सिजादर्पण काठमाण्डौ । राष्ट्रपति भण्डारीले सर्वदलीय भेटघाटको आयोजना गरेकी हुन् राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जान प्रस्ताव गरेपछि आफूहरूले प्रतिवाद गरेको माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूले बताएका छन्।
गत पुसमा प्रतिनिधिसभा विघटन भएपछि संसद् पुनर्स्थापनासहितका घटनाक्रम अघि बढिसक्दा मङ्गलवार पहिलो पटक राष्ट्रपति भण्डारीले सर्वदलीय भेटघाटको आयोजना गराएकी थिइन्।
प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसद्ले अहिले प्रभावकारी भूमिका खेल्न नसकिरहेको भन्दै त्यो अवस्थामा ताजा जानदेशमा जानुपर्ने अवस्था आउनसक्ने धारणा बैठकमा राखेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए। उक्त बैठकमा राष्ट्रपति भण्डारीले अर्को हप्ता हुने बाङ्ग्लादेश भ्रमणसहितको विषयमा जानकारी गराएको नेताहरूले बताएका छन्।
