प्रेम जोशी दार्चुला
सिँजादर्पण दार्चुला । दार्चुलाकै व्यास गाउँपालिका–२ मालघाटमा नेपाली नागरिक महाकाली तर्ने क्रममा तुइन काटेको आरोप लागेका बेला एसएसबीले व्यास गाउँपालिका १ छाङरुमा एक विरामी महिलाको उद्धार गरेर अस्पताल पुर्याएको हो ।
छाङरुमा सशस्त्र प्रहरी बलको बीओपी भवन निर्माण कार्य चलिरहेको छ । आइतबार गार्लिक निर्माण सेवा कम्पनी ९नेपाल० का म्यानेजर इन्चार्ज सहदेव बोहराको निगरानीमा मजदुरहरु काम गरिहेका थिए । सोही समय दार्चुला नौगाड गाउँपालिका १ बस्ने रमेश ठेकरेकी २० वर्षीया श्रीमती संगीता ठेकरेको पेटमा समस्या देखियो । दुखाई असह्यै भएपछि संगीतालाई अस्पताल लैजानुपर्ने भयो । तर नेपालतर्फको बाटो खराब भएको कारणले संगीतालाई अस्पताल पुर्याउन सम्भव थिएन ।
उपचारको लागि भारतको धारचुला सीतापुलको बाटो हुँदै संगीतालाई अस्पताल लैजानुपर्ने भयो । यद्यपि संगीतासँग भारतीय बाटो प्रयोग गर्न प्रवेश अनुमति थिएन । आपतकालीन यो अवस्थामा एसएसबी बी समवाय गर्ब्याङका समवाय कमान्डरलाई यसको जानकारी गराइयो । एसएसबीले मानवीयताको नाताले विरामी संगीतासहित ५ जनालाई प्रवेश अनुमति दियो ।
संगीताको अवस्था गम्भीर भएकोले एसएसबीका जवानहरुले तत्कालै संगीतालाई आफ्नै वाहनमा चढाइ छियालेखसम्म पुर्याएका थिए । साथै भारतीय सेनाको एमआई कक्षमा सांगीताको प्राथमिक उपचार गरी बुँदीतर्फ पठायो । त्यहाँबाट एसएसबीले उनीहरुलाई धार्चुला सीतापुल हुँदै नेपाल प्रवेश गराए ।
मालघाटमा तुइन काटेको भनेर नेपालीहरुको तारोमा परेको एसएसबीले छाङरुमा भने उच्चतम मानवियता प्रदर्शन गर्दै नेपाली नागरिकको ज्यान जोगाएको छ । रोटीबेटीको सम्बन्ध देखाएको छ । मालघाटको तुइन प्रकरणमा एसएसबीको संलग्नता भएरनभएको सरकारले आफैं छानविन गरिरहेको छ ।जयसिँह धामीको काण्ड चलेका वेला भरतीय ससस्त्रवलका जवानहरुले महिलाको उद्दार गर्नुले भारतीय हरु प्रतिको नेपाल ले हेर्ने दृष्टििकोण सकारात्मक वानाउनका लागी यसो गरेको केहि मानिस हरुको आकलन रहेकोछ ।
