सिँजादर्पण जुम्ला ।।अमेरिकी दूतावासको पछिल्लो पत्रपछि बहुचर्चित मिलेनिअम च्यालेन्ज कर्पोरेशनु एमसीसी सम्झौताअन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरूले अब निर्बाध रूपमा काम गर्न पाउने स्पष्ट भएको अधिकारीहरूले दाबी गरेका छन्।नेपालको अर्थ मन्त्रालयले सोमवार एउटा विज्ञप्ति जारी गर्दै कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको जनाएको हो।यसअघि करिब छ साताअघि एमसीसी नेपालबारे अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा ती परियोजनाको सकारात्मक परिणामका लागि प्रयत्नु भइरहेको जनाइएको थियो।एमसीसी निरन्तरताुको चर्चा हालसम्मको प्रगति र महालेखाले उठाएका प्रश्नबारे थाहा पाउनुपर्ने कुरा । त्यसयता गत जुन तेस्रो साता एमसीसी नेपालबारे अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा परियोजनाको सकारात्मक परिणामका लागि प्रयत्नु पनि भइरहेको उल्लेख थियो। गत साता जुलाई २४ तारिखमा आएको पछिल्लो पत्रबाट भने परियोजना निरन्तर अगाडि बढ्न सक्ने स्पष्ट भएको अर्थ मन्त्रालयले जनाएको छ।
