Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

उपत्यकामा अब बस भाडा तिर्न नगदको साटो यात्राकार्डको प्रयोग l


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, साउन ९, २०७७

उपत्यकामा अब बस भाडा तिर्न नगदको साटो यात्राकार्डको प्रयोग l

सिजादर्पण,काठमाडौँ lसंघीय राजधानी काठमाडौंका १५ सय सार्वजनिक यातायातका साधनमा इ–टिकेटिङ प्रणाली जडान हुने भएको छ।फिनटेक इन्टरनेशनलले २० वटा सार्वजनिक यातायात समितिरकम्पनीका करिब १५ सय सवारीमा उक्त प्रणाली जडान गर्न लागेको हो।कम्पनीले तत्काल ५ सय बसमा प्रविधि जडानको गृहकार्य सुरु गरेको छ। एक हप्ताको परीक्षणपछि बाँकी सवारीसाधनमा प्रविधि जडान हुने कम्पनीले जनाएको छ।तीन वर्षदेखि इ–टिकेटिङ क्यासलेस कार्ड० सिस्टमा जडानका लागि सुरु गरेको काम अन्तिम चरणमा पुगेको फिनटेक इन्टरनेशनलका महाप्रबन्धक हेमन्त अग्रवालले जानकारी दिए।‘३ वर्षदेखि यो प्रोजेक्टमा लागिरहेका छौँ’, अग्रवालले सिजादर्पणसँग भने, ‘फिनटेक इन्टरनेशनलले राष्ट्र बैंकबाट आशयपत्र पाइसकेको छ। केही समयभित्रै हामी सम्झौता भएको बसमा सिस्टम जडान गर्छौँ।’
२० वर्षदेखि प्रविधि क्षेत्रमा कार्यरत अग्रवालले भारतका विभिन्न सहरमा प्रयोग भइरहेको सफ्टवेयर नेपालमा ल्याउनलागेका हुन्। विश्वका अधिकांश देशमा यात्रा गर्दा क्यास ९नगद० नभई कार्डमार्फत भाडा तिर्ने अभ्यास भइसके पनि नेपालमा भने अझै नगद प्रणाली नै चलिरहेको छ।
‘विदेशमा चलिरहेको प्रविधि नै नेपालमा ल्याउन खोजिरहेका हौँ। कार्ड मेसिनमा छुनेबित्तिकै पेमेन्ट भइहाल्छ’, उनले भने, ‘यो अफलाइन सिस्टम हो। कम्पनीले उपलब्ध गराउने कार्ड एटीएमजस्तो पिन नम्बर हान्नुपर्ने वा स्वाप गर्नुपर्दैन। हामीले उपलब्ध गराउन थालेको कार्ड मेसिनमा कार्ड छुवाउनेबित्तिकै पैसा काटिहाल्छ।’मोबाइल एप वा एटीएम कार्डमार्फत पैसा तिर्नको लागि अनलाइन सिस्टम वा इन्टरनेट आवश्यक हुन्छ। अकाउन्टमा पैसा छ कि छैन, हेर्नुपर्छ। त्यसको लागि समय लाग्छ। सार्वजनिक यातायातमा धेरै समय लाग्यो भने समस्या हुन्छ।
यस्तो हुनेछ कार्ड

नगदै भाडा दिने प्रणाली विस्थापन गर्न कम्पनीले कार्डको प्रयोग गर्नलागेको हो। यसलाई ‘भ्यालु स्टोर्ड कार्ड’ भनिने उनले जानकारी दिए।अग्रवालका अनुसार नेपाल राष्ट्र बैंकले कम्पनीलाई ५ सय वटासम्म कार्ड बिक्री गर्ने अनुमति दिएको छ।उनले भने ‘नक्कली कार्डको दुरुपयोग नहोस् भनेर राम्रो कार्डको बनाउँदा त्यसको मूल्य भने १५० देखि १८० रुपैयाँसम्म पर्छ। तर कम्पनीले हाल नेपालमा नयाँ प्रविधि वा प्रयोग भएकाले ५० रुपैयाँ डिपोजिट लिन्छ।’
कसरी प्रयोग गर्ने?
कार्ड प्रयोगकर्ताले बस स्ट्यान्डमा भएको डिपो वा सहचालकसँग भएको मेसिनमार्फत आफ्नो टपअप अथवा रिचार्ज गर्न सक्छन्। एकपटक कार्ड किनेपछि पुनः कार्ड किन्नु नपर्ने अग्रवालको भनाइ छ। उनका अनुसार कार्डमा पैसा हाले मात्रै हुन्छ। कुनै कार्ड प्रयोगकर्ताले कार्ड प्रयोग नगर्ने भन्यो भने उसले कार्ड फिर्ता गरेर डिपोजिट गरेको ५० रुपैयाँ फिर्ता पाउने उनले जानकारी दिए।बसमा प्रयोग हुने प्रविधि सबै कम्पनीले नै उपलब्ध गराउँछ। यस्तो प्रविधिले ट्राफिक प्रहरीले कुन ठाउँमा कति बस चलिरहेको छ भन्ने थाहा पाउन सक्छन्। कुन बसमा कति यात्रु छन् भन्ने पनि उक्त प्रविधिमार्फत ट्राफिक प्रहरीले हेर्नसक्ने उनी बताउँछन्।
विदेशमा आइसकेको प्रविधि
कम्पनीले विदेशमा आइसकेको प्रविधि नै नेपालमा भित्र्याउनलागेको हो।
उनले भने, ‘विदेशमा यो कार्डको प्रयोग बस र मेट्रोमा प्रयोगमा आइसकेको छ। ट्राफिक व्यवस्थापन गरेर यातायात व्यवस्थालाई नै अर्गनाइज गर्छ।’लकडाउन खुलेसँगै अब बस सञ्चालनमा आउन सुरु गरेका छन्। फिनटेकले सम्झौता भएका कम्पनीमा अब उक्त प्रणाली जडान सुरु गर्ने तयारी गरेको छ।
‘चालक र सहचालकलाई तालिम हामी आफैँ प्रदान गर्छौँ। कार्ड वितरणका लागि महानगरपालिकासँग मिलेर बस स्ट्यान्डबाटै कार्ड बिक्री गर्नुपर्छ। तत्कालै अटोमेटिक सिस्टम ९स्वचालित प्रणाली० लागू गर्न नसके पनि बस स्ट्यान्डमा कर्मचारी राखेर काम गर्दै छौँ। यात्रुहरुले कुनै पनि बस स्ट्यान्डमा कार्ड किन्ने व्यवस्था गछौँ।’
कति दूरी यात्रा गर्यो भनेर कसरी थाहा पाउने?
कम्पनीले काठमाडौंका सबै सडकको डिजिटल म्यापिङ गरेको छ। हरेक बस स्टपको दूरी कति छ भन्ने गणना भइसकेको छ। यात्रु जब बसमा चढ्छ। उसले क्यासबाट रकम तिर्छु भने पनि रसिद पाउने सिस्टम हरेक बसमा जडान हुन्छ।
त्यो रसिदमा कुन यात्रु कुन स्टेसनमा चढ्यो र कुन ठाउँमा उत्रियो भन्ने सबै बसमा जडित सफ्टवेयरले नै पत्ता लगाउँछ। त्यसमा यातायात व्यवस्था विभागले कति दूरीको लागि कति भाडा तय गरेको छ, सोहीअनुसार रसिद त्यहाँ आउँछ।
यात्रुको पैसा बचत
अहिले १३ रुपैयाँ भाडा भएको ठाउँमा धेरैजसो बसहरुले १५ रुपैयाँ लिन्छन्। १७र१८ रुपैयाँको ठाउँमा २० रुपैयाँ लिन्छन्। यसले गर्दा यात्रु पनि ठगिने गरेका छन्। यात्रुसँग कार्ड हुँदा जति रुपैयाँ भाडा हो। त्यतिमात्रै काटिन्छ।
अर्कोतर्फ यात्रुले समेत कतिपय अवस्थामा झुक्याउने गरेका छन्। चढेको ठाउँको नाम नभनी कम दूरीको अर्को ठाउँको नाम भन्दा बस व्यवसायीलाई पनि घाटा हुने अवस्थामा प्रविधिको प्रयोगले यो समस्याबाट पनि मुक्ति मिल्नेछ। यो प्रविधि जडान गरेपछि कसैले कसैलाई ढाँट्न नपाउने भएकाले सबै पारदर्शी हुने अग्रवालको दाबी छ।यात्रुको लागि मात्रै होइन, यातायात व्यवसायीका लागि पनि कार्ड प्रणाली सहज हुने उनले बताए। बसमा जडान मेसिनबाट यात्रुको मोबाइलमा रिचार्ज समेत गरी थप आम्दानी सहचालकले गर्नसक्ने सुविधा पनि हुनेछ।यस्तो प्रविधि प्रयोगपछि दिनभरि चलेको बसमा भएको कारोबार बैंकको सम्बन्धित खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ। त्यसका लागि बसमा जडित सिस्टम लगआउट गर्नुपर्ने उनको भनाइ छ।

कम्पनीले दोस्रो फेजमा के गर्दै छ त?
फिनटेक इन्टरनेशनलले दोस्रो फेजमा बस स्ट्यान्डमा डिस्प्ले राख्ने योजना बनाएको छ। यो प्रणालीमा बस पर्खिरहेका यात्रुले आफू जाने गन्तव्यको बस कति बेला आउँछ भन्ने थाहा पाउँछन्।
त्यसैअनुसार नेपालको यातायात क्षेत्रलाई प्रविधियुक्त बनाउने हाम्रो लक्ष्य छ’, उनले भने। अबको केही वर्षमा विदेशमा जस्तो ‘स्मार्ट ट्रान्सपोर्ट’ क्षेत्र निर्माण गर्ने उनको दाबी छ।अहिले लामो दूरीका यात्रुहरुले टिकट काट्नका लागि बस काउन्टर धाउनुपर्ने व्यवस्था छ। फिनटेकले अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्ने योजना बनाएको छ।यसबाहेक लामो दूरीको यातायातको लागि पनि सरकार र यातायात व्यवसायीसँग समन्वय गरी ‘यात्रा कार्ड’ ल्याउने तयारी गरेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn