सिजादर्पण , नाग्म(गमगडी राजमार्गको अत्यधिक कडा चट्टान भएको जिआ भिर चौडा गरिने भएको छ । कठिन ढुङ्गाको चट्टानबीचबाट खोलिएको चार मिटर बाटोलाई छदेखि सात मिटर बनाइएपछि नाग्म गमगडी राजमार्गको यात्रामा सहज हुने भएको छ ।यातायातमा डर लाग्ने विशेषगरी सार्वजनिक ठूला गाडी हिँड्न कठिन सो मोड र क्षेत्रको एक हजार ८०० मिटर सडक चौडा गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला भण्डारीले बताउनुभयो ।
नाग्म गमगडी राजमार्गकै कठिन क्षेत्र भएको जिया भिडको कार्यालयले अनुगमनसमेत गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिँदै भन्नुभयो, “थोदुङ कन्स्ट्रक्सनले जिम्मा लिएको सो क्षेत्रको काम सम्पन्न भएको तर भुक्तानी भने बाँकी रहेको छ ।” रु दुई करोड २० लाखको उक्त ठेक्का काम सम्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
