सिजादर्पण३० असार, काठमाडौं । भगवान रामचन्द्रको जन्मभूमि नेपाल नै हो भनेर सोमबार भानुजयन्तीका दिन दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निकै थकित एवं गलेको अवस्थामा देखिए ।प्रधानमन्त्रीको थकानकै कारण नेकपाका दूई अध्यक्षवीच हुने भनिएको आन्तरिक छलफल विषयमा प्रवेश गर्न नसकी बुधबारका लागि सर्यो ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण भारतमा सोमबारदेखि नै निकै ठूलो तरंग आइसकेको थियो । नेपालले नक्सा जारी गर्दासमेत विज्ञप्ति जारी नगरेको सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० ले विज्ञप्ति नै जारी गरेर ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो ।स्वदेशमा पनि नेकपा उपाध्यक्ष वामदेव गौतमदेखि लिएर विभिन्न नेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरे । जनस्तरमा पनि प्रधानमन्त्रीको आलोचनाका स्वरहरु सुनिए । देश(विदेशमा भएको चर्को विरोधसँगै प्रधानमन्त्री ओली आफ्नै बोलीका कारण घेराबन्दीमा परे ।
प्रधानमन्त्री ओली आफ्नै कारणले चौतर्फी दबाव र घेराबन्दीमा परेकै बेला कार्यकारी अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो पार्टीको आन्तरिक विषयमा छलफल गर्न भन्दै बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई थकित अवस्थामा देखेपछि प्रचण्ड पार्टीको आन्तरिक विषयमा कुरा नगरी खुमलटार फर्किए । ‘तपाई थाक्नुभएको रहेछ, आज आराम गर्नुहोस्, भोलि कुरा गरौंला’ भन्दै प्रचण्ड बालुवाटारबाट निस्किएको स्रोतले अनलाइनखबरलाई बतायो ।
परराष्ट्र मन्त्रालयबाट प्रधानमन्त्रीको खण्डन ?
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति दिएपछि त्यसको खण्डन गर्ने प्रयास परराष्ट्र मन्त्रालयमार्फत गरिएको छ ।मंगलबार निकालिएको परराष्ट्रको विज्ञप्तिले रामायण सर्किट र त्यसैको कम्पोनेन्टका रुपमा अयोध्या(जनकपुर बस सेवासम्बन्धी सम्झौतालाई स्मरण गरेको छ, जुन सम्झौतामा सन् २०१८ मा नेपाल र भारतका प्रधानमन्त्री ओली र मोदीले गरेका थिए ।प्रधानमन्त्री ओलीले भगवान रामको जन्म पर्साको ठोरीमा भएको दाबी गरेकै भोलिपल्ट परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर विवाश पञ्चमी, रामायण सर्किट र अयोध्या(जनकपुर बससेवाको स्मरण गर्नु भनेको प्रधानमन्त्रीको दाबीको सांकेतिकरुपमा खण्डन गरिएको अर्थमा सहजै बुझ्न सकिन्छ ।
प्रधानमन्त्री ओलीले सोमबार व्यक्त गरेको धारणाबारे कुनै पनि थप ब्याख्या गरेका छैनन् । तर, उनको सबैभन्दा निकटमा रहेका नेताहरुसमेत ‘प्रधानमन्त्रीज्यूले यस्तो नबोल्नुभएको भए राम्रो हुन्थ्यो’ भन्छन् ।उता पार्टीका उपाध्यक्ष वामदेव गौतमले भने प्रधानमन्त्रीको अभिव्यक्तिको खुलेरै आलोचना गरेका छन् । यस्तो तथ्यहीन अभिव्यक्ति दिएकोमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने नेता गौतमको भनाइ छ ।उपाध्यक्ष गौतमले भनेका छन्, ‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ, त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु ।’
भगवान रामको जन्मभूमिबारे विवाद निकालेर प्रधानमन्त्री ओलीले मूल राजनीतिक समस्याहरुलाई विषयान्तर गर्न खोजेको नेकपाका अर्का नेता भीम रावलको टिप्पणी छ ।
नेपाली कांग्रेसका नेताहरु डा। शेखर कोइराला, विश्वप्रकाश शर्मा लगायतले पनि प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले कूटनीतिक सम्बन्ध खलल पुर्याउन सक्ने भन्दै आलोचना गरेका छन् ।पूर्वपरराष्ट्रमन्त्रीहरु कमल थापा, रमेशनाथ पाण्डे लगायतले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्रीले चर्को आलोचनाको सामना गर्नुपरेको छ ।प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिका कारण आगामी साउन २ गते बस्ने भनिएको पार्टीको स्थायी कमिटीको बैठक फेरि विषयान्तर हुन सक्ने सो पार्टीका नेताहरुले चिन्ता प्रकट गरेको छन् । यसखघि पनि मदन भण्डारी जयन्तीका दिन प्रधानमन्त्रीले आफूलाई भारतले हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीका नेताहरु लागेको टिप्पणी गरेपछि पार्टीको बैठक भड्किएको थियो ।
भारतीय हिन्दूवादी उत्तेजित
प्रधानमन्त्री ओलीले अयोध्याका विषयमा गरेको टिप्पणीका कारण भारतीय सन्त एवं त्यहाँका हिन्दूवादीहरु उत्तेजित हुने संकेतहरु देखिएका छन् । भारतीय मिडियामा आएका कतिपय सन्तको अभिव्यक्ति हेर्दा उनीहरुले सडक आन्दोलन गर्नेसम्मको चेतावनी दिएको पाइएको छ ।
