Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

क्वारेन्टाइनमा कन्सर्ट


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ १८, २०७७

क्वारेन्टाइनमा कन्सर्ट

सिजादर्पण,सुर्खेत ।सुर्खेत क्याम्पसको शिक्षा संकाय भवनको क्वारेन्टाइनमा युवाहरूले आयोजना गरेको कन्सर्टमा यो गीतले उत्साह नै छायो । भारत तथा देशभित्रैका विभिन्न ठाउँबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको अनुहारमा निराशापन, दिक्दारी र चिन्ता प्रस्ट देखिन्थ्यो ।कन्सर्टको अन्तिम क्षणमा बजेको ‘गलबन्दी’ गीतले ज्येष्ठ नागरिकलाई समेत उठेर नाच्न बाध्य नै बनायो । त्यो खुसी र उमंगसहितको नाचले कन्सर्टका युवाहरूको आँखामा खुसीका आँसुहरू आए ।

‘जिन्दगीको सबैभन्दा ठूलो खुसी निराश मनलाई खुसी बनाउँदा पाइने रहेछ,’ टिमको नेतृत्व गरिरहेकी सामाजिक अभियन्ता सजना सुनारले भनिन्, ‘सुरुमा कोही पनि उत्साही देखिनु भएन, तर एकाएक क्वारेन्टाइनको माहोल नै बदलियो ।’ कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भइरहेका बेला जोखिम मोलेरै कन्सर्ट गर्ने आँट निकालेको उनी बताउँछिन् ।
प्रतिकूल अवस्थालाई सहज बनाउन उनीसहित सुर्खेतका अन्य युवाले ‘उत्प्रेरणात्मक तथा सांगीतिक उपचारात्मक अभियान’ सुरु गरेका हुन् । अभियानमा सजनासँगै अशु सिंह, सुरज लाम्गादे, प्रशान्त लाम्गादे, अन्जना सुनार, एसके गौतम, इन्द्रजित सुनार, विक्रम नेपाली र सुरिल सुनार संलग्न छन् । ‘क्वारेन्टाइनमा गएर प्रेरणादायी कथा सुनायौं, देशभक्ति गीत पनि गायौं–नाच्यौं,’ सिंहले भनिन्, ‘सुरुमा कसैले पनि हामीले गरेको रमाइलोमा साथ दिनुभएन, तर अन्तिममा बूढापाकाहरू उठेर नाच्न थालेपछि क्वारेन्टाइन रोमाञ्चक बन्यो ।’

विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेकाहरू भागेको, क्वारेन्टाइनबाट निस्किएर आत्महत्या गरेको, झडप भएकाजस्ता समाचारले अभियान सुरु गर्न प्रेरणा दिएको उनको भनाइ छ ।क्वारेन्टाइनले गर्दा समाजमा कोरोनाभन्दा पनि डरलाग्दो मानसिक रोग सिर्जना नहोस् भनेर युवाहरूले यो अभियान सुरु गरेका हुन् । ‘क्वारेन्टाइनमा बस्दा धेरैलाई मानसिक रूपमा नराम्रो असर परेको रहेछ,’ सजनाले भनिन्, ‘मनोरञ्जनात्मक रूपले कसैका प्रेरणादायी कथा सुनाएर, गीत गाएर, नाचेर र कुराकानी गरेर खुसी बनाउन अभियान थालेका हौं ।’

सुरुमा स्वयंसेवकका रूपमा युवाहरू काम गर्न तयार भए पनि सांगीतिक कार्यक्रमका लागि आवश्यक पर्ने सामान जुटाउन निकै समस्या पर्‍यो । कार्यक्रम गर्नका लागि तयार भए पनि सुरु–सुरुमा क्वारेन्टाइनमा पस्न डर लागेको पनि सुनारले सम्झिइन् । ‘तर जोखिम मोलेरै भए पनि क्वारेन्टाइनमा बसेकाहरूको दिक्दारपनलाई हटाउन पहल गरियो,’ उनले भनिन्, ‘सामान्य व्यायामदेखि सफलताका कथा र गीतसंगीतले क्वारेन्टाइनमा बसेकाको मन छोयो ।’ ‘रातो र चन्द्र सूर्य’ देखि ‘गलबन्दी च्यातियो’ बोलका गीतसँगै आफ्नै देशमा गरिखानुपर्छ भन्ने सन्देश गर्न सफल भएको उनीहरू बताउँछन् । ‘हाम्रो माहोलले एकै स्थानमा गुम्सिएर बसेका क्वारेन्टाइनका व्यक्तिहरूलाई ऊर्जा र खुसी पनि दिलाएको छ,’ सुनारले भनिन् ।

क्वारेन्टाइनमा केही घण्टा सांगीतिक माहोल सिर्जना गरी जब युवाहरूको टिम बाहिर निस्कन्थ्यो तब बाहिरका व्यक्तिहरूले हेर्ने दृष्टिकोण नै फरक हुन्थ्यो । ‘निकै भोक लागेको हुन्थ्यो,’ सजनाले भनिन्, ‘क्वारेन्टाइनबाट निस्केको देखेर त्यहीं नजिकैका कुनै नास्ता पसलमा पनि पस्न दिँदैनथे ।’ क्वारेन्टाइन नजिकैका पसलमा पस्न नै नदिएपछि उनीहरू त्यहाँबाट केही टाढाको दूरीमा रहेका पसलहरूमा पुगेर नास्ता खान्थे । ‘क्वारेन्टाइनबाट कोरोना संक्रमित नै भएर बाहिर निस्कँदा डर पैदा हुनु पनि ठिकै हो,’ उनले भनिन्, ‘यी कुराको दुःखभन्दा पनि क्वारेन्टाइनमा निराश बनेर बसेकाहरूमा आफ्ना कारण देखिएको ऊर्जा देख्दा खुसी लाग्थ्यो ।’

आठ जनाको स्वयंसेवक युवाहरूको टिम क्वारेन्टाइनमा मात्रै पुगेन । उनीहरूले सुरु गरेको सांगीतिक तथा उत्प्रेरणात्मक कार्यक्रम कोरोना संक्रमितहरू बसेको आइसोलेसन भवनसम्म पनि पुग्यो । भेरीगंगा नगरपालिकाको छिन्चुस्थित शारदा माविमा रहेको आइसोलेसनमा गत असार ११ गते जाँदा त्यहाँका व्यक्तिमा निकै चिन्ता देखिएको सजनाले बताइन् । ‘सुरुमा कोही पनि बाहिरै निस्कनुभएन,’ उनले भनिन्, ‘तर अन्तिम समयमा भने बाहिर आएर हामीसँगै रमाइलो गर्नुभयो, यो देख्दा हामीले निकै पुण्यको काम गरेका रहेछौं भन्ने लाग्यो ।’ घरमा बसेको भए यो खुसीको अनुभव गर्न नपाउने भन्दै उनले धेरै निराश मनलाई खुसी बनाउन पाएकोमा गर्व गरिन् ।

छिन्चुस्थित आइसोलेसनबाट फर्किएपछि पनि केही दिनसम्म युवाहरूको टिमले अन्य क्वारेन्टाइनमा कार्यक्रमलाई निरन्तरता दियो । समुदायस्तरमा पनि कोरोना परीक्षण सुरु भएपछि सजनाले असार २० गते पीसीआर परीक्षणका लागि स्वाब दिइन् । अन्ततः असार २६ गते उनीमा कोरोना संक्रमण पुष्टि भयो ।

उनको रिजल्ट पोजिटिभ आएपछि अन्य युवाहरूको पनि परीक्षण भयो । अभियानमा संलग्न तीन युवामा संक्रमण देखिएको उनले बताइन् । कोरोना संक्रमण देखिएपछि सजना होम आइसोलेसनमै बसिन् । संक्रमण देखिएपछि उनीहरूले सञ्चालन गरिरहेको अभियान पनि स्थगित भयो । होम आइसोलेसनमा रहँदा सजना र उनको परिवारले सामाजिक दुर्व्यवहार सहनुपर्‍यो । उनको परिवारका कसैलाई पनि समुदायका व्यक्तिहरूले सार्वजनिक धारा पनि छुन पनि दिएनन् । यतिसम्म कि फोहोर उठाउने निकायले उनको घरको फोहोर उठाउन पनि आनाकानी गर्‍यो ।

कोरोनालाई जितेर पुनर्जीवन पाएका उनका साथी र सजनाले दुर्व्यवहारका बीच नै संक्रमित हुनुअघि आफूहरूले सञ्चालन गरेको कार्यक्रम पुनः सुरु गर्ने सोच बनाए । तर संक्रमित भएपछि कार्यक्रम सञ्चालनको अनुमति क्वारेन्टाइनस्थलमा अहिलेसम्म पाएका छैनन् । ‘धेरै स्थानमा हामीले कार्यक्रम गर्छौं भनेर अनुमति माग्यौं,’ उनले भनिन्, ‘एक पटक संक्रमित भइसकेको भएर पनि होला हामीलाई सहजै स्वीकृत दिइएन त्यसैले अहिले अभियानलाई रोकेका छौं ।’

अहिले सरकारले पनि धेरै भीड जम्मा नगर्न भनेकाले पनि आफूहरूले कार्यक्रम नगरेको सजना बताउँछिन् । ‘हामीले दूरी कायम गरेर कार्यक्रम गरिरहेका थियौं,’ उनले भनिन्, ‘सरकारले नै १५ जनाभन्दा बढी नबस्ने भनेकाले पनि कार्यक्रम गर्न सकिरहेका छैनौं, तर परिस्थिति मिलेपछि अभियान फेरि सुचारु हुनेछ ।’स्वयंसेवकका रूपमा युवाहरूले सञ्चालन गरेको अभियानमा ब्लुम्स् ब्यान्ड, ज्यापर्स ब्यान्ड, नेपाल युवा परिषद् र आइडिया नेपालले पनि सहयोग गरेका थिए ।जेठ–असारमा चलाइएको अभियान सोमबार र शुक्रबारबाहेक हरेक दिन सुर्खेतमा रहेका विभिन्न क्वारेन्टाइनमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn