Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोभिडको झट्का र पुँजीवादको मुकुण्डो


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, भदौ ८, २०७७

कोभिडको झट्का र पुँजीवादको मुकुण्डो

कोभिड(१९ महामारीले सिङ्गो मानव जातिलाई असीमित क्षति गरेको छ। तर यसले पुँजीवादी तथा साम्राज्यवादी विश्व(अर्थराजनीतिक सम्बन्धका केही महत्वपूर्ण विशेषताहरू पनि सतहमा ल्याइदिएको छ। पुँजीवादी सम्पन्नता र वास्तविक सम्पन्नता एउटै होइन। कुनै प्रकारले पनि पुँजीवाद समाज सम्पन्नता नै होइन, समाजमा अनेकौं समस्या जन्माउने जड हो। यसले श्रमजीवी वर्गको चरम शोषण गर्छ। पुँजीवाद मानव समाजको लागि संकटको श्रोत र दरिद्र मानसिकताको उपज हो। विश्वमा समृद्धि, सम्पन्नता र समाधान भनेको पुँजीवाद नै हो भन्ने भ्रम स्थापित छ। पुँजीवादको सक्कली अनुहार भिन्नै प्रकारको हुन्छ। यसले दुनियाँलाई झुक्याउन मुकुण्डो भिरेर विश्वमा विराजमान भएको छ। विश्व पुँजीवाद र साम्राज्यवादको मुकुण्डो कोभिडले एउटै झट्कामा उछिट्याएर खोलिएको छ। जसबाट हामीले धेरै कुरा सिक्न या मनन गर्न आवश्यक छ।

पुँजीवादमा कैयौँ अव्यवस्था, अपूर्णता र संकट बाँचिरहेका हुन्छन् भन्ने खुलस्त भएको छ। कोभिडले पुँजीवादको बाहिर देखिने भव्यता पनि भित्रभित्रै क्रमश मक्किँदै गएको छ भन्ने दुनियाँ सामु विश्वास दिलाएको छ। कैयौँ विश्लेषक र बुद्धिजीवीहरूले जोडदार दाबी गरिरहेका थिए र छन् कि पुँजीवाद तथा पुँजीवादी समृद्धि र सम्पन्नता नै आजको वास्तविक यथार्थ हो। यो अजम्बरी छ। पुँजी नै सम्पुर्ण कुराको साध्य हो। पुँजीले सबैथोक जित्न सकिन्छ। पुँजीवादी अर्थशास्त्री चैतन्य मिश्रको भाषामा ‘जिउँदोजाग्दो पुँजीवाद’ लाई स्वीकार गर्नुपर्छ। तर कोभिडले खोलिदियो पुँजीवाद आवरणमा समृद्ध देखिए पनि वास्तवमा त्यो सबैथोक होइन। यो पुँजीवादी समृद्धिले समाज र नागरिकहरूको संरक्षण र सुरक्षा दिने त कल्पना नै नगरौँ आफ्नै अस्तित्वलाई समेत थेग्न नसक्ने गरी अडेको हुन्छ।

आज बाह्य दृष्टिले युरोप, अमेरिकालगायत संसारका पुँजीवाद समृद्धिका केन्द्र मानिन्छन् तर कोभिडले देखायो कि ती देशहरूमा नै नागरिकहरूले सबैभन्दा डरलाग्दो क्षति र समस्याहरू भोग्नु पर्‍यो। त्यहाँ पनि नागरिकहरूले पर्याप्त उपचार पाउन सकेनन्। औषधिको अभाव भयो। अस्पतालहरू अपर्याप्त भए। करोडौँ नागरिकको रोजगारी समाप्त भयो। यी मुलुक आन्तरिक रुपले सारमा कमजोर सावित भए। बरु अर्थराजनीतिक दृष्टिले पुँजीवाद भन्दा फरक रहेका समाजवादी देशहरू या लोककल्याणकारी राज्यमा कोरोनाको प्रभाव कम देखियो। नोम चोम्स्कीको विश्लेषणमा क्युबा त स्वास्थ्य महाशक्तिकै रूपमा अगाडि आयो। यसरी हेर्दा पुँजीवादी विश्वमा देखिने समृद्धि प्लास्टिकको फूल सावित भएको छ। जुन हेर्दा वास्तविक फूलभन्दा सुन्दर देखिन्छ तर फूलमा पाइने मूल तत्व या बास्ना नै हुँदैन।

आज कोभिडले आँखा खुलाइ दियो। पैसा नै सबै थोक हो। पैसा भए पुग्छ भन्ने पुँजीवादी सोचाइ एवं मान्यता धुलोपिठो भएको छ। सामान्य अवस्थामा पैसा भएका देशहरू सबै क्षेत्रमा बलियो र सक्षम भएको विश्वास थियो। जोसँग उनीहरूसँग जति पैसा छैन उनीहरूलाई पछि परेको रूपमा हेरिन्थ्यो तर कोभिडले त्यो भ्रम मात्र हो भन्ने सावित गरिदियो। बरु के सावित भयो भने पैसा महत्वपूर्ण पक्ष भएपनि त्योभन्दा अर्को महत्वपूर्ण पक्ष भनेको राज्यको आर्थिक, सामाजिक, राजनीतिक चेतना तथा मान्यताहरू हुन्। पुँजीले धनाढ्य भनिएका देशहरूमा भन्दा शिक्षा, सामाजिक न्याय, वैज्ञानिक चेतना, अनुशासन, सद्भाव भएका देशहरूमा कोभिडको प्रभाव कमजोर देखियो। अर्को कुरा, आणविक एवं सैन्य सबलता नै समग्र सफलताको आधारस्तम्भ हुन सक्दैन भन्ने पनि सावित भयो। पुँजीवादी देशहरूले आफ्नो सबलताको अभिव्यक्ति प्राविधिक एवं सैन्य तागतद्वारा गरिरहेका छन्। उनीहरूले अन्य मुख्यतः समाजवादी तथा साम्यवादी अर्थराजनीतिक विचार र सिद्धान्तलाई बलका आधारमा गलत सावित गर्न प्रयत्न गरिरहेका छन्। तर कोरोनाले स्पष्ट गर्‍यो, मुख्य कुरा राज्यभित्र सामाजिक, स्वास्थ्य, शिक्षा, नागरिकका आवश्यकताहरूको सवलीकरण मुख्य कुरा हो जुन कुरा आणविक एवं सैन्य क्षेत्रमा मध्यम स्तरमा भएर पनि अमेरिका र युरोपको भन्दा राम्रो गरे।

पुँजीवादी सम्पन्नताले मानव जातिलाई प्राकृतिक प्रकोपहरूबाट सुरक्षा दिन सक्दैन भन्ने वास्तविकता खुलस्त पारिदियो। पुँजीवादले केवल मुनाफा, धन आर्जन र बजार नियन्त्रणका लागि अनेकौँ अप्राकृतिक, दूषित, हानिकारक गतिविधिहरू अनियन्त्रित रूपले सञ्चालन गरिरहेको हुन्छ। त्यस्ता गतिविधिहरूले पृथ्वी र ब्रह्माण्डकै पर्यावरण, जल, जमिन, हावा, आकाश सारामा एकदमै नकारात्मक प्रभाव पारिरहेको छ। त्यसबाट अनेकौँ नयाँ र खतरनाक जीवाणुहरूको विकास हुने र सारा जीव सहित मानव जातिलाई विनाश गर्ने समस्या ल्याउने देखिन्छ। यसलाई वैज्ञानिकहरूले बारम्बार चेतावनी दिँदै आएका छन्। हकिङ्सले त नयाँ पृथ्वी खोज्नुपर्ने सम्मको सुझाव राखे। तर आज पनि ट्रम्प भन्दैछन्, ( पुँजीवादले पर्यावरण बिग्रिन्छ भन्ने सोचाइ नै गलत छ। यो समाजवादीहरूले फैलाएको हल्ला मात्र हो।

अर्को पक्ष पुँजीवादभित्र मानवीय समवेदना र उत्तरदायित्व निकै कमजोर छ भन्ने खुलस्त भयो। कोभिड प्रकोप सुरु भएपछि स्पेनका वृद्धाश्रमहरूमा बिरामीहरूलाई त्यत्तिकै छोडेर हिँडेको समाचार आए। ब्रिटेनमा शव वाहनभित्रै लासहरू सडाएर राखेको, अमेरिकामा एउटै खाल्डोमा कयौँ लासहरू खत्याइएका विषयहरू छताछुल्ल भए। विरोध पश्चात् त्यहाँ जनताको आँखामा छारो हाल्न सरकारले जाँचबुझ समिति नै बनाउनु पर्‍यो। सारा सामाजिक सुरक्षाको सुनिश्चितता भएको प्रचार गर्ने पुँजीवादी मुलुकहरू भित्र यतिविधि असंस्कार, अमानवीयता एवं जनउपेक्षा प्रकट हुनु भनेको पुँजीवादी संस्कारको प्रतिबिम्ब हो। त्यहाँ पैसा र स्थिति सहज छ भने सामाजिक सुरक्षा र सहुलियतको माहौल छ तर ती छैनन् भने केही छैनन्। पुँजीवादी राज्यहरूले जसरी निजी स्वतन्त्रता र सम्पन्नताको हवाला दिन्छन्। तर अन्तर्यमा ती सहज समयमा मुनाफा कुम्ल्याउनका लागि मात्र उपयोगी हुन्छन्। समाजले नै संकट झेल्नुपर्दा वा पुँजीका मालिकहरूले समाजका लागि विशेष योेगदान गर्नुपर्ने अवस्थामा निजी समृद्धिको क्षेत्र समाज र नागरिकहरूप्रति पूरै अनुत्तरदायी तथा गैरजिम्मेवार बन्न पुग्छ। त्यसकारण निजी समृद्धि समाधान होइन रहेछ भन्ने कुरो बुझ्न जरुरी छ।

सामाजिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका मुख्य हुन्छ र हुनुपर्छ भन्ने तर्क छाँट्ने मान्छेहरू यतिबेला लाचार देखिएका छन्। उनीहरूको निजीप्रधान सोचाइ मुनाफा कुम्ल्याउने धूत्र्याइँमा परिणत भएको छ। स्थिति कस्तो डरलाग्दो देखिन्छ भने निजी क्षेत्रले करोडौँ नागरिकहरूलाई रातारात बेरोजगार बनाएर अभाव, गरिबी, भोकमरी र आत्महत्याको अनिश्चित कालो सुरुङतिर हुल्दैछ। नाफाका लागि भर्ती गरिएका श्रमिकहरूलाई आफ्नो नाफा कम हुने देखिँदासाथ एकरत्ति सुरक्षाभाव नराखेर सडकमा फ्याकिदिन्छ। पुँजीका मालिकहरू उल्टै राज्यबाट अर्बौंअर्बको क्षतिपूर्ति र सहुलियतको माग गरिरहेका हुन्छन्। युरोप, अमेरिकालगायत देशमा राज्यले पुँजी मालिकहरूको क्षतिपूर्ति गर्न खर्बौं डलरको बाढी बगाउनु परेको छ। संकटमा राज्यको पुँजी लिएर बाँच्नुपर्ने त्यस्तो नवउदारवादी अर्थप्रणाली र समृद्धिको महिमागान स्वयं पुँजीवादले गरेको छ। अझै पुँजीवादीहरुले यसलाई विश्वको नमुना अर्थसम्बन्ध भनेर जप्ने गर्छन्। हाम्रो जस्तो उत्पादन करिबकरिब शुन्य भएको देश, लक्का जवान युवाहरु विदेश गएर रगत र पसिनासँग पैसा साटेर त्यहीँ पैसा बेचेर पैसा कमाउने देश, पूरा परनिर्भर दलाल पुँजीवादी अर्थसम्बन्धलाई तिनै पुँजीवादी तथा साम्राज्यवादीको आड भरोसा र योजनामा समृद्धिको सपना बुनेका छौं। यसले झन्झन् समस्याको खाडल झन् पछि झन्झन् गहिरो बन्दैछ। त्यसैले स्पष्ट छ, पुँजीवाद सामाजिक उन्नति एवं नागरिक समृद्धिका लागि हुँदै होइन। यो त निजी सम्पन्नताका लागि राज्यको सम्पुर्ण पुँजी मुठ्ठीभर शोषक वर्गको कब्जामा राख्नु नै पुँजीवादको मुल उदेश्य हो।

समग्रमा भन्दा कोरोनाले सारा मानव जातिलाई सताउँदा संयोगले मानवसभ्यताको टाउकोमा विराजमान बन्न पुगेको पुँजीवाद र निजी स्वामित्वमा आधारित पुँजीवादी अर्थसम्बन्धको असफलता, अक्षमता र संकटलाई ह्वाङ्ग खोलिदिएको छ। उसका सारा रूपरङ, बनावट, अवस्थालाई छ्याङ्छ्याङ्ती नाङ्गै बनाएर देखाइ दिएको छ। यसबारे विश्वमा बहस भइरहेको छ। कम्युनिस्ट शक्ति मात्र होइन, विश्वका अन्य बुद्धिजीवीहरू पनि पुँजीवादको औचित्यहीनता तथा असफलताबारे एकमत देखिदै गएका छन्। यो खुसीको कुरा हो। तर पुँजीवादी नेताहरूले भने आफ्नो असफलता र संकट टाल्न यतिबेला दुईवटा गलत विषय अगाडि सारेका छन्।

प्रथम, विश्व पुँजीवादी तथा साम्राज्यवादीले विश्वभर तनाव सृजना गर्ने, अस्थिरता उत्पन्न गर्ने, आतंक मच्चाउने र हिंसात्मक युद्ध भड्काउने खेल खेल्दैछन्। जतिबेला कोभिडले चीनलाई बढी क्षति गरिरहेको थियो, त्यसबेला पुँजीवादी नेता र लेखकहरूले भने, ( चीनमा क्षति हुनुको मुख्य कारण रोगभन्दा पनि चीनको कम्युनिस्ट शासन, केन्द्रीकृत सत्ता, सर्वसत्तावादी शैली, अप्रजातान्त्रिक शासन, अनुत्तरदायी नेतृत्व जिम्मेवार रहेको छ। एकजनाले त अमेरिकामा जस्तो लोकतन्त्र भएमा केही समस्या नहुने भन्दै चीनमा सत्ता बदल्नुपर्ने समय आएको समेत चर्चा गरे। तर जब कोरोनाले चीनलाईभन्दा धेरै बढी क्षति अमेरिका र युरोपमा गर्‍यो तब तिनै मान्छेहरूले फेरि यस्तो तर्क गरे, ( चीनले समयमै ठीक तरिकाले सूचना नदिएको र रोक्ने उपाय नबताएकाले अमेरिकालगायत देशहरूले बढी क्षति भोग्नुपर्यो। चीनले क्षतिपूर्ति तिर्नुपर्ने, क्युबाले अन्तर्राष्ट्रिय आतंकवादसँगको लडाइँमा साथ नदिएको जस्ता आरोप लगाउँदै नकाबन्दीको धम्की समेत दिए। अमेरिकी साम्राज्यवादले त डब्लूएचओ सँग समेत बिबादास्पद व्यबहार गर्‍यो। अनेकौं आरोप लगायो। दिइरहेको सहयोग समेत रोक्ने धम्की समेत दियो। कताबाट हुन्छ कोरानाको क्षतिलाई युद्ध र आतंकद्वारा पूर्ति गर्ने र आफ्नो असफलतालाई छोप्ने ध्याउन्नमा विश्व पुँजीवादीहरु लागिपरेका छन्।

द्वितीय, पुँजीवादीहरुलाई नाफा कमाउनु र पैसा जोगाउनु मुख्य हो, मानव रोग, भोक र मृत्यु सामान्य हो भन्ने लुटवादी, अमानवीय तथा असामाजिक चरित्र प्रदर्शन गर्दैछन्। सुरुमा विकास र समृद्धिको अहंकारमा डुबेका पुँजीवादीहरूले कोरोना आफ्नो मुलुकमा पस्नै सक्दैन भन्ने जस्तो रबैया प्रदर्शन गरे। जब कोरोना रोक्नमा पूरै असफल जस्तो बन्न पुगे, पुँजीवादी अव्यवस्थाका कारण लाखौँ नागरिकहरूले ज्यान गुमाउनु पर्‍यो र खर्बौं डलरको खोलो बगाउँदा पनि नपुग्ने भयो तब पुँजीवादी नाइकेहरूले अति विचित्र, असभ्य र अमानवीय तर्क गर्न पुगेका छ्न्। उनीहरुका अनुसार मानवीय क्षतिभन्दा ठूलो चुनौती आर्थिक क्षति हो। त्यसबाट बच्नका लागि बजार खुला गर्न, व्यापार चलाउन र व्यवसायहरू सञ्चालन गर्न आवश्यक छ। यो कुरा ट्रम्पले मात्र होइन, जोनसोन, सुनारो, म्याक्रो सबैले एउटै स्वरमा भन्न पुगेका छन्। यस्ता तर्कको स्पष्ट सन्देश कोरोनाको संकट केवल स्वास्थ्यमा मात्र सीमित नभएर सिङ्गो राज्यव्यवस्थाको संकटमा समेत परिणत हुन सक्छ। यस्तो विकसित बस्तुस्थितिमा जुनकुनै बेला पनि अर्को अक्टोबर क्रान्ति विस्फोट हुन सक्छ भन्ने देखिन्छ। पुँजीवादीहरूको अर्थराजनीतिक गणितमा नागरिक र समाजको जीवनभन्दा पुँजी र मुनाफा नै प्रधान हो। उनीहरुले मान्छे मरेर फरक पर्दैन, ती फेरि जन्माउन सकिन्छ तर पैसा गुम्यो भने सत्ता नै गुम्न सक्छ भन्ने निष्कर्ष निकालेका छन्।

मानव समाजको विकासले असफल सिद्ध गरेको तर बलजफ्ती अस्तित्व रक्षामा उत्रिने पुँजीवादी अर्थराजनीतिक व्यवस्थाका कारण मानव जातिले इतिहासदेखि अपूरणीय मूल्य चुकाउनु परेको छ। पोप, मुल्लाह, पुजारीहरूको शासनलाई झूट साबित गर्न बु्रनोहरूले ज्यान गुमाउनु पर्‍यो। कोपर्निकस, ग्यालिलियोहरूले सास्ती बेहोर्नु पर्‍यो। आज प्रोफेसर हरारेले भनेजस्तै विज्ञानमा विश्वास गर्ने क्रम बढेको छ। कोभिडको कारण चर्च, मस्जिद, गुम्बा, मन्दिर बन्द गर्न बाध्य भएका छन्। प्रभु, अल्लाह, भगवान र इश्वरले आफ्ना भक्तजनको भिडमा भाइरस संक्रमण रोकेर आफ्नै भक्तजनको सुरक्षा गर्न सकेनन्। खोइ कहाँ छन्रु इश्वर, प्रभु, अल्लाह, भगवान छन् भने के हेरेर बसेका छन्। अर्को शब्दमा आज मानव जातिले विज्ञानको अभूतपूर्व आवश्यकताको अनुभुती गर्न पाएको छ। तर पुँजीवादबाट समाजले त्यही पीडादायी तर बहन गर्नैपर्ने व्यवहार भोग्नु परिरहेको छ। व्यवहारतः पुँजीवाद बेकम्मा र औचित्यहीन बनिसकेको छ तर उसको मूर्खतापूर्ण अडानले अनेकौँ झमेलाहरू सामना गर्नु परिरहेको छ। हुनसक्छ कैयौँ विज्ञान र परिवर्तनका अभियन्ताहरूले यसको अझै ठूलो मूल्य चुकाउनु पर्नेछ। यद्यपि यो निश्चित छ, ( विश्व पुँजीवाद तथा साम्राज्यवादले विश्वमा र सामन्ती तथा दलाल पुँजीवादले नेपालमा त्यसरी नै नौलो जनवाद, वैज्ञानिक समाजवाद तथा साम्यवादका लागि ठाउँ छोड्नु पर्नेछ, जसरी पोप र सम्राटको शासनले पुँजीपतिका लागि राज्य सञ्चालनको मञ्च त्याग्नुपरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn