सिजादर्पण ५ भदौ, काठमाडौं । आज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका कारण हिन्दु नारि हरुमा विश्वास रहदै आएको छ । यहि अवसपारि नारि अरु एकआपसमा मिली सुख दःख वाटने र नाचगान गर्ने चलन रहेको स्टार मिडिया प्रली काठमाण्डौका अध्यक्ष सलाना रामलदामको भनाइ रहेको छ ।

यसपाली विश्वकोरना माहामारी कारण कोरोनाको कहरले विश्वनै आक्रान्त वनेका वेला स्वास्थ्यको ख्याल गर्नु पर्ने भएकाले भिडभाडमा नजानर सामुहिक नाचगान नगर्न पनि अध्यक्ष ले सवैमा आग्रह गरेकिछन छन । एकदिनको रमाइलोले ज्यानजाने भाइरसको खतरा हुने भएकाले घरमै वसेर तिजको रमाइलो गर्नु उत्तम हुने उनको भनाइछ छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण पशुपति लगायतका मन्दिरहरु बन्द गरिएका छन्

बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् ,प्रा डा. रामचन्द्र गौतमले बताए ।‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ उनले भने ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए ।बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
