्मक अभिव्यक्ति फैलाउन र चिल्न लगाए। लगाइरहेकै छन् ।

सहकर्मी माधव नेपाललाई जेल हाल्छु भन्दै हिँडे । आफ्नो गुटबाहेक अरुलाई पाखा लगाउने प्रयास गरे । पार्टीको विश्वास जित्ने भन्दा पनि एकलौटी ढंगबाट चल्ने नीति लिए । पार्टी बाहिर पनि त्यसै गरे । आफ्नै सरकारलाई लामो समय साथ दिएको राजपा र समाजवादीवीच फाटो पार्न दल फुटाउने बेमौसमी अध्यादेश ल्याएर आफूविरुद्धको घेरा आफैंले कसिलो बनाए । प्रधानमन्त्रीले नदुखेको टाउकोमा आफैंले डोरी लगाएर दुखाउने प्रयास गरे ।

कोरोना महामारीमा सबै दलले सरकारलाई सघाएकै हुन् । नक्सा सच्याउने संविधान संशोधनमा पनि सबैले सरकारलाई साथ दिएकै हुन् । तर, प्रधानमन्त्री आफ्नै बोली, संकीर्ण व्यवहार र नकारात्मक ग्रन्थीका कारण घेराबन्दीमा पर्दै गए ।

सबैको अभिभावक बन्नुपर्ने सरकारलाई अमूक ठेकदार कम्पनीको कम्पनीजस्तो बनाए । यती र ओम्नीलाई च्याप्ने, अरुलाई ठोक्ने एकपाखे नीति अवलम्वन गरे । आफ्नाले गरेको भ्रष्टाचारमा आँखा चिम्लिने तर, भाषण गर्न नछाड्ने उनले नीति अवलम्बन गरे ।

बेसार खाँदा के(के फाइदा हुन्छ भन्ने बहस प्रधानमन्त्रीको तहबाट छेडिनुपर्ने विषय नै थिएन । प्रधानमन्त्रीले बेसारबारे पटक(पटक जिरह गर्नु जरुरी थिएन । ‘तित्राको मुखै बैरी’ भनेजस्तो जथाभावी त्रि(त्रि नगरेको भए अहिले प्रधानमन्त्रीले टाउको कन्याउनुपर्ने अवस्था आउने थिएन । सार्वजनिक मञ्चहरुमा बोल्दा के बोल्ने, के नबोल्ने, कस्तो भाषामा, कति बोल्ने भन्ने प्रधानमन्त्री ओलीले जानेनन् ।

के अब प्रधानमन्त्री आफ्नो बोली सच्याउलान् रु यसमा सुधार गरे भने उनलाई आफ्नो राजनीतिक यात्राको खड्को काट्न सजिलो हुनेछ ।

तत्कालीन एमालेका एकजना पुराना नेताका अनुसार मदन भण्डारीले ओलीलाई ‘बातबहादुर’ भन्ने गरेका थिए । काम नगर्ने, कुरा मात्रै गर्ने । गफैले चिउरा भिजाउन खोज्ने । कामले सिन्को नभाँच्ने । अहिले त्यस्तै भइरहेको छ ।

कोरोना महामारीमा सरकारले राम्रो व्यवस्थापन गरेको प्रधानमन्त्रीले गफ दिइरहेका छन् । तर, आइसोलेसन वार्डमा जीवनजल खान नपाएर मानिसको मृत्यु भइरहेको छ । सार्वजनिक यातायात कहिले खुल्छ भनेर व्यवसायी र मजदुरहरु छटपटाइरहेका छन्, तर प्रधानमन्त्री हाछ्युँ गरेरै कोरोना भाग्छ भन्दैछन् ।

प्रधानमन्त्री ओलीले संसदमा भनेका थिए, आफ्नो ५५ वर्षे राजनीतिक जीवनमा बोलेको कुरालाई लिएर कसैले चुनौती दिन सकेको छैन । तर, प्रधानमन्त्रीको बातैपिच्छे चुनौती दिने ठाउँ छन् ।

जस्तै( कोराना हाछ्युँ गरेरै भाग्ने भए अर्थतन्त्रभन्दा जीवन ठूलो हो भन्दै ८० दिनसम्म किन लकडाउन गरेको प्रधानमन्त्रीज्यू रु अनि अहिलेसम्म पनि सार्वजनिक यातायात र विद्यालय किन नखोलेको रु जनतालाई किन धुरुधुरु रुवाएको रु चैतमा मानिसहरुलाई हिँडेर घर जान किन बाध्य पारेको रु अहिलेसम्म नाकाहरुमा चेकिङ गरेर किन सास्ती दिएको रु बरण्डामा बसेर कागसँग ब्रेकफास्ट खाएको कथा संसदमा किन सुनाएको रु रुघाजस्तै हाछ्युँ गरेरै भगाउने कुरामा देशको ढुकुटीबाट १० अर्ब किन स्वाहा पारेको रु भ्रष्टाचारमा किन मुलुकलाई चुर्लुम्म डुबाएको रु अनि आज एउटा, भोलि अर्को गफ किन हानेको रु

जहाँसम्म नेपालको नक्सा सच्याउने र भारतसित टक्कर लिने कुरा छ, यसबारे नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीले के भनेका थिए र कुन(कुन नेताका कारण नक्सा सच्याउने निर्णय कार्यान्वयनमा आएको हो भन्ने भित्री कथा अर्कै छ, अहिले त्यतातिर नजाऔं । अहिले केपी ओलीमात्रै पक्का राष्ट्रवादी हुन् र अरु सबै दलाल हुन् भन्ने बात चलिरहेको छ ।

बहुमतप्राप्त शक्तिशाली सरकारले दुई वर्षसम्म बात मारेर नबसी जनताका काम राम्रोसँग गर्न सकेको भए अहिले ‘चौतर्फी घेराबन्दीमा परें’ भन्दै विरहको गीत गाउनुपर्ने थिएन । आलोचकहरुलाई बातले हैन, कामले नै जवाफ दिएको भए हुन्थ्यो ।

के प्रधानमन्त्री ओलीले अब जनपक्षीयहरु काम गरेर जनताको मन जित्न सक्लान् रु काम गरेर देखाउने हो भने घेराबन्दीको यो खड्गो काट्ने समय अझै पनि छ । किनभने जनताले नेकपालाई ५ वर्षका लागि सरकार चलाउने अभिमत दिएका छन्, काम गरेर देखाए हुन्छ । असन्तुष्ट जनताको मन जिते हुन्छ । त्योभन्दा पहिले आफ्नै पार्टीका सहकर्मीहरुको मन जितेर देखाए हुन्छ । यो गम्भीर चुनौती हो ५५ वर्ष राजनीति गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ।

बालुवाटारको बैठकले के गर्ला रु

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक जारी छ । हविगत हेर्दा नेताहरुले आफ्नै आङको छारो कन्याउनेबाहेक कुनै प्रगति गर्ने संकेत अहिलेसम्म देखिँदैन । यसो भन्नका लागि केही आधारहरु छन् । पहिले प्राविधिक रुपमा हेरौं(

स्थायी कमिटी बैठकमा पार्टीको झण्डै छैन । ओली र प्रचण्डलाई बढेमाको सोफामा राखिएको छ, अरु नेतालाई ठुटे कुर्सी । सुवास नेम्वाङलगायतका नेताहरु स्कुलको बेञ्चमा विद्यार्थी बसेजसरी बसेको असुहाउँदिलो देखिएको छ । कम्युनिष्ट पार्टीको बसाइमै सामन्ती विभेद प्रष्ट देखिन्छ ।

राजनीतिक कुरो गर्ने हो भने प्रधानमन्त्री केपी ओलीलाई नेकपाले सरकारबाट ततकालै हटाउन पनि सक्ने अवस्था छैन, राखेर पनि कुनै करिस्मा गरिहाल्ने स्थिति छैन ।पार्टीको बैठक सरकारी निवासमा राखिएको छ । चियादेखि नेताका खुट्टामा लगाइएको नीलो प्लाष्टिकसम्म सबै सरकारी खर्चै हो । त्यो नीलो प्लाष्टिक महामारीमा प्रयोग गर्ने स्वास्थ्य सामग्री हो । सरकारी चिया खाएर पार्टीको बैठक बस्ने अनि भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुपर्ने स्थिति छ नेकपामा ।

आफूलाई हटाइयो र अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउने निर्णय भयो भने प्रधानमन्त्री ओली र उनका समर्थकहरुले त्यही दिनदेखि आफ्नै सहकर्मीलाई भन्नेछन्( भारतले ओलीलाई हटायो र आफ्नो दलाललाई सरकारमा ल्यायो । ओलीले नक्सामा राष्ट्रवादी अडान राखेको हुनाले विदेशी शक्तिले प्रधानमन्त्री हटायो । आदि(आदि ।

यतिमात्रै भए त ठीकै थियो, ओली पक्षले सरकारलाई पुरै असहयोग गर्नेछ र सफल हुन दिने छैन । त्यसपछि अहिलेकैजस्तो अवस्था हुनेछ । व्यक्ति फेरिए पनि नेकपाको प्रवृत्ति फेरिने छैन ।

नेकपा नेताहरुलाई चेतना होस्( केपी ओलीको ठाउँमा प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैमा समस्याको समाधान हुँदैन । किनभने(

प्रचण्डको छवि गैरकम्युनिष्ट एवं सहरिया मध्यमवर्गमा केपी ओलीको भन्दा पनि कमजोर छ । त्यसैले, प्रचण्ड प्रधानमन्त्री हुनासाथ सरकारमाथि शहरिया मध्यमवर्गको आक्रमण अझ बढ्न सक्छ । यसमा सिंगै माओवादीविरोधी जनमत डोलायमान हुन सक्छ । पूर्वएमालेकै एउटा समूहले प्रचण्डको खुट्टा तान्न थाल्नेछ । प्रचण्डलाई ‘भारतपरस्त’ आरोप लगाउन सुरु हुनेछ । प्रचण्डले दिल्लीसँग वार्ता गरेर लिम्पियाधुराको भूमि फिर्ता ल्याउने सम्भावना पनि छैन ।

सुशासनको हकमा पनि ओलीको ठाउँमा प्रचण्ड आउँदा खासै परिवर्तन हुने देखिन्न । जनताको आवाज सुन्ने प्रचण्डको बानी भइदिएकोे भए उनले बुहारीलाई अहिलेसम्म मन्त्री बनाइराख्ने थिएनन् । प्रचण्डको यही परिवारवादी छविका कारण उनी जनतामा अलोकप्रिय देखिएको अवस्था छ ।

र, प्रचण्डको हकमा नेकपाभित्र अर्को पनि एउटा प्राविधिक जटिलता छ । माधवकुमार नेपाल पक्षको मागअनुसार नेकपा एक व्यक्ति एक पदको मोडलमा जाने हो भने प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा माओवादीतर्फबाट अध्यक्षचाहिँ को बन्ने रु कि दुई अध्यक्षको मान्यता खारेज गरेर एकजना राख्ने रु वा पूर्वएमालेकै ओली र नेपाललाई दुई अध्यक्ष बनाएर प्रचण्डले अध्यक्ष छाड्ने रु

प्रचण्डले भनेजस्तै ओली(प्रचण्डवीच आलोपालो प्रणालीमा जाने हो भने प्रचण्डले अध्यक्ष र प्रधानमन्त्री दुबै चलाउन त सक्लान् । तर, यसो गर्दा पार्टीको विधि प्रक्रियामा पुरानै स्थिति कायम रहने अवस्था आउँछ । र, त्यसबेला एक व्यक्ति एक पदको मागबाट माधव नेपाल पक्ष पछि हट्नुपर्ने हुन्छ । त्यो मागबाट माधव नेपालपछि हट्ने हो भने केपी ओलीलाई नै निरन्तरता दिनु वा उनको ठाउँमा प्रचण्डलाई ल्याउनु उस्तै उस्तै कुरो हो ।

त्यसोभए केपी ओलीलाई नै पाँच वर्ष सरकारमा राखिरहँदा के हुन्छ रु केही पनि हुँदैन । नेकपाको जनसम्बन्ध, अरु टुट्दै जाने छ । ओलीको लोकप्रियता थप धुलिसात् हुँदै जानेछ । जनताले नयाँ नयाँ बेसारे बातहरु सुन्दै जानुपर्नेछ । तर, त्यसको परिणाम आगामी चुनावमा वा त्यसअघि नै सडक आन्दोलनका रुपमा प्रकट हुन पनि सक्छ ।

प्रचण्ड र केपी ओली दुबै अध्यक्ष पदमा मात्र रहेर माधव नेपाललाई चाहिँ प्रधानमन्त्री बनाउँदा के हुन्छ रु यो पनि सम्भव देखिँदैन । किनभने, प्रचण्ड केपी ओलीलाई हटाएर माधव नेपाललाई प्रधानमन्त्री बनाउने पक्षमै छैनन् । उनी जसरी भए पनि आफैं प्रधानमन्त्री बन्ने दाऊमा छन् । उनका लागि प्रधानमन्त्री पद नै प्रधान बनेको देखिन्छ ।

यो अवस्थामा तीन शीर्ष नेताहहरु बाहेक तेस्रो विकल्पको सम्भावना नेकपामा खासै देखिँदैन । नेकपाको ९ सदस्यीय सचिवालय एकप्रकारले पंगु सावित भइसकेको निकाय हो, जहाँबाट कुनै पनि निकास निस्कने सम्भावना छैन । स्थायी कमिटी पनि निरीह छ । कराउँछ( कराउँछ, अन्तिम निर्णय लिन सक्दैन ।

निचोडमा अहिले यत्ति भनौं( खड्गप्रसाद ओली र सिंगै नेकपालाई यतिबेला निकै ठूलो खड्गो परेको छ । ‘यथास्थितिमा चल्न नसक्ने, एक पाइलो अगाडि पनि बढ्न नसक्ने’ नेकपाको अहिलेको भवितव्य हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn