सिजादर्पण असार धरान । इटहरी र सुनसरीको धरान उप(महानगरपालिका(१४ बिजयपुरमा आगलागी हुदा २ घर जलेर नष्ट भएका छन् । आज बिहान पौने १० बजे आगलागी हुँदा स्थानीय बिष्णु राईको तथा छिमेकी कमल राईको समेत घर जलेर नष्ट भएको हो । बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी भएको बताइएको छ । आगलागीबाट अन्दाजी २२ लाख ७७ हजार बराबरको क्षति भएको छ ।
आगलागीबाट दुबै घरमा रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जलेर नष्ट भएको छ । आगलागी धरान उप(महानगरपालिकाको दमकल, प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा बिहान सवा ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
