Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णालीको कथा


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, साउन ३१, २०७७

कर्णालीको कथा

मिमबहादुर परियार

कर्णाली नेपालको सबैभन्दा ठूलो प्रदेश भनेर विद्यालयमा पढाइने पुस्तकका पानामा लेखिए पनि आम नेपालीको मानसपटलमा कर्णालीको मानचित्र भिन्न छ।
कर्णाली प्रदेश बाहिर विशेषगरी काठमाडौं र अन्य महानगर, उपमहानगर र धेरै नगरपालिकामा बसोबास गर्नेलाई कर्णाली अभाव, प्रभाव र दबाबले भरिएको भूगोल लाग्नेरहेछ। यी विकसित भनिएका ठाउँका मानिसलाई कर्णाली सुन्नसाथ रोग, भोक, पीडा, अशिक्षा र अविकासको मानचित्र आँखामा आउने रहेछ। उनीहरुको उक्त बुझाइलाई थप पुष्टि गर्ने काम नेपाली मुलधारका मिडियाले कर्णाली सम्बन्धि प्रकाशन र प्रशारण गर्ने समाचारले झन् सहज बनाइदिएको रहेछ। प्रायस् कर्णालीबाट आउने समाचारमा रोगले थला परेका मानिसको तस्बिर, बालबालिकाको मुहारभरि झिङ्गा भन्केका तस्बिर र अन्य सुचना, जसबाट भोकमरी, गरिवी र अविकास झल्किने समाचार लेख्न सरल हुन्छ।

एकातर्फ हो पनि राजनीतिक, सामाजिक आर्थिक, शैक्षिक तथा अन्य विकासका पूर्वाधारबाट सदियौंदेखि कर्णाली पछाडि पारिएको छ। जसको प्रत्यक्ष प्रभाव मानिसको जनजीवनमा देखिएको छ। कर्णालीले यी तितो सत्यलाई नकार्न पनि सक्दैन। मुख्यतः मिडियामा कन्टेन्टको हिसाबले पीडा धेरै बिक्री हुन्छ जसअनुसार नेपाली मुलधारको मिडियालाई कर्णालीका दुःख, पीडाका समाचारलाई बढी प्राथमिकता दिएर सम्प्रेषण गरेको छ। जुन सहज र सरल पनि छ। एकातिर सहानुभूति दिएजस्तो देखिने अर्कोतिर व्यापार पनि।

मिडिया र सहरिया जनमानसवाहेक कर्णालीको मानचित्रलाई पीडाको भूमि मानेर चित्रण गर्ने धेरै पक्षमध्ये एक गैरसरकारी संस्था हो। कर्णाली प्रदेशका घरघरका भित्ता भित्तामा गैरसरकारी संस्थाले सञ्चालन गरेका परियोजनाका विज्ञापन यत्रतत्र देखिन्छ। गरिवी, भोकमारी, माहामारी, सामाजिक समानता तथा अन्य अभावका विषयमा कर्णालीका गैससको बुझाई राम्रो देखिन्छन्। वर्षेनी कर्णालीको विषयमा धेरै अनुसन्धानात्मक प्रतिवेदन गैससले लेख्छन्। कहाँकहाँ समस्या छ, कहाँ सम्भावना छ उनैलाई धेरै थाहा हुन्छ।

कस्ता कस्ता तालिम कर्णालीका जनतालाई चाहिन्छ त्यसमा पनि उनीहरू विज्ञ देखिन्छन्। सरसर्ती हेर्दा कर्णालीलाई गैरसरकारी संस्थाको खानी भन्दा त्यति अन्याय नहुने देखिन्छ। गैरसरकारी संस्थालाई यत्तिको पदवी नदिए उनीहरुप्रति अन्याय हुन्छ।

गैरसरकारी संस्थाले अनेकौं प्रतिवेदन लेख्छन्, लेखा प्रतिवेदन रच्छन्, गरिबी भोकमारी, रोग व्यथाका कथा लेख्छन्। त्यसपश्चात दातालाई बेच्छन्, दाताले मानेपछि गाउँ गाउँमा गएर दुई चार दिन तालिम दिन्छन्, भेला तथा गोष्ठीको आयोजना गर्छन्, गुँरासका माला लगाएर दाताको आवाज बोल्छन्, अन्त्यमा खचाखच तस्बिर क्यामेरामा कैद गर्छन्। भत्ता बाँडेर पुनः नयाँ परियोजनाको रणनीतितिर लाग्छन्।

कर्णालीमा काम गर्ने धेरै गैससको तितो यथार्थ यही हो। कर्णालीको निलो पीडा देखाएर केही थान प्रतिवेदन लेखिएला, लेखा प्रतिवेदनलाई अघि सारेर केही लाख खान पाइला तर यस्तो प्रवृत्तिले कर्णालीका जनताको पीडामा मलम लगाउ सक्छ तरु सक्दैनन्, एकाध गैरसरकारी संस्थाबाहेक धेरैको काम भनेको केहीलाई जागिर दिने, आफू जागिर खाने, लेखा प्रतिवेदनलाई देखाए बजेट खाने नै हो। जसले जतिसुकै भाषण दिए पनि मुख्य आसय भनेको दातृ निकायको बजेट सिध्याउने हो। त्यस्ता उदाहरण कयौं छन्। खुकुरी चुरोटको बट्टाको खोललाई बिलको रुपमा पेश गर्ने कयौं गैरसरकारी संस्था कर्णालीमा अझै जिवित छन्।

अनुसन्धानको नाममा घरमै बसेर प्रतिवेदन तयार पार्ने कयौं गैरसरकारी संस्थाका कार्यक्रम अधिकृत हाम्रै अगाडि छन्। यस्ता नियत हुने गैरसरकारी संस्थाबाट के आशा राख्नेरु

कर्णालीको सुन्दर र सबल परिचयलाई बङ्याउने अर्को तत्त्व भनेको लेखकहरू हुन्। धेरै नाम चलेका लेखकले कर्णालीलाई आधार बनाएर कथा, उपन्यास, कविता लेखे, वृत्तचित्र खिचे। तुइन नभएको ठाउँमा तुइन बनाइदिए। सुनौला धानका बाला फल्ने ठाउँलाई मरभूमि बनाइदिए। कलकल बग्ने कर्णालीलाई खोल्सो बनाइदिए। मौलिक संस्कृतिलाई रोग भोकले थला परेका मुहारसँग तुलना गरिदिए। अथाह प्रकृतिको देनलाई, प्राकृतिक सुन्दरता र प्राचीन मौलिक संस्कृतिलाई उनीहरूका आँखाले, कलमले विरलै देखे र लेखे पनि। लेखकले प्रायः कर्णालीप्रति खोट लगाउँदै आँसु बचेर नाम र दाम कमाए। तर विडम्बना उनीहरूले कर्णालीको गुणगान सायदै गाए, सधैं उही विरहको गीत गाए। पीडा सुनाएर आफ्नो कद बढाए, धन कमाए त्यो पनि आफ्नै ठाउँमा बसेर, उही कर्णालीको पीडा लेखेर। तर जस कहिल्यै दिएनन्, उल्टै सहानुभूति दिए, कठै यस्तो पनि हुन्छ भनेर।

लेखकले लेखे जस्तो, देखे जस्तै कर्णालीमा खाली पीडाको कहरमात्र छ तरु निश्चितरूपमा छैन, राजनीतिक, सांस्कृतिक तथा आर्थिक तवरले थला परेको कर्णालीसँग रोग, भोक, प्रकोपमात्र छैन। कर्णालीसँग अथाह प्राकृतिक र सांस्कृतिक सम्पदाका कयौं धरोहर पनि छन्। सांस्कृतिक तथा जैविक विविधताको भूमि कर्णालीमा धेरै इतिहास छन्, मिथक छन्। बहुमुल्य जडिबुटी छ, खर्वौका नदिनाला छन्। ठूलाठूला रमणीय रहरलाग्दा मनमोहक पाटन छन् जसबाट मनग्ये धन आर्जन गर्न सकिन्छ।

कर्णालीमा खाली दुःख पीडामात्र छन्, विशुद्ध पीडा अभाव छन्, समस्या छन् भन्दैमा कर्णालीका यी सम्पदालाई ओझेलमा राख्नु कति न्याय हुन्छरु दुःख पीडा, अभाव प्रभाव र सहानुभूतिलाई कर्णालीको परिचय बनाउँदा समस्याको हल हुन्छरु कर्णालीभित्र दर्दनाक कथा र व्यथामात्रै छ भन्नू ती तमाम प्राकृतिक र सांस्कृतिक सम्पदामाथि अन्याय हुन्छ। कर्णाली आफैंमा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको खानी हो। यसको उत्खनन् कर्णालीका जनताले गर्नुपर्ने देखिन्छ।

कर्णालीको लोक संस्कृति, भाषा रीतिरिवाज संसारमै पृथक छ। यहाँका चाडपर्व, धर्म, रीतिरिवाज, भाषा संस्कृति अन्यत्रको भन्दा पृथक छ। यी सम्पदालाई आम नेपाली तथा विश्वलाई बुझाउन सके कर्णाली सांस्कृतिक, ऐतिहासिक तथा भौगोलिक विविधताको अध्ययन अनुसन्धानको केन्द्र बन्ने सम्भावना प्रबल छ। तर विडम्बना कर्णालीको इतिहासमा सायदै कुनै गैरसरकारी संस्थाले कर्णालीको लोक संस्कृतिमा, इतिहासमा, भाषा सभ्यतामा काम गरेको तथ्य भेट्न सकिएला। जबकि कर्णाली परिचय अभाव दबाब, प्रभावमात्र नभइ मौलिक संस्कृति र प्राकृतिक विविधता हो। अभाव, रोग व्यथा र पीडा राज्यको निकम्मापनले श्रृजना गरेको मानव निर्मित समस्या हुन्।

यी समस्याको हल राज्यको जागरूकताबाट अवश्य एकदिन हुनेछ। अब कर्णालीका लोक संस्कृति , प्राकृतिक विविधता र ऐतिहासिक सम्पदालाई अध्ययन गर्नुपर्छ। कर्णालीका केहि लोक संस्कृति, प्राकृतिक सम्पदालाई टिप्पणीकारले केही बुँदागत रुपमा व्याख्या गरेका छन्।

लोक संस्कृति

कर्णालीको मौलिक संस्कृति नेपालमात्र नभई विश्वमा पृथक एवम् रोचक छ। कर्णालीको सांस्कृतिक पक्ष, त्यसभित्रको विविधता र मौलिकता आम मानिसलाई चाखको विषय बन्न सक्छ। चोपाँइ, मागल, पैठ, देउडा लगायतका मौलिक संस्कृति अन्यत्र समुदायका लागि नयाँ हुन्छ। पत्रकार महेश नेपाली लेख्छन् ‘चोपाँइ छोरो जन्मिएको खुशी साँट्न पनि पनि जेठकै रोपाइँ कुरिन्छ। छोरोको बिहे गरेको साल र छोरो जन्मिएको साल त्यो घरले जेठमा ‘चोपाइँ’ गर्छ। ‘चोपाइँ’ त्यसैको लागि मनाउने सांस्कृतिक उत्सव हो। त्यस दिन घरमा नातागोता र आफन्तको जमघट हुन्छ। बाजाको घन्काइसँगै महिला श्रृङ्गारिएर रोप्न जान्छन्। बाजाको तालमा दिनभर रोप्दै गाउँदै रमाइलो गर्छन्। रोपी सकाएपछि ठूलो खेतमा पुल्ती हालिन्छ। त्यसको वरिपरि बेहुला, बेहुली र छोरोलाई घुमाइन्छ।

गाउँका पहलमानले बल प्रदर्शनी गर्छन्। महिला खेतमा नाँच्छन्। हिलो खेल्छन्। नाँच्दै घरसम्म पुग्छन्। मिठो परिकार खाएर दिन सकिन्छ। छोरी जन्मिदा होस् वा बिहे गरेर जाँदा, रोपाइँको बेला उसको लागि कुनै उत्सव आयोजना हुँदैन। छोराको चोपाइँ सकिँदा खाएको मिठो परिकारले जिब्रोले निकालेको मिठो रस यी संस्कार, संस्कृति र उत्सवको अन्तर्यमा पुग्दा अमिलो बनिदिन्छ।’

कर्णालीको अर्को रोचक, मौलिक संस्कृति पैठ हो। पैठ शब्द धेरैलाई नयाँ लाग्न सक्छ। पैठभित्रको सांस्कृतिक र मौलिक परम्परा धेरै नेपालीलाई नयाँ र अनौठो लाग्ने गरेको छ।

अब कर्णालीको मिडिया, प्रदेश सरकारले यसभित्रको सांस्कृतिक मौलिकता आम नेपालीमाझ पस्किनुपर्छ। पैठ अर्थात जात्रा विशेषतः स्थानीय देवहरुको उत्सव हो। विभिन्न देवताका पैठहरु विभिन्न तिथिमा मनाइन्छन्। पुजाआजा तथा मेला भर्ने परम्परा रहेको छ। जस्तैः मष्टा देवको पैठ, झ्या देवको पैठ, लाकुराको पैठ, ह्याकर लौडिसिमेको पैठ, माहदेवको पैठ, लामा विष्णुको पैठ, बाटपालाको पैठ, खापर देवको पैठ इत्यादि। यी पैठहरुका आ(आफ्ना विशेषता छन्। केही पैठमा पशुबलि चढाइन्छ त कसैमा दूध। पैठको अर्को विशेषता भनेको दमाई र दमाह, पैठमा अनिवार्य हुनुपर्छ। दमाहको राग अनुसार धामी नाच्नु ९पतुर्ने० नै पैठको मुख्य विशेषता हो। पैठाका निम्ति धामीहरु व्रत बस्छन्। सफा सेता दौरा, शीरमा फेटा, गलामा रुद्राक्ष, फूलका माला लगाउने चलन छ। धामीमा देउता निकाल्न दमाईले दमाह बजाउनुपर्छ। नत्र धामीमा देउता चढ्दैन। दमाहको राग, धुन अनुसार धामीहरु पतुर्ने गर्दछन्।

दमाहको राग विना पैठ अधुरो हुन्छ। पैठमा धामीलाई नचाउन ९पतुराउन०, धामीमा देवता प्रवेश गराउन, दमाहको धुनले मात्र गर्नसक्ने जनविश्वास रहेको छ। दमाहको राग, धुनविना धामीलाई देवता आउँदैन। देवता बोलाउन दमाह बज्नै पर्छ। प्रत्येक धामीको आफ्नै धुन हुन्छ। अन्य धुनमा उक्त देवताका धामीलाई देवता आउँदैन। मष्टो आउने धामीको धुन, झ्यान।।। झ्यान।।।, दमाहबाट आवाज निकाल्नु पर्छ। उक्त दमाहको धुनमा मात्र मष्टादेवको धामी ९काप्ने० पतुर्छन्। धामीको शरीर काम्नु नै देवता चढेको मानिन्छ। त्यस्तै लामा विष्णुको धामीलाई देवता निकाल्न झानी टिउ।।।। झानी टिउ दमाहको धुनको आवश्यक पर्दछ। अन्य देवताका आ(आफ्नै धुन हुन्छन्।

पैठको दिनमा ठूलो मेला लाग्छ। प्रायः ठूला देवहरुका पैठ पाटनमा आयोजना गरिन्छ। साना तथा स्थानीय पैठ भने गाउँ गाउँमा लाग्ने गर्दछन्। पैठको दिन पाटनहरुमा विशाल मानव सागर देखिन्छ। मानिसहरू नयाँ लुगा लगाउने, साथीसंगी समूह समूहमा पैठ हेर्न जाने चलन छ। सबै उमेर समूहका मानिस घण्टौं हिँडेर पैठका मेला भर्न जाने गर्छन्। धामी नाच पैठको प्रमुख आकर्षणको केन्द्र हो। धामीहरु दमाहको धुन अनुसार कम्मर हल्लाउँदै पतुर्छन्। धामी पतुरीसके पछि पैठारू खेल खेल्ने गर्छन्। देउडा खेलले पैठको माहोलमा झन् रौनक थप्ने गरेको हुन्छ। देउडा समूह समूह बाँधेर खेलिन्छ। महिलाको छुट्टै देउडा खेल हुन्छ भने पुरुषको छुट्टै।

मागल अर्थात मंगल गीत, विशेषगरी शुभ उत्सवमा महिलाले समूहमा गाउने गीत हो। मागलको लय लामो र घुमाउरो हुन्छ। ‘बालक जन्मेको घरमा बालाका बोबले मथेरो लगाएको कति राम्रो सुहायो,’ छैठी रातमा गाइने मागलको हरफ छोटो अंश हो। मागल गीतमा आशिर्वाद, शुभ सन्देश, विरगाथा र कथा हुन्छ। मागल गाउने महिलाको समूहलाई मग्लेरू भनिन्छ। मागल गाउँदा मग्लेहरुको अगाडि थालमा दियो, चामल र भेटि चडाइन्छ। त्यस्तै देउडा, झोरा, चुट्किला पनि खस सम्पदाका अभिन्न मौलिक सासंकृतिक सम्पदाभित्र पर्छन्। देउडा गीत भनौं या देउडा खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रख्यात मौलिक तथा सांस्कृतिक परिचयभित्र पर्दछ।

विभिन्न चाडपर्व, शुभ उत्सवमा देउडा खेल खेलिन्छ। देउडा खेलको आकार गोलाकार हुन्छ, देउडा खेल्ने खेलाडीलाई खेलाउँडा ९गायक० भनिन्छ। देउडा खेलाडीले आफ्नो साथीको हात समाएर, पाइला मिलाएर गाउनुपर्छ। सुरूमा एउटाले भाका निकाल्छ, त्यसपछि उसलाई सबै देउडा खेलाडीले पछ्याउने गरेछन्। पाइला भने बाङ्गा बाङ्गा अर्थात देउडिएका भएर देडडा भएको हो भन्ने जनविश्वास छ।

जडिबुटीको खानी

कर्णाली प्रेदश विश्वमा जडिबुटीका लागि प्रख्यात छ। संसारमै दुर्लभ मानिएका बहुमूल्य जडिबुटी, यार्सागुम्बा, पाँचऔंले, बिराल गानो, पोक्चाल्लो, रक्त सिम्रिक लगायतका अन्य जडिबुटीको भण्डार हो कर्णाली प्रदेश।

अनुसन्धान गर्ने हो भने कर्णालीका पाखा पाखामा जडिबुटी प्राकृतिक रुपमा उम्रिएका छन्। कतिपयको उपयोगिता अझै आम सर्वसाधारणलाई थाहा छैन। कयौं जडिबुटी कुहिएर नष्ट भएका छन् भने कयौं बहुमुल्य जडिबुटी चैपायको आहार बनेका छन्। राज्यले यी बहुमुल्य जडिबुटीको उचित संरक्षण र प्रवर्द्धन गरे मनग्य आम्दानी गर्ने पक्का छ। तर विडम्बना राज्य नेपाली जडिबुटी कौडीको मुल्यमा निर्यात गरेर लाखौंलाख मुल्यमा त्यहीँ जडिबुटीबाट निर्मित औंषधि खरिद गर्नमा व्यस्त छ।

अर्कोतिर राज्यले कर्णाली प्रदेशलाई जडिबुटी अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सक्छ। ताकि देश विदेशका जैविक वैज्ञानिकलाई नयाँ नयाँ जडिबुटीको उपयोगिता विकास निम्ति टेवा पुर्‍याउन सहज हुन्छ। मार्सी धान कर्णाली प्रदेशको नयाँ परिचय हो।

मार्सी धान संसारकै अग्लो भू(भागमात्र फल्ने प्रजातिको धान हो। सौभाग्यवस् मार्सी जुम्ला जिल्लामा मात्र पाइन्छ। केही वर्षअघिसम्म गुमनाम मार्सी चामल अहिले जनजिब्रोमा प्रचलित छ। स्थानीय तह, प्रदेश सरकारले मार्सी धानलाई पर्वद्वन गरे स्थानीय किसानले पनि लाभ लिन थिए। त्यसको साथसाथै स्वास्थ्यका दृष्टिकोणले मार्सी प्रभावकारी रहेको तथ्य धान वैज्ञानिकले पुष्टि गरेका छन्।

अन्त्यमा, कर्णालीसँग निकै अलौकिक सांस्कृतिक र प्राकृतिक सम्पदा हुँदाहुँदै, दुःख पीडा, अभाव, प्रभाव र सहानुभूतिलाई कर्णालीको परिचयको रुपमा चित्रण गर्दा कति न्याय हुन्छरु कर्णालीभित्र दर्दनाक कथा र व्यथा मात्रै छन् तरु निश्चित रूपमा छैनन्। कर्णाली आफैंमा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको खानी हो। यी तमाम राष्ट्रिय गहनालाई अब काठमाडौं लगायतका अन्य महानगर, उपमहानगरलाई चिनाउनु पर्छ।

कर्णालीलाई हेर्ने दृष्टिकोणमा नेपाली मिडिया, राजनीतिक दल, गैरसरकारी संस्था तथा विदेशी दातृ निकायको नजर एकै प्रकारको देखिन्छ। अभाव, प्रभाव र दबाबलाई केन्द्रमा राखेर कर्णालीको रुपरेखा कोर्ने परिपाटी अझै कायम छ। हो, कर्णालीका धेरै समस्या छन्, भौगोलिक जटिलता, राजनीतिक अपरिपक्वता र अन्य विकासका पुर्वाधारका कारणले शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक स्वतन्त्रतामा विकास नहुँदा कर्णालीको वास्तविक परिचय धुमुलिएको छ। तर कर्णालीसँग पीडा र समस्याबाहेक अन्य धेरै पक्ष छन्। जसलाई नेपाली आधुनिक समाजले त्यति आभास गर्न पाएको छैन। अब नेपाली मिडिया लेखक र जनताले कर्णालीको मौलिक सम्पदालाई विश्व सामु चिनाइ आन्तिरक तथा बाह्य पर्यटनको सम्वर्द्धन र प्रवर्द्धनमा लाग्नुपर्छ। कर्णाली बारे पुरातनवादी परिचयलाई नयाँ सिराबाट चिनाउनुपर्छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn