सिजादर्पण, महेन्द्रनगर । आज राती कञ्चनपुरको महेन्द्रनगर बजारको सब्जीमण्डी सडकक्षेत्रमा प्रेसर कुकर बम भेटिएको थियो । बुधबार राति २ बजे भेटिएको सो बम बिहानै नेपाली सेनाको टोली निष्क्रिय पारेको खबर छ । महेन्द्रनगरको सब्जीमण्डी रोडको भानु पार्टी प्यालेश नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा त्यो बम भेटिएको बताइएको छ ।
बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद कञ्चनपुरको पर्चा पनि भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बमसँगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाएको बताए । उनले भने – ‘राति २ बजे बम भेटिएको हो, अहिले विहान ६ः५० बजे निष्क्रिय पारियो, बमसँगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाइएको छ ।’
