Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

लिपुलेकमा ओली कूटनीतिको असली परीक्षा


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, भदौ ११, २०८२

लिपुलेकमा ओली कूटनीतिको असली परीक्षा

राजाराम गौतम

उच्चस्तरीय विदेश भ्रमणको निम्तो आउँदा नेपालको सत्तावृत्तमा एक प्रकारको हर्षबढाइँ नै हुने गर्छ । भ्रमणको निमन्त्रणा पाउनुलाई नै ठूलो उपलब्धि ठान्ने प्रवृत्ति यहाँका सबैजसो राजनीतिक नेतृत्वमा विद्यमान छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि भारत भ्रमणको ‘ग्रिन सिग्नल’ नपाउँदा निराशिएका थिए ।

चौथो पटक प्रधानमन्त्री भएको चौध महिनापछि भारत भ्रमणको मिति तय भएसँगै उनी उत्साहित थिए । झन् भदौको दोस्रो साता चीनको तियान्जिनमा हुने सांघाई कोअपरेसन संगठन ९एससीओ० को शिखर सम्मेलनमा सहभागिताको अवसर जुरेपछि त उनमा ‘डबल उत्साह’ भरिएको थियो । तर, दुइटा महत्त्वपूर्ण भ्रमणको सम्मुखमा दुई बलिया छिमेकी भारत र चीनले नेपाललाई बेवास्ता गर्दै नेपाली भूमि लिपुलेक प्रयोग गरेर व्यापार–बाटो खोल्ने सहमति गरेपछि त्यो उत्साह चिन्ता र चुनौतीमा बदलिएको छ ।

उसै पनि ओली घरेलु राजनीतिमा विरोध र घेराबन्दी खेपिरहेका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको राजनीतिमा सक्रिय हुन खोजेपछि उनी सम्पूर्ण रूपमा ‘विद्या तेजोबध’मा जुटेका छन् । उनको धेरै ऊर्जा विद्यासँगको दन्तबझानमै खपत हुँदै गर्दा दुई छिमेकी सिर्जित कूटनीतिक संकट पनि बेहोर्नुपरेको छ । यो पृष्ठभूमिमा सबैको नजर ओलीतिर छ । दुई बलिया छिमेकीको मिचाहा प्रवृत्तिविरुद्ध आसन्न चीन र भारत भ्रमणमा ओली कसरी प्रस्तुत होलान् रु के ओलीले यो भूराजनीतिक जटिलता र संकटबाट मुलुकलाई निकाल्न सक्लान् रु ओली कूटनीतिको असली परीक्षा अब यी प्रश्नको नियतिमा निर्भर रहनेछ ।

छिमेकीले बलपूर्वक सीमा मिच्नु सिंगो देशको साझा समस्या हो । मुलुकसामु आइपरेको कूटनीतिक संकट सबैको साझा मुद्दा बन्नुपर्छ । नागरिकरराजनीतिक वृत्तमा भारत र चीनको हेपाहा प्रवृत्तिविरुद्ध एकमुख लागेर प्रतिवाद गर्नुपर्छ भन्ने भाष्य बनेको पनि छ । तथापि, मुलुकको ‘ड्राइभिङ सिट’मा ओली छन् । त्यस हिसाबले यो उनको कूटनीतिक काबिलियतको परीक्षणको समय पनि हो ।

विगतमा छिमेक सम्बन्धमा संकट र जटिलता आउँदा दह्रो अडान लिन सक्ने नेताको छवि बनेको थियो, ओलीको । यो उनी पहिलो पटक प्रधानमन्त्री बन्दाको कुरा हो । भर्खरै नेपालमा संविधान जारी भएको थियो । संविधान जारी गर्दा प्रधानमन्त्री सुशील कोइराला थिए । भारतले नेपालको संविधान जारी गर्ने मिति सार्ने अनेक प्रयत्न गर्‍यो तर ओलीकै अगुवाइमा प्रमुख राजनीतिक दलहरूबीच २०७२ जेठ २५ गते भएको १६ बुँदे समझदारीको आडमा संविधान जारी भयो ।

भारतले संविधान जारी गर्दा आफूलाई ‘नपुछेको’ भनेर चिढियो । कति चिढियो भने नेपालमा नाकाबन्दी गर्ने हदसम्मै ओर्लियो । यही प्रतिकूल समयमा ओली पहिलो पटक प्रधानमन्त्री भएका थिए । एकातिर मधेशमा आन्दोलनको आगो बलिरहेको र अर्कोतिर भारतले नाकाबन्दी लगाएको प्रतिकूल समयमा विचलित नभई ओलीले एउटा कुशल नेताको भूमिका निर्वाह गरेका थिए । उत्तरी छिमेकी चीनसँग पारवहन सम्झौता गरे, पेट्रोलियमको ढुवानी गरेर नेपालको परराष्ट्र नीतिमा नयाँ आयाम नै थपे । नेपालको परराष्ट्र नीतिमा दूरगामी महत्त्वको कदम चाल्न सकेपछि ओलीको ‘राष्ट्रवादी’ नेताको छवि बनेको थियो ।

ओली त्यसयता पटक–पटक गरेर चौथो पटक प्रधानमन्त्री भएका छन् । यसबीच उनले अनेक पटक कूटनीतिक ‘एडभेन्चर’ गरे । पहिलो पटक प्रधानमन्त्री बन्दा भारतसँगको सम्बन्धमा तिक्तता आयो र सम्बन्ध चिसियो । उनी अडानमै बसे र भारतको दबाब अस्वीकार गर्दै चीनसँग नजिकिने रणनीति अपनाए ।

दोस्रो पटक प्रधानमन्त्री हुँदा उनले नेपालको नक्सामा कालापानी, लिपुलेक समेटेर ‘चुच्चे नक्सा’ संसद्बाटै अनुमोदन गराए । सार्वभौमिकताको मुद्दा बोक्दा यस पटक पनि उनको भारतसँगको सम्बन्ध चिसियो । नाकाबन्दी सामना गरेरै र कालापानी–लिपुलेकसहितको नयाँ नक्सा जारी गरेर ओलीले ‘राष्ट्रवादी नेता’को छवि त बनाए तर यसबाट मुलुकले रणनीतिक र दीर्घकालीन लाभ लिन सकेन । खासगरी नयाँ नक्सा जारी भएसँगै जसरी यो मुद्दामा केन्द्रित भएर कूटनीतिक गृहकार्य एवं संवाद अघि बढाउने र आवश्यक पर्दा अन्तर्राष्ट्रिय फोरमहरूमा पुर्‍याउनेतर्फ लाग्नुपर्थ्यो, त्यसमा उनी चुके ।

अझ विज्ञहरू त त्यसभन्दा अघि जतिबेला भारतसँग महाकाली सन्धि गरिँदै थियो, त्यही बेला चूक भएको ठान्छन् । विदेश मामिलाका एक जानकार भन्छन्, ‘नेपाली नक्सामा कालापानी क्षेत्रको लिपुलेक, लिम्पियाधुरा समेटिनु राम्रो निर्णय थियो । तर, महाकाली सन्धि गर्दै त्यसलाई सच्याउने प्रयास हुनुपर्थ्यो । काली नदी हाम्रो सीमा भनेपछि त्यसलाई उल्टाउने प्रयास नहुनु कमजोरी थियो ।’ संयोगले महाकाली सन्धिका सूत्रधार ओली नै थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कूटनीतिक शैली आफ्नैखाले छ, उनी जहिल्यै लोकप्रियतावाद र प्रतिक्रियात्मक कूटनीतिको सहारा लिन्छन्।

राष्ट्रवादी छवि र भाषणले ओलीलाई तत्कालीन राजनीतिक लाभ त भयो होला तर मुलुकले विदेश नीतिमा दीर्घकालीनररणनीतिक लाभ पाउन सकेन । आज पनि ओलीको मुख्य चुनौती भनेकै सन्तुलित कूटनीतिका माध्यमबाट छिमेक सम्बन्ध सुधार्ने भन्ने नै छ । कारण, कहिले भारतपरस्त देखिने त कहिले चीनसित नजिकिने गर्दा दुवै मुलुकसँग स्थायी विश्वासको वातावरण बन्न सकेको छैन ।

चीनसँगकै सम्बन्धको कुरा गरौं । ओलीले चीनसँग ट्रान्जिट–ट्रेड सम्झौता गरेर भारतीय निर्भरता कम गर्ने महत्त्वपूर्ण काम गरे । नेपाल–चीन सम्बन्धमा यसलाई नयाँ कूटनीतिक ‘डिपार्चर’ पनि मानियो । चीनसँग सरकारले बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० सम्झौता गर्‍यो । उनैले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर पनि गरे । तर, बीआरआई परियोजनाहरू कार्यान्वयन नभएको र यसमा देखिने गरी प्रगति नभएकामा चीन असन्तुष्ट छ ।

ओली सगरमाथा संवाद गर्छन्, अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु परिवर्तन, हिमाल संरक्षण, पानी ऊर्जासम्बन्धी मुद्दामा बोल्छन् तर यी मुद्दालाई कूटनीतिक उपलब्धिमा परिणत गर्न सक्दैनन्, चुक्छन् । समग्रमा ओलीको विदेश नीति कारगर नहुनुमा केही प्रवृत्तिगत कमी–कमजोरी छन् । पहिलो, नेपालको विदेश नीति असंलग्नता र पञ्चशीलको सिद्धान्तमा आधारित छ । ओली पनि आफ्नो हरेक भाषणमा यसै भन्छन् । तर, व्यवहारमा ओलीको कूटनीतिक शैली आफ्नैखाले छ । उनी जहिल्यै लोकप्रियतावाद र प्रतिक्रियात्मक कूटनीतिको सहारा लिन्छन् । जसबाट घरेलु जनमतमा उनको ‘राष्ट्रवादी’ ९कतिपयले अतिराष्ट्रवादी पनि भन्छन्० नेताको परिचय त बन्यो तर दीर्घकालीन सम्बन्ध व्यवस्थापन र मुद्दाहरूको टुंगो लगाउने कुरामा उनी चुके ।

दोसो, राजनीतिक तहमा सम्बन्ध विकास र विस्तारका लागि त्यही तहमा संवाद गर्नुपर्नेमा उनी कहिलेकाहीं लिक छोडेर खुफिया एजेन्सीको तहमा पनि ओर्लिएका छन् । उनको सम्बन्ध दिल्ली राजनीतिक तहभन्दा खुफिया एजेन्सीको तहमा बलियो थियो भनेर पनि टिप्पणी हुने गर्थ्यो । प्रधानमन्त्री भएकै बखत बालुवाटारमा भारतीय गुप्तचर एजेन्सीका प्रमुख सामन्त गोयलसँग भेट्दा उनको चौतर्फी आलोचना भएको थियो । एक हिसाबले उनको राष्ट्रवादी मुखुण्डो गोयल संवादपछि उदांगियो ।

तेस्रो, उनको कूटनीतिको अर्को चूक हो, चीनसँगको सम्बन्धबाट सन्तुलित लाभ लिन नसक्नु । उनले पारवहन लगायतका महत्त्वपूर्ण र ऐतिहासिक सम्झौता गरे । बीआरआई गरे । तर, त्यो सबै ‘कागजी बाघ’ बनेर बसेको छ । कार्यान्वयन र उपलब्धिमा प्रश्न अनि संशय कायमै छ ।

चौथो कारण हो, ओलीको ‘पेन्डुलम कूटनीति’को असफलता । ओलीले कहिले चीनतिर त कहिले भारततिर झुक्ने रणनीति लिँदा तत्कालका लागि सम्बन्धमा सन्तुलन गर्न खोजिएजस्तो देखिए पनि आपसी विश्वासको वातावरण नबन्ने रहेछ । त्यसमाथि उनले कूटनीतिलाई तत्कालीन लाभहानिको विषय बनाइदिँदा कहिले चीनपरस्त त कहिले भारतपरस्तको आरोप खेप्नुपरेको छ । विगतमा दुई ठूला कम्युनिस्ट पार्टी माओवादी र एमाले मिलेर नेकपा बन्दा वा नेकपा विभाजित हुँदा उनी कहिले भारतपरस्त देखिए त कहिले चीनपरस्त । ‘पेन्डुलम कूटनीति’ असफलताको दुष्परिणाम शक्तिशाली छिमेकीहरू मिल्दा आउने रहेछ । जो अहिले नेपालले भोग्दै छ ।

तिखो र कठोर प्रतिक्रिया दिइहाल्ने स्वभावका ओली हाल उत्पन्न कूटनीतिक संकटका विषयमा मौन छन् । सम्भवतः भाषण र प्रतिक्रियाहरूबाट मात्रै कूटनीतिक संकट हल हुँदैनन् भन्ने ‘रियलाइजेसन’ सायद उनलाई भएको हुनुपर्छ ।

भारत र चीनले नेपाली भूमि प्रयोग गरेर व्यापार मार्ग खोल्ने सहमति सार्वजनिक भएपछि सिंगो मुलुक तरंगित छ । विरोधमा विद्यार्थीले प्रदर्शन गरेका छन् भने राजनीतिक वृत्तमा साझा मुद्दा बन्नुपर्ने मत छ । सूत्रहरूको हवाला दिँदै सरकारले चीन र भारत दुवैलाई ‘कूटनीतिक नोट’ पठाएको खबर सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाल सरकारको ‘पोजिसन’ प्रस्ट पारेको छ । विज्ञप्तिमा उल्लेख तीनबुँदेको सार यस्तो छ, ‘नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ । नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक विस्तार निर्माण, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको पनि विदितै छ । उक्त क्षेत्र नेपाली भूभागमा रहेको विषय चीनलाई समेत जानकारी गराइसकेको बेहोरा पनि अवगत नै छ । नेपाल–भारतबीच रहिआएको घनिष्ट र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुसार ऐतिहासिक सन्धि, सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ ।’

भारतले चाहिँ नेपालको दाबीलाई आधारहीन भनेर टिप्पणी गरेको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘लिपुलेक नाका भारतले दशकौंदेखि प्रयोग गर्दै आएको बताउँदै नेपालले जारी गरेको नक्सालाई आधारहीन’ भनिएको छ । भारतीय विदेश मन्त्रालयका एक अधिकारीले भनेका छन्, लिपुलेक नाका हुँदै भारत र चीनबीच सीमा व्यापार सन् १९९४ मा सुरु भएको थियो र दशकौंदेखि चलिरहेको छ । कोभिड र अन्य घटनाक्रमका कारण हालैका वर्षमा यो व्यापार अवरुद्ध भएको थियो र दुवै पक्ष अब यसलाई पुनः सुरु गर्न सहमत भएका हुन् ।’

प्रारम्भिक क्रिया–प्रतिक्रियाहरूबाट बुझ्न सकिन्छ– यो मुद्दा आगामी दिनमा थप पेचिलो हुँदै जानेछ । ओलीसामु कूटनीतिक सुझबुझ अपनाउँदै यो संकटबाट मुलुकलाई बाहिर निकाल्ने चुनौती अनि अवसर दुवै एकै पटक आएको छ ।

एमालेहरू ओलीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै ‘बोल्ड’ नेता ठान्छन् । केहीअघि सम्पन्न एमाले केन्द्रीय कमिटीले ‘अझै केही समय ओलीको नेतृत्व आवश्यक भएको’ निष्कर्ष निकाल्दै उनकै नेतृत्वमा अघि बढ्ने निर्णय गर्‍यो । अर्थात् एमालेहरूले आगामी महाधिवेशनअघि नै ओली नेतृत्वको नवीकरण गरिदिए । हुन त नेतृत्व चुन्ने विधिलाई नै तिलाञ्जली दिँदै गरिएको यसप्रकारको निर्णयको अन्तर्य एमालेमा सक्रिय हुन खोजेकी पूर्वराष्ट्रपति भण्डारीका लागि जवाफ थियो ।

यद्यपि, एमालेहरू उक्त निर्णयलाई ‘जस्टिफाइड’ गर्न ओलीको नेतृत्व क्षमताको बखान गर्न पछि पर्दैनन् । एमाले नेता प्रदीप ज्ञवालीले ‘नेपालखबर’ लाई दिएको एउटा अन्तर्वार्तामा भनेका छन्, ‘विश्व परिस्थितिमा जुन खालका उथलपुथल भइरहेका छन्, त्यो स्थिति बोल्ड लिडरसिप’ले मात्रै झेल्न सक्ने देखिएको छ । यतिबेला अलिक ‘भिजनरी’, अलिकति ‘बोल्ड’, ‘एक्सन ओरियन्टेड’ नेतृत्वको खाँचो सिंगो देशले महसुस गरिरहेको छ । एमालेले पनि यो ‘रियलाइजेसन’ गरेर सी र मोदीजस्तै ‘बोल्ड लिडरसिप’ चाहिएकाले फेरि ओली अध्यक्ष हुने निर्णय गर्‍यौं ।’

संयोगले ओलीले ज्ञवालीले भनेजस्तो सी चिनफिङ अथवा नरेन्द्र मोदीजस्तो ‘बोल्ड’ हुने अवसर मात्रै पाएका छैनन्, ती नेतासँगै कूटनीतिक सुझबुझ र चातुर्य प्रदर्शन गरेर तिनको मिचाहा प्रवृत्तिविरुद्ध आफ्नो कौशल देखाउने अवसर पनि पाएका छन् । यो अवसर उपयोग गर्न उनले विगतका आफ्ना कूटनीतिक ‘ब्लन्डर’हरूको समीक्षा गर्दै सन्तुलित र दृढ कूटनीतिक भूमिका निर्वाह गर्न सक्नुपर्छ । सर्वदलीय बैठक, नागरिक समाजसँगको संवाद गर्दै साझा राष्ट्रिय धारणा बनाउने, द्विपक्षीय, त्रिपक्षीय अनि बहुपक्षीय संवादहरू गर्दै मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने गरी गृहकार्य थाल्नुपर्छ । त्यसअघि आसन्न भ्रमणहरूमा यो मुद्दा कसरी उठाउने भनेर त्यसको तयारीमा केन्द्रित हुनुफर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn