सिजादर्पण, काठमाडौं । नेपालमा ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपराह्न सार्वजनिक गरेको विवरणका अनुसार संक्रमित शुन्य रहेका जिल्लाहरु सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।त्यस्तै, ५०० भन्दा बढी संक्रमितहरु रहेका जिल्लामा मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् ।पिसिआर परीक्षण गरिएकामध्ये संक्रमण दर ६ प्रतिशत रहेको छ भने पोजेटिभ मध्ये मृत्यू दर ०।६ प्रतिशत रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म ७ हजार ८२६ जना होम आइसोलेसनमा बसेका छन् । सबैभन्दा बढी प्रदेश नं। २ मा ३ हजार ५०० जना होम क्वारेन्टाइनमा रहेका छन् ।सबैभन्दा कम कर्णाली प्रदेशमा ४३ जना होम क्वारेन्टाइनमा रहेका छन् । देशैभर गरी २०१ जना अस्पतालको आईसियु र भेन्टिलेटरमा रहेका छन् । यीमध्ये प्रदेश १ मा १२ जना, प्रदेश २ मा २८ जना, बागमतीमा १३० जना, गण्डकीमा ५ जना, प्रदेश ५ मा २३ जना र कर्णाली प्रदेशमा ३ जना आईसियु र भेन्टिलेटरमा रहेका छन् ।
