Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

धादिङका किसान मुस्ताङमा स्याउ टिप्‍न पुगे


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ २५, २०७७

धादिङका किसान मुस्ताङमा स्याउ टिप्‍न पुगे

सिजादर्पण,जोमसोम ।स्याउ उत्पादनले प्रसिद्ध मानिएको हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु भएको छ ।स्याउ बगैचा धनीहरुकै समन्वय र व्यवस्थापनमा मुस्ताङ आइपुगेका व्यापारीले यहाँका कृषकको बगैचामा फलेको स्याउ संकलन गर्न जुटेको पाइएको हो ।यसवर्ष विश्व व्यापी माहामारीको रुपमा सिर्जित कोभिड(१९ को कहरका कारण मुस्ताङ सुनसान जस्तै छ । तर ,स्याउ धनीको निवेदन पत्रका आधारमा स्थानीय तहले उपलब्ध गराएको सिफारिसपत्रका आधारमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्याउ व्यापारीका लागि जिल्ला आउजाउ गर्ने अनुमती खुल्ला गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालका अनुसार २ साताअघिको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन समिति –सिसीएमसी० को निर्णयपछि करिब ३ दर्जन व्यापारी मुस्ताङमा स्याउ खरिद गर्न आइसकेको जानकारी दिए ।उनका अनुसार स्याउ संकलनका लागि आउनेमा अधिकाँश धादिङका छन् भने केही नवलपरासी,कास्की,बाग्लुङ र म्याग्दीका व्यापारी रहेका छन्। जिल्ला प्रशासन कार्यालयले मुस्ताङमा अझै थप स्याउ व्यापारी आउने क्रममा रहेको जनाएको छ । यसअघि समितिले स्याउ व्यापारी मुस्ताङ आउँदा विभिन्न शर्त पालना गर्नुपर्ने निर्णय गरेको थियो ।मुस्ताङका ३ स्थानीयतह स्याउ उत्पादनले प्रसिद्ध छ । घरपघझोङको मार्फा ,चिवाङ ,छैरो ,स्याङ,ठिनी र जोमसोम ,थासाङ गाउँपालिकाको टुकुचे ,सौरु र कोवाङ र वारागुङ मुक्तिक्षेत्र गाउपालिकाको कागबेनी,मुक्तिनाथ ,फल्याक,छेङ्गुर ,धाकार्जुङ फल्याक ,ताङ्वे र छुसाङ लगायतका गाउहरुमा यतिबेला स्याउ टिप्ने चटारो छ । स्याउ व्यापारीहरु बगैचा धनीकै निगरानीमा क्वारेन्टाइमा बसी बगैचामा भौतिक दूरी कायम गरेर स्याउ संकलन गर्दै गरेको जनाइएको छ ।

जोमसोमका स्थानीय तेज गुरुङको बगैचामा स्याउ संकलन गर्न आएका धादिङका व्यापारी बमबहादुर तामाङले यसववर्ष मुस्ताङ आउँदा निकै समस्या परेको बताए । उनले स्याउ संकलन गर्न आउँदा ठुलो खर्च बढ्यो तर यसबाट फाईदा हुने नहुने डर लागेको जनाए । यस्तै, धादिङका अर्को व्यापारी प्रेम तामाङका अनुसार चिसो मौसममा हुर्काइएको मुस्ताङको स्याउको छुट्टै विशेषता रहेपनि भारतीय स्याउसँग मुस्ताङको स्याउले अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए ।उनले दुबै स्याउ हेर्दा उस्तै हुने र मुल्यमा भारतीय स्याउ सस्तो पर्ने भएकाले तलका व्यापारीले मिसाएर बिक्री गर्ने गरेकाले मुस्ताङको स्याउ ब्राण्डलाई असर पुर्‍याएको उल्लेख गरे ।यसवर्ष मौसमी आद्रता र बढी मात्रामा वर्षा भएकाले थासाङ गाउँपालिकाको कोवाङ ,टुकुचे र सौरुमा स्क्याप रोग देखिएको छ भने घरपझोङको मार्फा ,चिमाङ र छैरोमा पनि आशिंक स्याउमा स्क्याप रोग देखा परेको स्थानीय किसान दिपक लालचनले दिए ।

स्याउमा स्क्याप देखा परेसँगै यसवर्ष गुणस्तरीय स्याउ नफलेको उनको भनाइ छ । जिल्ला स्याउ जोन मुस्ताङले यसवर्ष २० प्रतिशतले स्याउ उत्पादन घट्नसक्ने जनाएको छ । जोनले स्याउ धनीको बगैचा अवलोकन गरेपछि यस्तो बताएका हो । स्याउ जोन मुस्ताङका कार्यालय प्रमुख सुधिर थापाले यसवर्ष करिब १५ सय मेट्रिक टन स्याउ घट्ने अनुमान गरे । कोरोना कहरका कारण उचित बगैचा व्यवस्थापनमा कमी र निरन्तरको वर्षा र हुस्सुले उत्पादन घट्न सक्ने उल्लेख गरे ।जोन कार्यालयका अनुसार यसवर्ष स्याउ प्याकेजिङ कार्टुनका लागि १० लाख बजेट बिनियोजन भएको जनाएको छ । स्याउ कार्टुन ढुवानीको क्रममा रहेको र आएपछि ५० प्रतिशत अनुदानमा वितरण हुने बताएको छ ।

यसवर्ष जिल्लामै फुटकर बिक्री हुने २० प्रतिशत उत्पादित स्याउ कोरोना कहरका कारण बिक्री नहुने भएको छ । कोरोनाकै कारण गतवर्षको भन्दा किसानले १० प्रतिशत कम मुल्यमा स्याउ बिक्री गरेको पाईएको छ । स्याउ जोन मुस्ताङको वार्षिक प्रगती पुस्तिकाका अनुसार मुस्ताङमा १२ सय हेक्टरमा स्याउ खेती विस्तार भएको छ । जसमध्ये ५ सय हेक्टरमा लगाएको स्याउ विरुवाले मात्र उत्पादन दिने गरेको पुस्तिकामा उल्लेख छ । जोनका अनुसार एक हेक्टर जमिनमा ३ सय १४ विरुवा रोपण गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७६र०७७ मा मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने अघिल्लो वर्ष ५८ सय मेट्रिक टन स्याउ फलेको थियो । मुस्ताङका किसानले एकघर धुरीले कम्तिमा ३ लाख देखि करोडसम्मको स्याउ बिक्री गर्ने गरेको पाइएको छ । स्याउ खेतीबाट मनग्ये आम्दानी हुने भएपछि मुस्ताङका किसान स्याउ खेति विस्तारतर्फ आर्कर्षित भएका छन् । मुस्ताङमा स्याउ खरित्न आउने व्यापारीले सुरुआतमा केही पैसा पेश्की दिने र स्याउ बिक्री गरेपछि बाकी भुक्तानी दिने चलन छ । मुस्ताङबाट हरितालिका तीजदेखि दसैं तिहारसम्म बाहिरी जिल्लामा स्याउ निर्यात हुने टुकुचेका स्याउ किसान राजन शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn