Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

मुख्यमन्त्रीसँग साटो फेर्दै महेन्द्रबहादुर शाही


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७८

मुख्यमन्त्रीसँग साटो फेर्दै महेन्द्रबहादुर शाही

सिँजादर्पण, सुन्दरमणि अधिकारीको शब्दमा लोक गायिका विष्णु माझीले केही वर्ष पहिले गायको तीज गीत ‘तिमलाई नि पर्ख बजै साटो फेरौँला’ बोलको गीत निकै चलेको थियो । अहिले कर्णाली प्रदेशमा त्यही गीतको चरितार्थ भएको छ । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री जीवन बहादुर शाहीलाई साटो फेरिरहेका छन् ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीको शपथ लिएको झण्डै आधा महिनासम्म पनि जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । उनी कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते नै छ महिनापछि आफू मुख्यमन्त्री हुने सहमतिमा हस्ताक्षर गरेर तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । जुन बेला केन्द्रमा वर्तमान सरकारको गठबन्धन बनिसकेको थिएन । महेन्द्र शाहीको मुख्यमन्त्री पद जोगाउन कांग्रेसको मतले मात्रै सम्भव थिएन । तत्कालिन नेकपा एमालेका माधव समूहका चार जना सांसदहरुले फ्लोर क्रस गरेपछि उनको पद जोगिएको थियो । त्यसबेला माओवादी, कांग्रेस र तत्कालिन माधव समूहका सांसदहरुबीच आलोपालो सरकारको नेतृत्व गर्ने तथा माओवादीले मुख्यमन्त्रीसहित दुई मन्त्रालय, माधव समूहले तीन मन्त्रालय र कांग्रेसले एक मन्त्रालय लिने सहमती भएको थियो । सहमती अनुसार महेन्द्र शाहीले फ्लोर क्रस गरेरका तीन जनालाई भोली पल्ट वैशाख चार गते नै मन्त्रीमा नियुक्त गरे । तर कांग्रेस भने झण्डै दुई महिनासम्म सरकारमा सहभागी भएन ।
फ्लोर क्रस गरेका आफ्ना चार सांसदलाई एमालेले कारबाही गरेपछि कर्णाली प्रदेशसभामा कांग्रेस निर्णायक शक्ति बन्यो । बहाल रहेको ३५ सदस्यीय प्रदेशसभामा एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद बाँकी रहे । माओवादी र एमाले मध्य काँग्रेस जता ढल्कियो उसैको सरकार बन्ने भएपछि जीवनबहादुर शाहीले महेन्द्र शाहीसंग ‘निहँु खोज्न’ थाले । उनले आफ्नो पार्टीलाई दुई वटा मन्त्रालय नदिएसम्म सरकारमा सहभागी नहुने अड्डी कसे । कांग्रेसको ‘कचकच’लाई वेवास्ता गर्दै महेन्द्र शाहीले एउटा मन्त्रालय थपेर वैशाख २९ गते मन्त्रिपरिषद्मा हेरफेर गरी आफ्नो पार्टीका तीन जना मन्त्री नियुक्त गरे ।
त्यसबाट जीवनबहादुर शाही झन रिसाएपछि नियुक्त भएको छ दिनपछि जेठ तीन गते सीताकुमारी नेपाली र गोपाल शर्मा दुई जनाले मात्र सपथ लिए । मुख्यमन्त्रीले मन्त्रीमा नियुक्त गरेका माओवादीका सांसद विन्दमान विष्टले सपथ नै खान पाएनन् । त्यति गर्दा पनि रिसाएको कांग्रेस फकिएन । फुटाएको सामाजिक मन्त्रालय गाभ्नुपर्ने र दुई वटा मन्त्रालय पाउनुपर्ने मागलाई जोडतोडका साथ उठाइराख्यो ।
संवैधानिक व्यवस्था अनुरुप असार एक गते नीति तथा कार्यक्रम र दश गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने र त्यसअघि छलफल चलाउनुपर्ने समयसीमाले च्याप्दै आयो । अप्ठेरोमा परेपछि महेन्द्र शाही कांग्रेसलाई दुई मन्त्रालय दिन तयार भए । तर पनि कांग्रेस सरकारमा जना मानेन । कारण थियो कांग्रेसको भागको समाजिक विकास मन्त्रालय फुटाएर माओवादीको भागको आन्तरिकम मामिला मन्त्रालयमा क्षेत्राधिकार थप गर्नु । नीति कार्यक्रम बजेट ल्याउनुपर्ने समय नजिकिँदै गर्दासम्म अप्ठेरोमा पारेपछि कांग्रेसकै माग अनुसार सामाजिक विकास मन्त्रालयलाई गाभ्नुका साथै उर्जा तथा जलस्रोत मन्त्रालय कांग्रेसलाई भाग दिए । आफ्नो माग पूरा भएपछि जेठ २२ गते काँग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई पठायो । एमालेले समर्थन फिर्ता लिएपछि सजिलै विश्वासको मत लिएका महेन्द्र शाहीलाई विश्वासको मत दिएको कांग्रेसलाई सरकारमा सहभागी गराउन निकै कसरत गर्नुप¥यो ।
अहिले जीवनबहादुरको हकमा पनि त्यस्तै परिदृष्य दोहोरिएको छ । सहमती अनुसार कात्तिक १५ गते नै राजिनामा दिएका महेन्द्र शाहीले मन्त्रिपरिषद् विस्तारमा भने अल्झाइरहेका छन् । वैशाख तीनकै सहमती अनुसार सरकार फेरिएको भनेपनि तीन दलिय गठबन्धनमा मुख्यमन्त्री बाहेकको भागबण्डा मिलेको छैन । माओवादीले आफ्नो सांसद संख्या सबैभन्दा बढी भएकाले चार मन्त्रालय पाउने पर्ने दाबी गरेको छ भने समाजवादीले पूर्व सहमती अनुसार तीन तथा कांग्रेसले दुई मन्त्रालय पाउनुपर्ने आ–आफ्नै दाबी गरिरहेका छन् । नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादीका तीन जना सांसद छन् । गठबन्धनका दलहरुबीच यतिसम्म की मन्त्रालयको भागबण्डा र मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा कुनै औपचारिक छलफल नै भएको छैन । राजिनामा दिएको भोलिपल्ट मुख्यमन्त्री बनाएर महेन्द्र शाही पर्सी पल्ट नै काठमाडौं हानिए । स्वास्थ्य चेक जाँच तथा उपचारका लागि काठमाडौँ बसेकोको भनेपनि भेटघाट र घुमफिरमा अधिकांश समय विताए । मुख्यमन्त्री जीवन शाहीलाई कात्तिक २५ गते सुर्खेत आउने बचन दिएका महेन्द्र शाही सुर्खेत आएनन् बरु कैलालीतिर घुम्न गए । शनिबार काठमाडौंबाट नेपालगञ्ज विमानस्थल ओर्लिएर सिधै कर्णाली चिसापानी गए । कर्णाली चिसापानी बुलबाट टिकापुरसम्म छ घण्टा ¥याफ्टिङ्ग गरे । त्यसपछि टिकापुरस्थित बननाज रेस्टुरेण्टमा खाना खाएर नेपालजञ्ज फर्किए । उनी घुम्दै–फिर्दै आइतबार मात्रै सुर्खेत आइपुगेका छन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री शाही सुर्खेत आइपुगेकाले मन्त्रिपरिषद् विस्तारका लागि सोमबार छलफल हुने मुख्यमन्त्री निकटले स्रोतले बतायो । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले पूर्णता दिन नसकेपनि मंगलबारसम्म केही मन्त्री नियुक्त गर्न चाहेका छन् । नेकपा समाजवादीका संसदीय दलका नेतासहित नेताहरु पार्टीको कार्यक्रममा काठमाडौँमै भएकाले मन्त्रीपरिषद्ले पूर्णता पाउन थप केही दिन लाग्न सक्ने देखिएको छ । मुख्यमन्त्री शाही भने मन्त्रालयको संख्या टुंगो लागे आफ्नो पार्टीबाट मन्त्री नियुक्त गरेर भएपनि मन्त्रिपरिषद् विस्तारको सन्देश दिन चाहेका छन् ।
मुख्यमन्त्री शाहीले भने एक दुई दिन भित्रैमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । ‘मन्त्रीपरिषद् विस्तारका विषयमा हामी छलफलमै छौँ,’ उनले भने, ‘एक दुई दिनमै पूर्णता पाउँछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn