Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेकपाको कार्यदिशा आयातमुखी र अनुदानमुखी बन्नु कम्युनिष्टलाई खतरा !


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, साउन २७, २०७७

नेकपाको कार्यदिशा आयातमुखी र अनुदानमुखी बन्नु कम्युनिष्टलाई खतरा !

यो मुलुकले गरिवीको ७ औ स्थान कटाउन थालेको छ । नेपालको कुल भुभाग मध्य १७ —१९ प्रतिशत भुभागमा कृषि खेती हुँन्छ । अरु सबै भुभाग उच्च हिमाली ,मध्य पहाड र सिवालिक पहाडले आगटेको छ । उत्पादनका दृष्टिकोणले नेपालको भुभाग १७—१९ प्रतिशत मात्र देखिन्छ । झण्डै ७९—८० प्रतिशत भुभाग आयतमुखी कृषि उत्पादनमा निर्भर देखिन्छ । नेपालको कृषि उत्पादन निर्वाहमुखि प्रणालीमा आधारित छ । अनि नेपालमा बढीमा ९५ प्रतिशत जनता कृषिमा आश्रित भए पनि बैज्ञानिक खेती प्रणालीको विकास गर्न नसक्नु , कृषि प्रणलीलाई औधागिक कृषिमा रुपान्तरण गर्न नसक्नु,गाँउ घर वा ग्रामिण् वस्तीहरुमा परम्परावादी कृषि प्रणालीमा कृषकहरुका विश्वास रही रहनु आदि कारणले नेपालीहरु अति विपन्न , गरिव र मध्यम वर्गिय चरित्रका छन् । यस्तो प्रकारको परआश्रित मानसिकता, रुढावादी सोचाई र ढुलमुले चरित्रले नेपाली अर्थ व्यवस्थाले उल्लेखनिय विकास हुन सकेको छैन । नेपाल अहिले पनि झण्डै ८० प्रतिशत उपभोग्य वस्तुहरु आयात गर्द छ भने २० प्रतिशत मात्र निर्यातमा अढिएको छ । नेपालको कुल भुभाग मध्ये ७९— ८० प्रतिशत भुभाग हिमाल, पहाड र मध्य पहाडले ओगटेको छ ।

त्यो भुभागमा न्युन उत्पादन हुन्छ । भौगोलिक विकटता, दुर्गमता, अनउत्पादकत्व भुगागको बढोत्तरी पछौटेपन, अशिक्षा , गरिवी, पिछडिएका चिन्तन र सोचाई, राज्यको उपल्लो निकायहरुमा सस्थागत आर्थिक, राजनैतिक भ्रट्राचार , वर्ग—वर्ग र जात समुदाय वीचको विभेद त्यस भित्रको आर्थिक र सामाजिक शोषण ,विभेद र विसगतिपुर्ण क्रियाकलापले नेपालमा विकासका अवरोधहरु बन्न पुगको छन् । अनि नेपाली जनताको गरिवी, अशिक्षा र परआश्रित मानसिकताबाट नेपालका राजनेताहरुले समुहगत अर्थात दलगत स्वार्थ लिई रहेकाछन् । अभाव र गरिवीको फाईदा नेपाली दलहरुले उठाउने गरेका छन् अर्थात नेपालमा बढदो गरिवीको फाईदा नेपालका कम्युनिष्ट नामका नामधारी दलहरुले लिई रहेका छन् । जस्ले गर्दा विभार र दर्शनले विजातिय पार्टी नेपाली काङग्रेस र राप्रपा जस्ता दलहरुले कम्युनिष्टहरुको हाासीमजा गदै वास्तविक रुपमा कम्युनिष्ट दर्शन र विचार बोकेका दल र समुहहरुलाई असजिलो बनाएका छन नामधारी कम्युनिष्टहरले । जहाँ गरिवी, रोग, भोग,अशिक्षा, शोषित, पिडित जनता बढी तड्पिएका हुन्छन् ,त्यहाँ कम्युनिष्ट पार्टीका आर्दशवादी नाराले बढी काम गर्दछन् । त्यस मुलुकमा कम्युनिष्ट विचार प्रभाव छिटै फष्टाउने भएकोले नेपालमा गरिव उन्मुलन र मुक्तिका नारा फष्टाएको छ,यो नारा उचाल्नेहरुको स्वार्थको खेती राम्रै भएको छ । त्यसैले नेपालमा कम्युनिष्टहरु छिट्टै नेतृत्व हातमा लिन सफल भएका छन् । ती कम्युनिष्टहरु गरिवी र उत्पिडन मुक्तिका खोक्रा नारामा सत्ता वा सरकारको नेतृत्वको लागि आरोह र अवरोह गरी रहेका हुन्छन् । कम्युनिष्ट पार्टीहरुमा गरिवी हटाऊ र वर्गिय मुक्तिका नाराका विषयलाई लिएर विशेष गरेर पार्टीहरुमा ठुलो स्वार्थको मतभेद भएर पार्टीहरु नै फुटने ,टुटने,गुटबदी हुने र अनि जुटने भई रहको छन् ।

जस्ले गर्दा आन्तरिक गुटबन्दी र टुटफुटको उपयोग गर्ने वैदेशिक हस्तक्षेप बढने हून्छ । नेपालको भुमिमा कम्युनिष्ट पार्टीहरुले माक्र्सवाद जस्तो बहुआयामिक वैज्ञानिक दर्शन २००६ साल देखि बोकेर पनि त्यसको द्धन्द्धात्मक भौतिकवादी प्रक्रियाको विकसित परिस्थितिको उपयोग गर्न नसकेर ती नेतृत्वहरु असफल हुँदै गएका छन् । ती नेतृत्वहरुले माक्र्सवादको नाममा आर्दशवादको खेती गरेर नेतृत्वमा वसी राख्ने र पद, पैसा ,गुट,र स्वार्थ सत्ताको खेलले गर्दा नेपाली जनताले प्रत्यक्ष रुपमा दुःख पाई रहेको अवस्था छन् । सिद्धान्ततः विकसित परिस्थिति ,जनताको चाहाना, आवश्यकता, माग र बदलिदो विज्ञान एवम् प्रविधिको युग अनुसार कम्युनिष्ट वा साम्र्यवादी दर्शन वा सिद्धान्तको उपयोग गर्न नसक्नु अर्थात वस्तुगत र आत्मगत परिस्थिति अनुसार उपयोग गर्न नसक्नु नै कम्युनिष्ट पार्टीहरु नेपालमा जनताका लागि अभिशाप हँुन कि भन्ने भ्रम पर्न गएको छ ।यर्थाथमा त्यो पटकै होईन, यसको उपयोग देश,काल,परिस्थिति, जनअपेक्षा र विकसित युगको माग अनुसार उपयोग गर्न नसक्नु र बदलिदो परिस्थिति अनुसार यसको सैद्धान्तिक रुपमा रुपान्तरण सहितको परिमार्जन एवम् व्याख्या गर्ने विषयमा मतभेद र ढिलाई गर्नुले पनि माक्र्सवादी अनुयायीहरु वीच समस्या आएको हो । माक्र्सवादको नाममा पुराना दलहरुले गरेको उपयोगवादको नाममा गरेको बेईमानी र घुत्र्याईले पनि माक्र्सवादी दर्शनमा अविश्वास बढन गएको पक्कै हौ ।

नेपालमा कम्युनिष्ट पार्टीहरु २००६ साल यता माक्र्सवादको नाममा रुढावादी विचार लागु गर्ने, पार्टीलाई मठमन्दिर बनाउने वा त्यसको प्राधिकार आफुलाई बनाउने, पार्टीको शक्ति र सरकारलाई निश्चित गुटको पेवा बनाई कमाई खाने भाँडे बनाउनु , एकले अर्काको अस्तित्व स्वीकार नगर्ने वा खुईल्याउने , विदेशीको योजना अनुसार प्रयोग हुने र कम्युनिष्ट सिद्धान्तलाई यान्त्रिक वा जटशुत्रीय ढगले उपयोग गर्ने परम्परावादी सोचका कारणले कम्युनिष्ट नेता तथा कार्यकर्ता २१ औ शताब्दीको विकसित युगमा पनि आलोचित भई रहनु अस्वाभाविक होईन । यस्तै यस्तै सोचाई र व्यवहारले गर्दा जनताको नजरमा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु कोही नव सामान्तबाद, नव पुँजीवादका वा नोकर शाही पुजीवादका दलाल तथा नव उदारवादका शिकार भएका छ । कोही अमेरिकी साम्राराज्यवाद तथा भारतीय विस्तार तथा नव उपनिवंशवादी एंव साम्राज्यवादीका नोकर भएका विषय नेपाली कम्युनिष्ट आन्दोलनमा उठी रहेका छन । नेता तथा पार्टीका नेतृत्व तहमा लागेका व्यक्तिहरुको कार्य व्यवहार र स्वार्थले गर्दा कम्यनिष्ट आन्दालोनले भए नभएका आरोप खप्नु परेको छ । यो रोगबाट मुक्ति पाउनका लागि नेपाली जनता तथा कार्यकर्ताहरुले आफै भित्र ठुलो अन्तर सघर्ष चर्काउनु अति आवश्यक छ । निश्चितः रुपमा यो दर्शनलाई २१ औ शताब्दीको विकसित युग, विभिन्न लोकतान्त्रिक पद्धती, भुमण्डलिकृत परिस्थिति र जनताको माग एवम् आवश्यकता अनुसार उपयोग गरिनु पर्छ ।

बदलिदो परिस्थिति अनुरुप माक्र्सवादको उपयोगः

माक्र्सवादलाई शद्धिकरण गरि समृद्धिकरण तर्फ उपयोग गर्नका लागि नेपाली कम्युनिष्ट आन्दोलनका मुख्य धारहरु अन्तर्गतका ईमान्दार खेमाहरु अति गम्भिर हुनु आवश्यक छ ।शुद्धिकरणसँग सँगै समृद्धिकरणका साथ माक्सवादको आयमहरुमा नयाँ युग सुहाउदा व्याख्याको आजको आवश्यकता हो । माक्र्सवादको उपयोगका नाममा यसको सारतत्व वा बैज्ञानिक पक्षलाई तोड्मोड् गर्न , गुदी विषयलाई छोड्ने र शक्ति सञ्चयका नाममा विेदेशीहरुको गोटी बन्ने प्रवृत्तीबाट नेपाली कम्युनिष्ट आनदोलनलाई बचाउनु पर्छ । सत्ता भोग र स्वार्थका लागि कहिले वामपन्थी अवसरवादी बन्ने र घोर दक्षिणपन्थी बन्ने प्रवृतीबाट पनि कम्युनिष्ट आन्दोलनलाई जोगाउनु पर्छ । तर २१ औ शताब्दीको विकसित विज्ञान , प्रविधि र भुमण्डलिकृत समाज एवम् विकासको गति पकड्ने तर्फ सोच्नै पर्छ ।विकसित युग, बदलिदो परिस्थिति , प्रविधिको युगलाई आत्मसाथ गर्ने गरि माक्र्सवादी दर्शनलाई परिमार्जन र परिस्किृत गनै पर्छ । विश्वमा १७ औं १८ औ शताब्दीको माक्र्सवादको व्याख्या र उपयोग २१ औ शताब्दीमा गर्न सकिदैन । त्यसैले युग, परिस्थिति, जनभावना र आवश्यकता अनुसार यसको उपयोग बैज्ञानिक ढगले गर्न सकिएमा माक्र्सवादको सही प्रयोग हुन जाने निश्चित छ । यसको उत्पत्तीको कालदेखि हालसम्म विश्वका शोषित, पिडित ,अधिकारविहिन वर्गको हरेक हक, हित, अधिकार प्राप्ती तथा शोषण, दमन एंव विभेदको अन्तखातिर सर्वाेकृष्ट मानिएको भौतिकवादी वैज्ञानिक सिद्धान्तमा आधारित माक्र्सवादी दर्शन आज पनि अजय दर्शनको रुपमा विश्व राजनीतिमा क्रियाशिल छ । तर विश्व समाज भुमण्डलिकृत भएको छ । यो अवस्थालाई बुझेर नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढन सकेमा यो विज्ञानले नयाँ फडको मार्न सकिने थुप्रै सम्भावनाहरु छन ।

त्यसैले नेपाली कम्युनिष्ट पार्टीहरु जडशुत्रवादी र यान्त्रिक होईन,माक्र्सवादको द्धन्द्धात्मक भौतिकवादी पक्षलाई आत्मसाथ गरेर अग्रगामी समाज रुपान्तरणमा लाग्न सक्नु पर्छ । समयको आत्मगत र वस्तुसगत अवस्थालाई नबुझी ,विश्लेषण नगरि माक्र्सवाद नै असफल भयो भन्ने हाउँगुजी सृर्जना गर्नु पनि नेपालका बौद्धिक क्षेत्र, कम्युनिष्ट नेतृत्वको बौद्धिक अपरिपक्ता नै मान्नु पर्छ । आज भन्दा दूई दशक भन्दा अगाडि रुसमा ग्यलासनोस्ट र पेस्त्रोईकाको नाममा अर्थात खुलापन र आर्थिक उदारिकरणका नाराले रुसलाई जसरी गोर्वाचोवादी बनायो । त्यो राग नेपाली कम्युनिष्ट आन्दोलनका नेता तथा कार्यकर्तालाई प्रभावित नपारोस । खुलापन र आर्थिक उदारीकरणको अनियन्त्रित र अव्यवस्थित तौरतरिकाबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउने तर्फ सबै सर्तक हुनै पर्छ । हिजो भन्दा आजको विज्ञान र प्रविधिको विकासले ल्याएको परिस्थितिमा मानविय आवश्यकता,उद्धेश्य, काम,व्यवहार ,कार्य शैली ,सोचाई तथा उद्यमहरुमा परिवर्तन आई रहेको अवस्थामा पुरानै प्रविधि र सोच विचार तथा कार्य शैलीले मुलुक वा विश्व चल्न सक्दैन । त्यसैले माक्सवादको रुपान्तरकारी विचारलाई एतिहासिक भौतिकवादको दन्द्धवादात्मक सिद्धान्त अनुसार पुनः व्याख्या र परिमार्जनको गरि अगाडि बढनु पर्छ ।
विश्व राजनैतिक फाँटमा एकातर्फ पुजीँवादी विकास नयाँ ढगले विकसित भई रहेको र अर्काे तर्फ माक्र्सवादी अर्थात् कम्युनिष्ट दर्शनले पनि परिस्थिति अनुसार परिमार्जन,परिस्किृत व्याख्या र विश्लेषणको वहस चलि रहेको अवस्थामा यसको औचित्य नै सकियो कि भन्ने विश्लेषण पनि दक्षिणपन्थी सोच हो ।

यसबाट कम्यनिष्ट आन्दोलनलाई बचाउन सबै लाग्नै पर्छ । दुई पक्षिय सघर्ष चालिरहे कै अवस्थामा आजको २१ औं शताब्दीको विज्ञान र प्रविधिको युगसँग यस दर्शनको महत्वको उपयोग गर्नु नै बुद्धिमानी हुन्छ । त्यसैले माक्र्सवादी वा कम्युनिष्ट दर्शन निरन्तर समाजको सापेक्षिक परिवर्तनसँग संगै अगाडि बढी रहेको हुन्छ । त्यसैले यस दर्शनको उपदयता परिस्थिति अनुसार उपयोग नै बढी वद्धिमानी र बैज्ञानिक हुन जान्छ । यस दर्शनका प्रार्दुभावकर्ता माक्र्सले माक्सवादको उपयोग र प्रयोग गर्दा देश,काल, परिस्थिति र जनताको आवश्यकता अनुसार गर्ने विषयमा सचेत रहनु पर्ने सुझाएका छन् । यो दर्शन बहुआयामिक र निरन्तर अग्र परिवर्तनका लागि बढी रहेने सिद्धान्त भएकोले यसको भावलाई परिस्थितिको आवश्यकता अनुसार बुझेर लागु वा इम्पीलीमेन्ट गर्न सक्नु नै बद्धिमानी हुन जान्छ । यसको मर्म ,उद्धेश्य र परिस्थिति अनुसार जनताको आवश्यकता अनुसार प्रयोग र उपयोग गर्ने विषयमा गहन रुपमा खुला वहस,छलफल र अन्तर सम्वाद नगरि यसको असफलताको व्याख्या गर्न कसैलाई सुहाउदैन । तसर्थ यो माक्र्सवादी दर्शनको सारतत्व एतिहासिक द्धन्द्धात्मक भौतिकवादी पक्षलाई २१ औ शताब्दीको विज्ञान र प्रविधिको विकास र उपलब्धी अनुसार परिमार्जित र परिस्कृर्त ढगले चल्नु पर्छ । यसको सारत्वलाई समयको माग, आवश्यकता, वस्तुस्थितिलाई जनताको आत्मगत अवस्थालाई बुझेर उपयोग गरिने हो भने यो दर्शनले २१ औ शताब्दीमा अझै लोकप्रिय हुन जाने छ । यसको प्रयोग र उपयोग तलदेखि माथिसम्म एक समान ठोस कार्यक्रम बनाएर वस्तुस्थितिलाई विश्लेषण गरि अगाडि बढन सकने हो भने १५—२० बर्षमा नेपाली समाज स्व—निर्भर हुन जाने निश्चित छ । यसरी अगाडि बढने हो भने माक्र्सवादमा समस्या थपिदैन ।

यस दर्शन र विचारको गलत उपयोग गरि व्यक्तिगत फाईदा वा गुटवाद चलाउने नेता तथा नेतृत्वहरु नेपालबाट मात्र होईन विश्व कम्युनिष्ट आन्दोलनबाट पलायन अवश्य हुने छन् । विश्वमा यो सिद्धान्तको प्रार्दुभाव भए यता यसको दुरपयोग गर्नेहरु विश्वको ईतिहासमा संशोधनबादी, गद्दार, धोकेवाजा तथा कँलकित एवम् वर्गसमन्वयकारी भएका छन् । नेपालको एतिहास पनि २००६ साल देखि हालसम्म आँउद थुप्रै नेताहरुले यसको गलत प्रयोग तथा माक्र्सवादको सारतत्वलाई आफु खुशी व्याख्या गर्ने र यसबाट व्यक्तिगत स्वार्थ फाईदा लिनेहरु जनताको दृष्टिमा कँलकित भएका छन् । जनताका नाममा मुक्तिका कुरा गर्ने तर आफ्नो स्वार्थ पूर्तिका लागि माक्र्सवादलाई उपयोग गरि बदनाम बनाउनेहरुलाई जनताले चिनेर अर्थात् बुझेर चुनाव वा अन्य कुनै स्थानबाट नाङ्गेझार पार्नु पर्छ । माक्र्सवाद एक सृजर्नाशील रुपान्तरणकारी वैज्ञानिक पद्धती भएकाले यसको प्रयोग वा व्याख्या गर्द बहुसख्यर्क (शोषित पिडित)वर्गको हितमा यसको सारतत्वलाई उपयोग गर्ने र यसको गलत प्रयोग गर्ने , यसबाट आफनो व्यक्तिगत स्वार्थ पुरा गर्न गलत अर्थमा व्याख्या गरेर यसको प्रयोग गर्न खोज्ने देखि होशियार हुनै पर्छ । तर श्रृजनात्मक विकास तथा प्रयोगको नाममा यसको सारतत्वलाई समाप्त गर्नु हुदैन् । माक्र्यवाद एक आत्मा निर्भर, स्वाचालित , स्व—निर्भर ,स्वाभलम्वी ,स्व—श्रम गरेर बाच्न सक्ने बहुआयामिक र निरन्तर अगाडि बढन प्रेरणा दिई रहने बैज्ञानिक सिद्धान्तमा आधारित दर्शन भएकोले यसको उपयोग गर्दा राजनैतिक विकाससँगसँगै आर्थिक विकास वा समृद्धीमा जोडेर एकैसाथ नयाँ परिस्थिति अनुसार अगाडि बढाउदै लैजानु पर्छ ।

त्यसैले यसको उपयोग गर्दा विचार पक्षलाई छोड्र आर्थिक पक्षलाई मात्रै ध्यान दिने वा व्याख्या गर्न गरेमा यसका उपयोगकर्ता अर्थात् नेतृत्व वर्ग दक्षिणपंथि भासमा फस्ने र विचारको कुरा मात्रै गर्दा नेतृत्व वर्ग उग्रबामपंथि भासमा फस्ने भएकोले आर्थिक र राजनैतिक पक्षलाई माक्र्सवादको अनुशासन र विचारसंग जोडर अगाडि लैजानु आजको प्रथम आवश्यकता र चुनौति भएकोले नेपाली कम्युनिष्टहरुले यसतर्फ गम्भीर भएर लाग्नु पर्ने देखिन्छ । हिजोका दिनहरुमा चाहेँ कुनै पनि कम्युनिष्ट पार्टीहरु किन नहुन तिनीहरुले जनता र देशको मुक्तिको पक्षमा जुन आवाजहरु उठाएका थिए ति आवाज वा नाराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न लाग्नु पर्छ । जनताका मुक्तिका कुरा गरेर जनतालाई नै अलमल्याउनु ईमान्दारीता नहुने भएकोले आफुले उठान गरेका नाराहरु कार्यन्वयन गर्न तर्फ लाग्नु नै बुद्धिमानी तथा बास्ताविक नेतृत्वको पहिचान हुने भएकोले त्यसै अनुरुप अगाडि बढनु न्यायोचित हुन जान्छ । परिस्थितिलाई बुझौ, जनताको माग आवश्यकता अनुसार यसको प्रयोग र उपयोग गर्न सोचौ । नाम र कुराले मात्रै नेपाली समाजको विकास हुन नसकेको विषयमा हामी सबै जानकार भई सकेकाछौ ।

त्यसैले नाम ,झण्डा र लोगो कम्यनिष्टको राखेर मात्र हुने भए २००६ मै मुलुकमा समाजवाद वा साम्यवाद आई सक्थ्यो तर नेपालमा त्यसो भएन किन ? नाम, झण्डा र लोगोको प्रयोगले मात्रै समाजवाद र वा साम्यवाद लागु हुने भए माक्र्स जम्मेको देश जर्मन, माओजम्मे देश चीन, लनिन जम्मेको देश रुस आदिमा पुर्ण रुपमा समाजवाद लागु भैसक्नु पर्ने थियो । अहिले विश्वमा साम्यवाद आईसक्नु पर्ने थियो ।तर त्यसो भएन किन कि त्यो दर्शन अनुसार र बदलिदो विश्व परिवेश अनुसार माक्र्सवादको बैज्ञानिक प्रयोग र उपयोग गरिएन । केवल नाराको भरमा नेतृत्व र दलहरु चले,अनि यसमा आर्थिक विकास राजनैतिक आन्दोलनसँग सँगै आर्थिक क्रान्ति वा विकास गर्नु पर्ने विषयमा ध्यान पुगेन ।

अर्को तिर पँुजीवादीहरु यो विषयमा ज्यादै अगाडि बढे अर्थात विश्वको अवस्थालाई उनीहरुले छीटो बुझे । कम्यनिष्टहरु ढिलो भए । आजको बुझाई र गराईको समस्या यही हो । हामीहरुले पनि विश्वको भुमण्डलीरण विकासको गति र विज्ञान एवम् प्रविधिको वर्तमान विकासको गतिलाई बिश्लेषण गरेर माक्र्सवादी विज्ञानलाई त्यसै अनुरुप अगाडि बढाउने चुनौतिपुर्ण मार्ग समात्न तयार हुनै पर्छ । कठिन बाटो छोडेर ,सजिलो मात्रै खोज्न लाग्यौ भने हामी माथि आरोपका थुप्राहरु मात्र थुपारिने छन् । अनि हामीहरु त्यसैमा अल्जिने छौ । विराधीहरु अगाडि बढने छन् ।

त्यसैले विराधीहरुलाई खेल्ने र खलाउने मौका नदिनु नै हाम्रो बुद्धिमानी हुने छ ।
अतः वर्तमान बदलिदो परिस्थितिमा माक्र्सवदको ऐतिहासिक भौतिकवादी दन्द्धानत्क पद्धतिलाई २१ औ शताब्दीको वस्तुगत र आत्मगत परिस्थितिलाई विश्लेषण गरेर माक्र्सवादलाई पुनः व्याख्या,परिमार्जन,शुद्धिकरण सहित समृद्धिकरण गरिनु पर्छ । १८ औ शताबदीमा देखापरेका अप्टयारा,असजिला,कमिकमजोरीलाई सच्याएर यसका विच विचमा भएका गरिएका आन्दोलन,सघर्षबाट समिक्षा गदै अबका हरेक आन्दोलन वा सघर्षलाई विचार र सिद्धान्तको वैज्ञानिकतासँग दाँजेर अगाडि बढनु पर्छ । आजको गोलोबल युगमा नवउदारवादी पुँजीवाद वा डलरवादसँग वैचारिक युद्ध नै गर्नु पर्छ । विश्व साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले युद्धको तौरतरिक वा हस्तक्ष्ेपको तरिकामा बदलाब ल्याई विश्वका विकासन्मुख मुलुक माथि हस्तक्षेप गर्ने वा डलर साम्राराज्यवाद लागु गर्न थालेको कठिन युगमा माक्र्सवादको पुरानो कार्यशैलीको लडाईबाट उनीहरुसँग प्रतिस्पर्धा गर्न सकिदैन । तसर्थ उनीहरुसँग लडन वा प्रतिस्पर्धा गर्न हामीले पनि विकास र प्रविधिको वैज्ञानिक तौरतरिका अपनाउनु पर्छ । त्यसैले अब हामीहरु उत्पादनमुखी बन्नु पर्छ । आयातमुखी होईन,निर्यातमुखी प्रणाली तिर बढी ध्यान दिनु पर्छ ।

परनिर्भर होईन,आत्मनिर्भर पद्धती, योजना र कार्यक्रम तिर ध्यान दिनु पर्छ । परनिर्भरमुखी सोचाई,विचार र कार्यक्रमहरुलाई निरुत्साहित गरेर बढनु पर्छ । आजका नेकपाहरुले समृद्धि र आर्थिक विकासको नारा एकातिर दिने, अर्को तिर अनुदानमुखी,परनिर्भमुखी वैदेशिक सहयोग भित्रयाउने,मुलुकका अर्थ तन्त्रको ठाढो दोहन गर्ने, प्राकृतिक साधनश्रोतमा निर्यातमुखी निति पास गर्ने,निवाृहमुखी कृषि प्रणालीलाई निर्यातमुखी बनाउन औद्योगिकरण नगर्ने र विशेष गरि बिआरआईको नाममा उत्तर छिमेकीसँग ढल्कीने र अनुदानको लोभमा पश्चिामा मुलुकसँग ढल्कीने वर्तमाने नेकपाको दोयद चरित्रले नेपाली कम्युनिष्ट आन्दोलन परनिर्भरमुखी भई मुलुक आयातमुखी रोगले ग्रस्तभई कम्युनिष्ट कार्यदिशा सकिनु बेर छैन ! बेलैमा सदवुद्धि आओस ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn